प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जब येशू राजकीय महिमामा आउनुहुन्छ
    प्रहरीधरहरा—१९९७ | मे १५
    • ४ वास्तवमा ती तीन प्रेरितहरूले के देखे? त्यस घटनाबारे लूका यसरी वर्णन गर्छन्‌: “प्रार्थना गर्दा [येशूको] मुहारको रूप बद्‌लियो, औ उहाँको पोशाक सेतो र चहकिलो भयो। औ मोशा र एलिया, यी दुइ मानिस, उहाँसित कुरा गरिरहेका थिए। उनीहरू महिमामा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए। त्यो चाहिं उहाँले यरूशलेममा पूरा गर्न आँट्‌नुभएको थियो।” त्यसपछि “एउटा बादल आएर [प्रेरितहरूलाई] छोप्यो, र बादलभित्र पस्नलाग्दा तिनीहरू डराए। औ बादलबाट यसो भन्‍ने एउटा आवाज निस्क्यो, ‘यी मेरा पुत्र, मैले छोनेका पुत्र हुन्‌। तिनको वचन सुन।’ ”—लूका ९:२९-३१, ३४, ३५.

  • जब येशू राजकीय महिमामा आउनुहुन्छ
    प्रहरीधरहरा—१९९७ | मे १५
    • ५. येशूको रूप परिवर्तन भएको घटनाले प्रेरित पत्रुसलाई कस्तो असर गऱ्‍यो?

      ५ प्रेरित पत्रुसले येशू, “जीवित परमेश्‍वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनेर चिनाइसकेका थिए। (मत्ती १६:१६) स्वर्गबाट निस्केको यहोवाको वाणीले त्यो चिनारीलाई अझ पुष्टि गऱ्‍यो र येशूको रूप परिवर्तनले येशू राजकीय शक्‍ति अनि महिमामा आउनुभएर अन्ततः मानवजातिको न्याय गर्नुहुने कुरालाई पूर्वसंकेत गऱ्‍यो। उहाँको रूप परिवर्तन भएको ३० वर्षपछि पत्रुसले यसप्रकार लेखे: “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्‍ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अजमाएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी छौं। किनकि महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्‍ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्‌, यिनमा म अति प्रसन्‍न छु,’ उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८; १ पत्रुस ४:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने