प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १० बेतलेहेम सहर मानिसहरूले खचाखच भरिएको थियो। किनभने मरियम र यूसुफभन्दा अघि नै त्यहाँ अरू थुप्रै मानिसहरू आ-आफ्नो नाम दर्ता गराउन पुगिसकेका थिए। त्यसैले बास पाउन निकै मुस्किल थियो।b तिनीहरू तबेलामा बास बस्न बाध्य हुन्छन्‌। यसै त मरियमलाई सकस परिरहेको थियो, त्यसमाथि यस्तो आपत्‌! बिचरा यूसुफलाई आफ्नी पत्नीको कत्ति चिन्ता लाग्यो होला! यस्तो अप्ठेरो ठाउँमा नै मरियमलाई सुत्केरी बेथा लाग्छ।

      ११. (क) संसारको जुनसुकै कुनाको स्वास्नीमान्छेले पनि मरियमको बेथा बुझ्न सक्छन्‌, किन? (ख) येशू कुन अर्थमा जेठो सन्तान हुनुहुन्थ्यो?

      ११ संसारको जुनसुकै कुनाको स्वास्नीमान्छेले पनि मरियमको बेथा बुझ्न सक्छन्‌। वंशानुगत पापको कारण सबै स्त्रीहरूलाई बच्चा जन्माउन गाह्रो हुनेछ भनेर यहोवाले मरियमको समयभन्दा लगभग ४,००० वर्षअघि नै भविष्यवाणी गर्नुभएको थियो। (उत्प. ३:१६) मरियम यो कुराबाट अछुतो थिइनन्‌। तर लूकाले तिनको पीडाबारे केही उल्लेख गरेका छैनन्‌, खाली यति मात्र भनेको छन्‌, “उनले एउटा छोरो, आफ्नो जेठो सन्तानलाई जन्म दिइन्‌।” (लूका २:७) हो, तिनले “जेठो सन्तान” जन्माएकी थिइन्‌, कम्तीमा पनि सात जना छोराछोरीमध्ये सबैभन्दा जेठो! (मर्कू. ६:३) यी जेठा छोरा अरूभन्दा फरक थिए। तिनी मरियमका मात्रै जेठा छोरा थिएनन्‌ तर यहोवाको पनि जेठा छोरा अर्थात्‌ “सारा सृष्टिमध्ये जेठो सन्तान” थिए!—कल. १:१५.

      १२. मरियमले कस्तो ठाउँमा बालक जन्माइन्‌? नाटकहरू, चित्रहरू तथा दृश्‍यहरूभन्दा वास्तविकता कसरी फरक थियो?

      १२ अब यसपछिको विवरण एकदमै चर्चित छ। जहाँ यस्तो लेखिएको छ: “उनले तिनलाई कपडाले बेरेर डुँडमा राखिन्‌।” (लूका २:७) येशूको जन्मसित सम्बन्धित नाटकहरू खेल्दा, चित्रहरू बनाउँदा र दृश्‍यहरू देखाउँदा यो विवरणलाई एकदमै बढाइचढाइ गरेर रमाइलो तरिकाले प्रस्तुत गरेको पाइन्छ। तर एकछिन वास्तविक घटनालाई विचार गर्नुहोस्‌। डुँड भनेको जनावरहरूलाई आहारा दिने भाँडो हो। अनि नबिर्सनुहोस्‌, यूसुफ र मरियम तबेलामा बसेका थिए। अनि तबेलाको वातावरण कस्तो हुन्छ, त्यो त सबैलाई थाह भएकै कुरा हो। अरू राम्रो ठाउँ पाएको भए कुनचाहिं आमाबाबुले यस्तो ठाउँमा बच्चा जन्माउँथे होलान्‌ र? जुनसुकै आमाबाबुलाई पनि आफ्नो सन्तानलाई संसारको सबैभन्दा उत्तम कुरा दिन मन लाग्छ। मरियम र यूसुफको त झन्‌ कुरै नगरौं! परमेश्‍वरको छोरालाई सबैभन्दा राम्रो कुरा दिने तिनीहरूको चाहना कत्ति तीव्र थियो होला!

      १३. (क) मरियम र यूसुफले आफ्नो तर्फबाट कसरी सक्दो प्रयास गरे? (ख) मरियम र यूसुफले जस्तै आजका बुद्धिमान्‌ आमाबाबुले पनि कसरी प्राथमिकता निर्धारण गर्छन्‌?

      १३ यस्तो नाजुक अवस्थामा भए पनि तिनीहरूले नकारात्मक कुरामा ध्यान दिएनन्‌। तिनीहरूले आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरे। जस्तै, बालक न्यानो र सुरक्षित होस्‌ भनेर मरियम उनलाई कपडाले बेर्छिन्‌ र सुताउनलाई बिस्तारै डुँडमा राख्छिन्‌। यस्तो गाह्रो परिस्थितिमा समेत मरियमले आफ्नो तर्फबाट सक्दो प्रयास गरिन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको येशूलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत गर्नु नै हो भनेर पनि मरियम र यूसुफले बुझेका थिए। (व्यवस्था ६:६-८ पढ्‌नुहोस्‌) यहोवाको सेवा नगर्ने अहिलेको संसारमा छोराछोरी हुर्काउँदा बुद्धिमान्‌ आमाबाबुहरूले आध्यात्मिक कुरालाई नै प्राथमिकता दिन्छन्‌।

  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • b त्यतिबेला त्यस्ता सहरहरूमा बटुवा र यात्रुहरूलाई बास दिन एउटा साझा कोठाको प्रबन्ध गरिदिने चलन थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने