प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ७/१ p. ३२
  • उडेर नजाने सौन्दर्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उडेर नजाने सौन्दर्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ७/१ p. ३२

उडेर नजाने सौन्दर्य

“सौन्दर्य विलिन भएर जान्छ; सौन्दर्य बितेर जान्छ,” कवि वल्टर दे ला मेरले यसप्रकार टिप्पणी गरे। यहाँ चित्रमा देखाइएको वैभवशाली क्याकटस (Cactus) फूलहरूसँग यो कुरा ठ्याक्क मिल्दछ। तिनीहरूको रौनक चाँडै नै उडेर जान्छ।

एकजना मसीही चेला याकूबले यस प्रकार लेखे: “घाँसको फूल जस्तो त्यो [धनी मानिस] बिती जानेछ। किनभने गर्म हावासाथ सूर्य उदय हुन्छ, र घाँसलाई सुकाइदिन्छ, औ फूल झर्छ, र त्यसको शोभा नष्ट हुन्छ। त्यस्तैगरी धनी मानिस पनि आफ्नै मार्गमा ओइलाएर जान्छ।”—याकूब १:१०, ११.

यस्तो अनिश्‍चितताको संसारमा साँच्चै नै, राता-रात धन सम्पत्ति विलिन हुनसक्छ। यसबाहेक अरू मानिसहरू झैं—धनी मानिस पनि ‘फूलझैं अल्प-आयुको’ हुन्छ। (अय्यूब १४:१, २) येशूले एकजना मानिसको दृष्टान्त बताउनुभयो। त्यो मानिस आफ्नो जीवन आनन्द र मौज-मस्तीका साथ बितोस्‌ भनेर धन थुपार्नमा अति व्यस्त थियो। तर आरामको जिन्दगी बिताउन अब आफूसँग सबै कुरा भयो भनेर उसलाई लागेको मात्र के थियो, उसको मृत्यु भयो। येशूले चेतावनी दिनुभयो: “परमेश्‍वर तर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:१६-२१.

“परमेश्‍वरतर्फ धनी” हुनु। येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो? परमेश्‍वरतर्फ धनी हुने मानिसहरूको “स्वर्गमा धन-सम्पति”—अर्थात्‌ परमेश्‍वरसँग एउटा असल नाउँ हुन्छ। यस्तो धन कहिल्यै विलिन भएर जाँदैन। (मत्ती ६:२०; हिब्रू ६:१०) ओइलाइजाने एउटा फूलको सट्टा त्यस्ता मानिसहरूलाई बाइबलमा एउटा रूखसँग तुलना गरिएको छ, जसको पात कहिल्यै सुकेर जाँदैन। र हामी निश्‍चिन्त छौं कि त्यस व्यक्‍तिले “जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजनसंग्रह १:१-३, ६. (w93 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने