-
यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
४ येशूले यसरी दृष्टान्त सुनाउनुभयो: “तिमीहरूमध्ये कसको एउटा मित्र होला, जसकहाँ उनी आधारातमा गएर भन्ला, ‘ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्, किनकि मेरा एक जना मित्र सफरबाट मकहाँ आएका छन्, र तिनलाई टक्राउनलाई मसँग केही छैन।’ औ तिनले भित्रबाट जवाफ दिएर भन्ला, ‘मलाई तकलीफ नदिनुहोस्। ढोका बन्द भइसकेको छ, औ मेरा केटा-केटीहरू मैसित ओछ्यानमा छन्। म उठेर तपाईंलाई दिनसक्तिनँ।’ म तिमीहरूलाई भन्दछु, ‘उनी तिनका मित्र हुनाले तिनलाई नदिए तापनि तिनी खुरन्धार लागेकाले उठेर तिनलाई दरकार परे जति दिनेछन्।’ ” त्यसपछि यो दृष्टान्त र प्रार्थनाबीचको सम्बन्ध प्रस्ट पार्दै येशूले यसो भन्नुभयो: “म तिमीहरूलाई भन्दछु, ‘माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, औ घच्घच्याउनेको निम्ति खोलिनेछ।’ ”—लूका ११:५-१०.
-
-
यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
६. येशूको समयतिर अतिथि सत्कारलाई कुन दृष्टिले हेरिन्थ्यो?
६ हामीले खुरन्धार प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुका साथै किन खुरन्धार प्रार्थना गर्नुपर्छ भनेर पनि येशूले बताउनुभयो। येशूले आफ्ना श्रोताहरूलाई सिकाउन खोज्नुभएको यो पाठ राम्ररी बुझ्न हामी त्यतिखेर पाहुना आउँदा, के गर्ने चलन थियो, त्यो विचार गरौं। बाइबल लेखिंदै गरेको समयतिर विशेष गरी यहोवाका सेवकहरूले अतिथि सत्कारलाई गम्भीरतापूर्वक लिन्थे भन्ने कुरा थुप्रै शास्त्रपदहरूबाट देखिन्छ। (उत्पत्ति १८:२-५; हिब्रू १३:२) घरमा आएको पाहुनाको ख्याल नगर्नु, उसको अपमान गर्नु बराबर हुन्थ्यो। (लूका ७:३६-३८, ४४-४६) अब यस पृष्ठभूमिलाई मनमा राख्दै फेरि येशूको दृष्टान्तलाई केलाएर हेरौं।
७. येशूले आफ्नो दृष्टान्तमा उल्लेख गर्नुभएको मान्छेले सुतिरहेको मित्रलाई किन लाजै नमानी जगाउँछ?
७ येशूको दृष्टान्तमा राती निकै अबेर पाहुना आइपुग्छ। घरमा पाहुना आएपछि केही खानपीनको व्यवस्था त गर्नै पऱ्यो। तर ऊसित ‘तिनलाई टक्राउन केही हुँदैन।’ घरधनीलाई अब आपत् पऱ्यो। पाहुनालाई जसरी भए पनि एक दुई गाँस त खुवाउनै पऱ्यो। त्यसैले ऊ लाजै नमानी आफ्नो मित्रकहाँ जान्छ र उसलाई जगाएर भन्छ: “ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्।” आफूले चाहेको कुरा नपाएसम्म उसले खुरन्धार मागिरहन्छ। बल्ल रोटी पाएपछि उसले आफ्नो पाहुनाको राम्रो खातिरदारी गर्न सक्छ।
असाध्यै चाहिए असाध्यै माग्नुपर्छ
८. कुन कुराले खुरन्धार प्रार्थना गर्न हामीलाई प्रेरित गर्छ?
८ हामीले खुरन्धार प्रार्थना गर्नुपर्ने कस्तो कारण यस दृष्टान्तले बताउँछ? आफ्नो पाहुनाको सत्कार गर्न रोटी नभई हुन्न भन्ने कुरा बुझेकोले त्यो मान्छेले रोटी नपाएसम्म मागेको माग्यै गऱ्यो। (यशैया ५८:५-७) विनारोटी उसले कसरी पो अतिथि सत्कार गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न सक्थ्यो र? त्यसै गरी साँचो मसीही भएको नाताले हामीलाई पवित्र आत्मा नभई हुन्न भन्ने कुरा बुझेको हुनाले हामी पनि परमेश्वरलाई प्रार्थना गरेर उहाँको आत्मा मागिरहन्छौं। (जकरिया ४:६) हुन पनि, उहाँको आत्माविना हामी आफ्नो काममा कसरी पो सफल हुन सक्छौं र? (मत्ती २६:४१) येशूको दृष्टान्तबाट हामीले सिक्नुपर्ने महत्वपूर्ण पाठ प्रस्टै छ। त्यो हो, परमेश्वरको आत्मा जसरी भए पनि तुरुन्तै चाहिन्छ भनेर हामी जति धेरै महसुस गर्छौं, उत्तिनै खुरन्धार प्रार्थना गर्ने झुकाव हामीसित हुन्छ।
९, १०. (क) परमेश्वरलाई किन खुरन्धार प्रार्थना गरेर उहाँको आत्मा मागिरहनुपर्छ, उदाहरण दिएर बुझाउनुहोस्। (ख) हामीले आफैलाई कुन प्रश्न सोध्नुपर्छ र किन?
९ अब येशूको दृष्टान्तलाई एउटा आधुनिक उदाहरणसित दाँजेर हेरौं। मानिलिनुहोस्, तपाईंको परिवारको कुनै एक जना सदस्य मध्यरातमा अचानक बिरामी परेर छटपटाउन थाल्यो। त्यतिखेर के तपाईं मस्तसित निदाइरहेको डाक्टरलाई जगाउनुहुन्छ? सानोतिनो बिरामी परेको हो भने त सायद जगाउनुहुन्न कि? तर हृदयघात भएको रहेछ भने नि? के त्यतिखेर डाक्टरलाई जगाउन तपाईं लाज मान्नुहुन्छ? निश्चय पनि मान्नुहुन्न। किनभने, त्यस्तो गम्भीर अनि आकस्मिक घटना हुँदा डाक्टरको मदत नभई हुन्न भनेर तपाईंलाई थाह छ। लाज मानेर केही नगरी बस्दा बरु बिरामीको ज्यान जान सक्छ। अहिले साँचो मसीहीहरू पनि एक अर्थमा त्यस्तै आकस्मिक स्थितिमा परेका छन्। हामीलाई निलिहालूँ भनेर शैतान “गर्जने सिंहझैं खोजेर” हिंडिरहेको छ। (१ पत्रुस ५:८) त्यसैले आध्यात्मिक तवरमा आफ्नो ज्यान जोगाउन हामीलाई जुनसुकै हालतमा परमेश्वरको आत्मा चाहिएको छ। उहाँको आत्मा नमागी बस्दा ठूलो हानि बेहोर्नुपर्ने हुन सक्छ। अतः हामी खुरन्धार प्रार्थना गरेर परमेश्वरसित उहाँको पवित्र आत्मा मागिरहन्छौं। (एफिसी ३:१४-१६) त्यसो गऱ्यौं भने मात्र “आखिरसम्म सहने” बल हामीले पाउनेछौं।—मत्ती १०:२२; २४:१३.
-