-
हामीले परमेश्वरलाई कसरी प्रार्थना गर्नुपर्छ?प्रहरीधरहरा—१९९६ | जुलाई १५
-
-
चेलाले प्रार्थनासम्बन्धी निर्देशन माग्दा येशूले जवाफ दिन अस्वीकार गर्नुभएन। लूका ११:२-४ अनुसार उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्, हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्। औ हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।’” यो साधारणतया प्रभुको प्रार्थना भनेर चिनिन्छ। यसले धेरै जानकारीहरू प्रदान गर्छ।
-
-
हामीले परमेश्वरलाई कसरी प्रार्थना गर्नुपर्छ?प्रहरीधरहरा—१९९६ | जुलाई १५
-
-
चाखलाग्दो कुरा के हो भने, येशूले हाम्रो प्रार्थनामा आफूलाई चिन्ता लाग्ने व्यक्तिगत कुराहरू पनि समावेश गर्नसक्ने देखाउनुभयो। उहाँले यसो भन्नुभयो: “हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्। औ हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।” (लूका ११:३, ४) येशूका शब्दहरूले संकेत गरेअनुसार आफ्ना दैनिक क्रियाकलापहरूमा पनि हामी परमेश्वरको इच्छा खोजी गर्नसक्छौं। हाम्रो मनोशान्तिलाई खलबल्याउने वा हामीलाई चिन्तित पार्नसक्ने जुनसुकै कुरा-बारे हामी यहोवालाई पुकार्नसक्छौं। यसप्रकार परमेश्वरलाई नियमित तवरमा बिन्ती गर्दा हामी उहाँमा कत्तिको निर्भर छौं भनी मूल्यांकन गर्न मदत पाउँछौं। अतः, हाम्रो जीवनमा उहाँको प्रभावबारे अझ धेरै सजग हुन्छौं। त्यस्तैगरि हाम्रा गलत कार्यहरूको निम्ति दिनहुँ परमेश्वरसित क्षमा माग्नु लाभदायी हुन्छ। त्यसो गऱ्यौं भने, हामी आफ्ना कमजोरीहरूबारे झन् सजग हुनुका साथै अरूका गल्तीहरूप्रति सहनशील हुन्छौं। विशेषगरि यस संसारको नैतिक पतनलाई विचार गर्ने हो भने प्रलोभनहरूबाट छुटकारा पाउनको निम्ति प्रार्थना गर्ने येशूको सल्लाह पनि सुहाउँदो छ। त्यही प्रार्थनाअनुरूप हामी गलत कार्यहरूतर्फ डोऱ्याउने परिस्थिति तथा अवस्थाहरूबाट जोगिन होशियार हुन्छौं।
-