-
येशूले ७० जना चेला पठाउनुहुन्छप्रहरीधरहरा—१९९८ | मार्च १
-
-
यो सा.यु. ३२ वसन्त ऋतु अर्थात् येशूको मृत्यु हुनुभन्दा छ महिनाअघिको घटना थियो। यसर्थ, प्रचारकार्यलाई अझ अघि बढाउन अनि आफ्ना अनुयायीहरूलाई थप प्रशिक्षण दिन उहाँले ७० जना चेला नियुक्त गर्नुभयो र “तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा पठाउनुभयो।”—लूका १०:१.a
येशू स्वयं पुग्नुहुँदा त्यहाँका मानिसहरूलाई मसीहको पक्ष लिने या नलिने, सो निर्णय गर्न सजिलो होस् भनेर उहाँले “आफूभन्दा अगाड़ि” चेलाहरू पठाउनुभयो। तर उहाँले किन “दुइ दुइ गरी” पठाउनुभएको? स्पष्टतः विरोधको सामना गर्नुपर्दा एकअर्कालाई प्रोत्साहन दिन सकोस् भनेर।
-
-
येशूले ७० जना चेला पठाउनुहुन्छप्रहरीधरहरा—१९९८ | मार्च १
-
-
प्रायजसो यहोवाका साक्षीहरू दुई दुई जना गरेर प्रचारकार्यमा लागिरहेका हुन्छन्। एक्लै एक्लै गएको भए के बढी काम पूरा हुनेथिएन र? हुन्थ्यो होला। तैपनि आज मसीहीहरूले सँगी विश्वासीसित सँगै काम गर्नुको लाभ बुझेका छन्। खतरनाक इलाकाहरूमा साक्षी दिंदा त्यसले केही हदसम्म सुरक्षा प्रदान गर्छ। साथै, प्रचारकार्यमा दुई जना सँगै जाँदा नयाँ व्यक्तिले सुसमाचारका अनुभवी प्रकाशकहरूबाट सिक्न सक्छन्। साँच्चै, दुवैले एकअर्कोलाई प्रोत्साहन दिनसक्छन्।—हितोपदेश २७:१७.
-
-
येशूले ७० जना चेला पठाउनुहुन्छप्रहरीधरहरा—१९९८ | मार्च १
-
-
a केही बाइबल तथा पुरातन युनानी हस्तलिपिअनुसार येशूले “बहत्तर जना” चेलाहरू पठाउनुभयो। तथापि, त्यो संख्या “सत्तरी” हुनुपर्छ भनी समर्थन गर्ने यथेष्ट हस्तलिपिहरू उपलब्ध छन्। यो पारिभाषिक भिन्नताले गर्दा हामी मूल बुँदाबाट अलमलिनु हुँदैन र त्यो हो येशूले प्रचार गर्न आफ्ना चेलाहरूको ठूलो समूह पठाउनुभयो।
-