-
यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
५. खुरन्धार मागिरहने मान्छेको दृष्टान्तअनुसार हामीले कसरी प्रार्थना गर्नुपर्छ?
५ खुरन्धार मागिरहने मान्छेको यस जीवन्त दृष्टान्तले प्रार्थना गर्दा हाम्रो मनोभाव कस्तो हुनुपर्छ, प्रस्ट पार्छ। त्यो मान्छेले “खुरन्धार मागिरहेकोले” आफूले चाहेको कुरा पायो भनेर येशूले दृष्टान्तमा बताउनुभयो। (लूका ११:८, NRV) यहाँ “खुरन्धार” भनेर अनुवाद गरिएको युनानी शब्द, बाइबलमा एक ठाउँमा मात्र चलाइएको पाइन्छ। यो युनानी शब्दको ठेट अर्थ “लाज पचाउनु” हो। लाज पचाएर कुनै काम गर्नुलाई अक्सर दुर्गुन ठानिन्छ। तथापि, लाज पचाएरै भए पनि असल थोक माग्नु भने पक्कै पनि दुर्गुन हुन सक्दैन। येशूको दृष्टान्तको त्यस मान्छेले पनि त्यसै गऱ्यो। आफूलाई चाहिएको कुरा माग्न उसले लाज मानेन। खुरन्धार मागिरहने यस मान्छेलाई येशूले असल उदाहरणको रूपमा प्रस्तुत गर्नु भएकोले हामीले पनि खुरन्धार प्रार्थना गर्नुपर्छ। हामीले ‘मागिरहोस्’ ‘खोजिरहोस्’ ‘घच्घच्याइरहोस्’ भनेर यहोवा चाहनुहुन्छ। त्यसो गऱ्यौं भने उहाँले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ।”
-
-
यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
९, १०. (क) परमेश्वरलाई किन खुरन्धार प्रार्थना गरेर उहाँको आत्मा मागिरहनुपर्छ, उदाहरण दिएर बुझाउनुहोस्। (ख) हामीले आफैलाई कुन प्रश्न सोध्नुपर्छ र किन?
९ अब येशूको दृष्टान्तलाई एउटा आधुनिक उदाहरणसित दाँजेर हेरौं। मानिलिनुहोस्, तपाईंको परिवारको कुनै एक जना सदस्य मध्यरातमा अचानक बिरामी परेर छटपटाउन थाल्यो। त्यतिखेर के तपाईं मस्तसित निदाइरहेको डाक्टरलाई जगाउनुहुन्छ? सानोतिनो बिरामी परेको हो भने त सायद जगाउनुहुन्न कि? तर हृदयघात भएको रहेछ भने नि? के त्यतिखेर डाक्टरलाई जगाउन तपाईं लाज मान्नुहुन्छ? निश्चय पनि मान्नुहुन्न। किनभने, त्यस्तो गम्भीर अनि आकस्मिक घटना हुँदा डाक्टरको मदत नभई हुन्न भनेर तपाईंलाई थाह छ। लाज मानेर केही नगरी बस्दा बरु बिरामीको ज्यान जान सक्छ। अहिले साँचो मसीहीहरू पनि एक अर्थमा त्यस्तै आकस्मिक स्थितिमा परेका छन्। हामीलाई निलिहालूँ भनेर शैतान “गर्जने सिंहझैं खोजेर” हिंडिरहेको छ। (१ पत्रुस ५:८) त्यसैले आध्यात्मिक तवरमा आफ्नो ज्यान जोगाउन हामीलाई जुनसुकै हालतमा परमेश्वरको आत्मा चाहिएको छ। उहाँको आत्मा नमागी बस्दा ठूलो हानि बेहोर्नुपर्ने हुन सक्छ। अतः हामी खुरन्धार प्रार्थना गरेर परमेश्वरसित उहाँको पवित्र आत्मा मागिरहन्छौं। (एफिसी ३:१४-१६) त्यसो गऱ्यौं भने मात्र “आखिरसम्म सहने” बल हामीले पाउनेछौं।—मत्ती १०:२२; २४:१३.
-