प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | अक्टोबर १५
    • २ मार्था दयालु र मेहनती भएकीले मात्र येशूले उनलाई माया गर्नुभएको होइन। मार्थाले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकी पनि थिइन्‌। येशूले सिकाउनुभएका शिक्षाहरूमा उनी पूरा विश्‍वास गर्थिन्‌। प्रतिज्ञा गरिएको मसीह येशू नै हुनुहुन्छ भन्‍ने कुरामा पनि उनी विश्‍वस्त थिइन्‌। (यूह. ११:२१-२७) तर उनी पनि हामीजस्तै त्रुटिपूर्ण थिइन्‌। एक पटक येशू मार्थाको घरमा आउनुभएको बेला मरियम उहाँको कुरा सुनिरहेकी थिइन्‌ तर मार्था भने खाना पकाउनमा व्यस्त थिइन्‌। त्यसकारण मरियमलाई सम्झाइदिन येशूलाई आग्रह गर्दै उनले यसो भनिन्‌: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईंलाई वास्ता छैन? मलाई सघाउन उसलाई भनिदिनुहोस्‌ न।” (लूका १०:३८-४२ पढ्‌नुहोस्‌) यस विवरणबाट हामी के सिक्न सक्छौं?

  • एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | अक्टोबर १५
    • ४ मार्था येशूको राम्रो सत्कार गर्न चाहन्थिन्‌। उहाँलाई कसरी मीठो भोजन खुवाउने भनेर पनि उनलाई चिन्ता थियो। यस्तो बेला मरियमले मदत नगरेको देखेर उनलाई रिस उठ्यो। तर मार्थाले अनावश्‍यक चिन्ता लिइरहेको देखेर येशूलाई माया लाग्यो। त्यसैले उहाँले यसो भन्‍नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको ज्यादै चिन्ता गर्छ्यौ।” येशूले खानेकुरा एक थरी मात्रै भए पनि पुग्छ भन्‍नुभयो। अनि आफ्नी दिदीलाई मदत नगरेकोमा मरियमलाई हप्काउनुको सट्टा आफ्नो कुरा ध्यान दिएर सुनेकोमा तिनको प्रशंसा गर्दै यसो भन्‍नुभयो: “मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” येशूलाई आफ्नो घरमा निम्त्याएको बेला के खाएको थियो भन्‍ने कुरा मरियमले सायद बिर्सिन्‌ होला तर येशूबाट पाएको प्रशंसा र उहाँले सिकाउनुभएको बहुमूल्य कुरा भने कहिल्यै बिर्सिनन्‌। लगभग ६० वर्षपछि प्रेषित यूहन्‍नाले यस्तो लेखे: ‘मार्था र तिनकी बहिनीलाई येशू माया गर्नुहुन्थ्यो।’ (यूह. ११:५) हो, मार्थाले येशूबाट पाएको सल्लाह मनमा लिइन्‌ र वफादार भई यहोवाको सेवा गरिरहिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने