प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ख्रीष्टको राजकीय महिमाको एउटा पूर्वालोकन
    प्रहरीधरहरा—१९९१ | जुलाई १
    • येशू सिजरिया फिलिप्पीको मुलुकमा आउनु भएको छ र उहाँका प्रेरितहरू समेत भएको एउटा भीड़लाई सिकाउँदै हुनुहुन्छ। तिनीहरूलाई चकित पार्ने यो घोषणा येशू गर्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्‌, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्‌।”

      ‘येशूले के भन्‍नुभएको होला?’ भनी चेलाहरू छक्क पर्छन्‌। एक साता पछि, पत्रुस, याकूब, र यूहन्‍नालाई लिएर येशू एउटा अल्गो डाँड़ामा एकान्तमा जानुहुन्छ। सम्भवत: यो रातको समय हुनसक्छ, किनभने चेलाहरू निद्राले लठ्ठ भएका छन्‌। येशू प्रार्थना गर्दा गर्दै, तिनीहरूको सामुन्‍ने उहाँको रूप परिवर्तन हुन्छ। उहाँको चेहरा सूर्यझैं चम्किन्छ, र उहाँको वस्त्र ज्योतिझैं सेतो हुन्छ।

  • ख्रीष्टको राजकीय महिमाको एउटा पूर्वालोकन
    प्रहरीधरहरा—१९९१ | जुलाई १
    • येशू र उहाँका चेलाहरू दुवैकालागि यो दर्शन कत्तिको बलदायी प्रमाणित हुन्छ! त्यो दर्शन, यथार्थमा, येशूको राज्य महिमाको एउटा पूर्वालोकन हो। येशूले एक साता अघि प्रतिज्ञा गर्नु भए अनुसार, चेलाहरूले, वास्तवमा, ‘मानिसको पुत्रलाई उहाँको राज्यमा आइरहेको’ देखे। येशूको मृत्यु पश्‍चात्‌, ‘पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा ख्रीष्टको वैभवशाली रूप आफ्नै आँखाले देख्यौं’ भनी पत्रुसले लेखे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने