प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • ५. हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भनेर येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (फुटनोट पनि हेर्नुहोस्‌)

      ५ पहिलो मानव दम्पती सृष्टि गरिएको केही समय बितेपछि हाबिल जन्मिएका थिए। हाबिल “संसारको प्रारम्भदेखि”-का मानिस हुन्‌ भनेर येशूले बताउनुभयो। (लूका ११:५०, ५१ पढ्‌नुहोस्‌) सायद त्यतिबेला उहाँले पापबाट उद्धार पाउने आशा भएका मानिसहरूबारे कुरा गर्नुभएको थियो। हाबिल पृथ्वीमा पाइला टेक्ने चौथो मानिस भए तापनि परमेश्‍वरको नजरमा उद्धार पाउन लायकको पहिलो मानिस तिनी नै हुनुपर्छ।a त्यसबेला हाबिलले अनुकरण गर्न सक्ने असल मानिस पृथ्वीमा कोही थिएन।

  • “तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • a मूल भाषाअनुसार “संसारको प्रारम्भ” भन्‍ने वाक्यांशले “बीउ फ्याँक्नु” अर्थात्‌ सन्तान गर्भमा आउनुलाई बुझाउँछ। यो सबैभन्दा पहिलो मानव सन्तान गर्भमा आउने कुरासित सम्बन्धित छ। हुन त पृथ्वीमा सबैभन्दा पहिले जन्मेका मानिस कयिन थिए। तर येशूले किन हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भन्‍नुभयो? कयिनले जानाजानी यहोवा परमेश्‍वरको विद्रोह गरे। यो कुरा उनले आफ्नो निर्णय अनि कामद्वारा देखाए। त्यसैले उनका आमाबाबुजस्तै उनी पनि पुनर्जीवित हुने अनि उद्धार पाउने मानिसहरूको सूचीमा पर्दैनन्‌ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने