-
के तपाईं “परमेश्वरतर्फ धनी” हुनुहुन्छ?प्रहरीधरहरा—२००७ | अगस्त १
-
-
७. येशूको दृष्टान्तका मानिसले दोधारमा पर्दा के गरे?
७ फेरि येशूको दृष्टान्तलाई विचार गरौं। ढुकुटीमै नअटाउने गरी मनग्गे उब्जनी हुँदा ती मानिसले के गरे? तिनले ढुकुटी भत्काएर अझ ठूलो बनाउने र सबै अनाज तथा सम्पत्ति त्यसमा राख्ने निर्णय गरे। आफ्नो यो योजनामा मख्ख पर्दै तिनले यत्ति सुरक्षित र सन्तुष्ट महसुस गरे कि मनमनै यस्तो कुरा गुने: “म आफ्नो प्राणलाई भन्नेछु, ‘ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्, खा, पी, र आनन्द गर्।’ ”—लूका १२:१९.
किन “मूर्ख”?
८. येशूको दृष्टान्तका मानिसले कुन महत्त्वपूर्ण कुरालाई बिर्सेका थिए?
८ तर येशूले भन्नुभएझैं ती धनी मानिसलाई आफ्नो योजनाले सुरक्षाको गलत अनुभूति मात्र प्रदान गऱ्यो। तिनको योजना व्यावहारिक जस्तो देखिए तापनि तिनले एउटा महत्त्वपूर्ण कुरा अर्थात् परमेश्वरको इच्छालाई बिर्सेका थिए। कसरी आरामसित बसेर खाने, पिउने र आनन्द गर्ने भनी तिनले आफूबारे मात्र सोचे। “धेरै सम्पत्ति” भएकोले आयु पनि “धेरै वर्ष” हुनेछ भन्ने सोचे। तर दुःखको कुरा सोचेजस्तो भएन। येशूले पहिल्यै भन्नुभएझैं “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) तिनको मेहनतको जम्मै कमाइ त्यही रात अकस्मात् बेकारको साबित भयो किनभने परमेश्वरले तिनलाई यस्तो भन्नुभयो: “ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस् ती कसको होला?”—लूका १२:२०.
-
-
के तपाईं “परमेश्वरतर्फ धनी” हुनुहुन्छ?प्रहरीधरहरा—२००७ | अगस्त १
-
-
१०. “धेरै सम्पत्ति” हुँदैमा “धेरै वर्ष” बाँचिन्छ भन्ने ग्यारेन्टी किन छैन?
१० यसबाट सिक्न सकिने पाठमा हामीले मनन गर्नुपर्छ। “धेरै सम्पत्ति” जम्मा गर्न मरिमेट्ने तर “धेरै वर्ष” बाँच्न पाउने आशाको लागि गर्नुपर्ने कुराको चाहिं वास्तै नगर्ने दृष्टान्तको ती मानिस जस्तै पो हामी हुने हौं कि? (यूहन्ना ३:१६; १७:३) बाइबल भन्छ: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन” र “आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ।” (हितोपदेश ११:४, २८) त्यसैले येशूले दृष्टान्तको अन्तमा यस्तो सल्लाह दिनुभयो: “परमेश्वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:२१.
-