प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
    • रोमी साम्राज्यका शासक, सिजर अगस्तसले सबैले आ-आफ्नो नाम दर्ता गर्नू भनी उर्दी जारी गरेका छन्‌। त्यसको लागि युसुफ र मरियम युसुफको जन्मथलोमा जानुपर्छ। युसुफको जन्म यरुसलेमको दक्षिणमा पर्ने बेतलेहेम भन्‍ने सहरमा भएको थियो।

      नाम दर्ता गर्न बेतलेहेममा मानिसहरूको ओइरो लागेको छ। युसुफ र मरियमले बास बस्नको लागि गधा र अरू पशुहरू राखिने गोठबाहेक अरू ठाउँ पाउँदैनन्‌। येसुको जन्म त्यहीँ हुन्छ। मरियम शिशु येसुलाई कपडाले बेरेर जनावरहरूलाई आहारा दिने डुँडमा राख्छिन्‌।

      सिजर अगस्तसले नाम दर्ता गर्ने कानुन बनाउनुपछाडि पक्कै परमेश्‍वरको हात थियो। किन? किनभने यस कानुनले गर्दा येसुको जन्म उहाँको पुर्खा राजा दाउदको गृहनगर बेतलेहेममा भयो। प्रतिज्ञा गरिएको शासकको जन्म त्यही सहरमा हुनेछ भनेर बाइबलमा धेरै पहिला भविष्यवाणी गरिएको थियो।—मिका ५:२.

  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
    • आज धेरै मानिसले येसुको जन्म डिसेम्बर २५ मा भएको हो भनेर विश्‍वास गर्छन्‌। तर डिसेम्बर महिनामा बेतलेहेममा जाडो हुन्छ र पानी पर्छ। कहिलेकाहीँ हिउँ पनि पर्छ। यस्तो मौसममा गोठालाहरू आफ्नो बगाललाई लिएर बाहिर बस्न सक्दैनन्‌। साथै त्यो समयमा मानिसहरू ती रोमी शासकको विरोध गर्न तम्सिरहेका थिए। त्यसैले तिनले यस्तो कठ्याङ्‌ग्रिने जाडोमा नाम दर्ता गर्नको लागि उर्दी जारी गर्ने सम्भावना देखिँदैन। यसकारण येसुको जन्म न्यानो मौसममा सम्भवतः अक्टोबर महिनामा भएको हुनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने