प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’
    प्रहरीधरहरा—२००७ | जनवरी १
    • ११. येशूले बाबु-छोरोको दृष्टान्तलाई कसरी प्रार्थनासित जोड्‌नुभयो?

      ११ पाहुनाको खातिरदारी गर्न आफ्नो मित्रसित रोटी मागिरहने मान्छेको दृष्टान्तले प्रार्थना गर्ने व्यक्‍तिको मनोभाव कस्तो हुनुपर्छ, त्यो प्रस्ट पार्छ। येशूले सुनाउनुभएको अर्को दृष्टान्तले चाहिं प्रार्थना सुन्‍नुहुने व्यक्‍ति अर्थात्‌ यहोवा परमेश्‍वरको मनोभाव कस्तो छ, त्यो प्रस्ट पार्छ। येशूले यसरी त्यो दृष्टान्त सुनाउनुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्‌गा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:११-१३.

      १२. आफ्नो छोरोको इच्छा पूरा गर्न इच्छुक बुबाको दृष्टान्तले यहोवा हाम्रो प्रार्थना सुन्‍न इच्छुक हुनुहुन्छ भनेर कसरी प्रकट गर्छ?

      १२ आफ्नो छोराले मागेको कुरा पुऱ्‍याइदिने यस बुबाको उदाहरण दिएर उहाँलाई प्रार्थना गर्ने व्यक्‍तिहरूप्रति यहोवाको मनोभाव कस्तो छ, येशूले प्रकट गर्नुभयो। (लूका १०:२२) पहिले यी दुई दृष्टान्त तुलना गरेर हेरौं। आफ्नो मित्रले रोटी पैंचो माग्न आउँदा झिंझो मान्‍ने त्यो पहिलो दृष्टान्तको मित्रजस्तो यहोवा हुनुहुन्‍न। बरु उहाँ आफ्नो छोरोको इच्छा पूरा गर्न इच्छुक दोस्रो दृष्टान्तको मायालु बुबाजस्तै हुनुहुन्छ। (भजन ५०:१५) हाम्रो प्रार्थना सुन्‍न यहोवा कत्तिको इच्छुक हुनुहुन्छ भनेर अझ राम्ररी बुझाउन येशू मानव बुबालाई स्वर्गमा हुनुहुने बुबासित तुलना गर्नुहुन्छ। यदि एक जना मानव बुबा असिद्धताको कारण “दुष्ट भईकन” आफ्नो छोरालाई असल थोक दिन जान्दछ भने सधैं हाम्रो भलो चाहनुहुने हाम्रो स्वर्गीय पिता, यहोवाले आफ्ना उपासकहरूलाई कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुन्छ होला!—याकूब १:१७.

  • यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’
    प्रहरीधरहरा—२००७ | जनवरी १
    • १४. (क) परीक्षाको सामना गर्नुपर्दा मानिसहरू कस्तो गलत सोचाइ राख्छन्‌? (ख) परीक्षाको सामना गर्नुपर्दा किन निर्धक्क भई यहोवालाई प्रार्थना गर्न सक्छौं?

      १४ कुनै पनि मानव मातापिताले आफ्नो छोराछोरीप्रति चिताउने भलाइभन्दा यहोवाको भलाइ धेरै गुना ठूलो छ भनेर पनि येशूको दोस्रो दृष्टान्तले जोड दिन्छ। तसर्थ, दुःख पर्दा परमेश्‍वर हामीसित रिसाउनुभएछ भनेर हामी कहिल्यै नसोचौं। वास्तवमा शैतान पो हामीले त्यस्तो सोचोस्‌ भन्‍ने चाहन्छ। (अय्यूब ४:१, ७, ८; यूहन्‍ना ८:४४) दुःख आइपर्दा आफैलाई धिक्कार्दै बस्ने कुनै आधार हामी बाइबलमा पाउँदैनौं। यहोवाले “खराब कुराबाट” हाम्रो परीक्षा गर्नुहुन्‍न। (याकूब १:१३) उहाँ हाम्रो पोल्टोमा सर्प वा बिच्छीसमान परीक्षा राख्न चाहनुहुन्‍न। स्वर्गमा हुनुहुने हाम्रो पिता त ‘उहाँसित माग्नेहरूलाई असल चीज दिनुहुन्छ।’ (मत्ती ७:११; लूका ११:१३) यसरी, यहोवाको भलाइ अनि हामीलाई मदत गर्ने उहाँको इच्छुकताको हामी जति धेरै कदर गर्छौं, त्यति नै निर्धक्क भएर प्रार्थना गर्न हामी अग्रसर हुन्छौं। त्यसो गऱ्‍यौं भने भजनरचयिताजस्तै हामी पनि यसो भन्‍न सक्नेछौं: “साँच्चिनै परमेश्‍वरले सुन्‍नुभएको छ। उहाँले मेरो प्रार्थनाको सोरतिर ध्यान लाउनुभएको छ।”—भजन १०:१७; ६६:१९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने