प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा—२००८ | जुलाई १
    • खमिरको उखान

      ९, १०. (क) खमिरको उखानमा येशूले कुन कुरालाई जोड दिनुभयो? (ख) बाइबलमा खमिरले अक्सर केलाई बुझाउँछ र येशूले उल्लेख गर्नुभएको खमिरबारे उठेको कुन चाहिं प्रश्‍नबारे हामी विचार गर्नेछौं?

      ९ वृद्धि मानव आँखाले सधैं देख्न सक्दैन। यस कुरालाई येशूले अर्को उखानमा जोड दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “स्वर्गको राज्य खमीरजस्तो हो, जो एउटी स्त्रीले तीन पाथी गहुँको पीठोमा त्यो जम्मै खमीरी नहोउञ्जेल लुकाई राखी।” (मत्ती १३:३३) यस खमिरले केलाई बुझाउँछ र यो परमेश्‍वरको राज्यको वृद्धिसित कसरी सम्बन्धित छ?

      १० बाइबलमा खमिरलाई अक्सर पाप बुझाउन प्रयोग गरिएको छ। प्रेरित पावलले प्राचीन कोरिन्थ मण्डलीमा पापीले पारिरहेको भ्रष्ट प्रभावबारे बताउँदा खमिर शब्दलाई यही अर्थमा चलाए। (१ कोरि. ५:६-८) के यहाँ येशूले खमिरलाई कुनै नराम्रो कुराको वृद्धि बुझाउन चलाइरहनुभएको थियो?

      ११. प्राचीन इस्राएलमा खमिरलाई कसरी प्रयोग गरिन्थ्यो?

      ११ उक्‍त प्रश्‍नको जवाफ पाउनुअघि हामीले तीन वटा आधारभूत तथ्यहरूलाई ध्यान दिनुपर्छ। पहिलो: यहोवाले निस्तार चाडको बेला खमिर चलाउन निषेध गर्नुभए तापनि अरू समयमा खमिर सहितका बलिदानहरू स्वीकार्नुहुन्थ्यो। धन्यवादको मेलबलिको बलिदानमा खमिर पनि प्रयोग गरिन्थ्यो। यो बलिदान, यहोवाले दिनुभएका थुप्रै आशिष्‌प्रति धन्यवाद टक्राउन राजीखुसीले चढाइन्थ्यो। यस अवसरमा खाइने भोज खुसीयालीको एउटा क्षण थियो।—लेवी ७:११-१५.

      १२. बाइबलले प्रतीकात्मक कुराहरू चलाउने तरिकाबाट हामी के सिक्न सक्छौं?

      १२ दोस्रो: बाइबलमा कुनै एउटा कुरालाई कतै नकारात्मक अर्थमा चलाइएको भए तापनि त्यही कुरालाई अरू कतै सकारात्मक अर्थमा चलाइएको पनि हुन सक्छ। उदाहरणको लागि, १ पत्रुस ५:८ मा शैतानको डरलाग्दो र खुँखार स्वभावको वर्णन गर्दै त्यसलाई सिंहसित तुलना गरिएको छ। तर प्रकाश ५:५ मा भने येशूलाई सिंहसित तुलना गरिएको छ। उहाँलाई यस पदमा “त्यो सिंह, जो यहूदाका कुलका हुन्‌” भनिएको छ। यसमा साहसी न्याय बुझाउन सिंहलाई प्रयोग गरिएको छ।

      १३. येशूले भन्‍नुभएको खमिरको उखानले आध्यात्मिक वृद्धिबारे के स्पष्ट हुन्छ?

      १३ तेस्रो: येशूले उखानमा यसो भन्‍नुभएन कि खमिरले पूरै पीठोलाई काम नलाग्नेगरि बिगाऱ्‍यो। उहाँले केवल रोटी बनाउने साधारण प्रक्रियालाई उल्लेख गर्दै हुनुहुन्थ्यो। स्त्री आफैले पीठोमा खमिर मिसाइन्‌ र नतिजा राम्रो भयो। खमिर पीठोको थुप्रोमा मिसिएकोले देखिंदैन थियो। तसर्थ, पीठो खमिरी हुने प्रक्रिया अर्थात्‌ खमिरले गर्दा पीठो फुल्ने प्रक्रिया स्त्रीले देख्न सकिनन्‌। यसले हामीलाई दिउँसो बीउ छरेर राती सुत्ने मानिसको सम्झना दिलाउँछ। येशूले भन्‍नुभयो: ‘बीउ चाहिं उम्रन्छ र बढ्‌छ तर त्यो कसरी भएको हो, [त्यस मानिसले] जान्दैन।’ (मर्कू. ४:२७) बाहिरबाट नदेखिने आध्यात्मिक वृद्धिलाई कत्ति सरल ढंगमा उतारेको! सुरुमा त वृद्धि नदेखौंला, तर अन्ततः त्यसको नतिजा छर्लङ्‌ग हुन्छ।

      १४. खमिरले सबै पीठो खमिरी बनाउने कुराले प्रचारकार्यको कुन पक्षलाई बुझाउँछ?

      १४ आध्यात्मिक वृद्धि मानव आँखाले नदेखिने मात्र होइन। तर यो वृद्धि सारा संसारभरि फैलिंदै गइरहेको पनि छ। खमिरको उखानमा जोड दिइएको यो अर्को पक्ष हो। खमिरले “तीन पाथी आटा”-लाई खमिरी बनाउँछ अर्थात्‌ फुलाउँछ। (लूका १३:२१) आध्यात्मिक उन्‍नति गराउने खमिररूपी राज्य-प्रचारकार्य यत्ति फैलिएको छ कि यो कार्य अहिले “पृथ्वीको अन्तसम्म” भइरहेको छ। (प्रेरि. १:८; मत्ती २४:१४) राज्य प्रचारकार्यको यस अद्‌भुत विस्तार काममा सहभागी हुन पाउनु कत्ति राम्रो सुअवसर!

  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा—२००८ | जुलाई १
    • २०, २१. (क) वृद्धिबारे येशूका उखानहरूलाई पुनःछलफल गरेर हामीले के सिकेका छौं? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

      २० वृद्धिबारे येशूका उखानहरू संक्षेपमा पुनः दोहोऱ्‍याएर के सिक्न सक्यौं? पहिलो: रायोको दाना बढेजस्तै यस पृथ्वीमा राज्य गतिविधिको अत्यन्त वृद्धि भएको छ। यहोवाको कामको विस्तारलाई कुनै कुराले रोक्न सक्दैन! (यशै. ५४:१७) साथै, “[रूखको] छायाँमनि बास बस्न” खोज्नेहरूलाई आध्यात्मिक सुरक्षा दिइएको छ। दोस्रो: बढाउने त परमेश्‍वर नै हुनुहुन्छ। जसरी खमिर पिठोको थुप्रोभित्र नदेखिनेगरि फिंजिन्छ। त्यसरी नै राज्यको यो वृद्धि पनि अक्सर सजिलै देखिंदैन वा बुझिंदैन, तर यो फैलिरहेको चाहिं हुन्छ! तेस्रो: राज्य सन्देश सुन्‍नेहरू सबैले नै आफूलाई योग्य साबित गरेका छैनन्‌। कतिपय मानिस येशूको उखानका खराब माछा जस्तै भएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने