प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘तिमीहरूको आपसमा प्रेम होस्‌’
    प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
    • ५, ६. (क) येशूले कुन दुईवटा छोटो दृष्टान्त बताउनुभयो? (ख) यी दृष्टान्तहरूले यहोवाबारे के कुरा प्रकट गर्छ?

      ५ बरालिएकाहरूप्रति यहोवाको दृष्टिकोण बुझाउन येशूले आफ्ना श्रोताहरूलाई दुईवटा छोटो दृष्टान्त बताउनुभयो। एउटा दृष्टान्त गोठालोबारे थियो। येशूले यसो भन्‍नुभयो: “तिमीहरूमध्ये कुन चाहिं मानिस होला, जसको सय भेड़ा भएर तीमध्ये एउटा हराउँदा उनान्सयलाई वनमा छोड़ेर त्यो हराएको पछि लागेर त्यसलाई नपाउञ्जेल खोजिगर्दैन? औ भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, औ घरमा आएर उसले आफ्ना मित्रहरूलाई यसो भन्छ, ‘मसित रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा भेट्टाएको छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरी पश्‍चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रति भन्दा पश्‍चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ’।’ ”—लूका १५:४-७.

  • ‘तिमीहरूको आपसमा प्रेम होस्‌’
    प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
    • हराएको तर अनमोल

      ८. (क) गोठालो र स्त्रीले आफ्नो केही कुरा हराउँदा कस्तो प्रतिक्रिया देखाए? (ख) तिनीहरूको प्रतिक्रियाबाट हराएको सम्पत्तिप्रति कस्तो दृष्टिकोण झल्किन्छ?

      ८ दुवै दृष्टान्तमा केही कुरा गुमेको थियो तर मालिकहरूको प्रतिक्रियालाई ध्यान दिनुहोस्‌। गोठालोले यसो भनेनन्‌: ‘एउटा हराएर के भयो र, मसँग अझै ९९ वटा त छँदैछ नि? त्यो एउटा नभए मलाई केही फरक पर्दैन।’ त्यस स्त्रीले यसो भनिनन्‌: ‘बेकारमा एउटा सिक्काको लागि किन चिन्ता गर्ने? बाँकी नौवटा त मसँग छँदैछ नि।’ बरु, गोठालोले आफ्नो भेडा त्यही एउटै मात्र भएझैं गरी हराएको भेडा धुइँधुइँती खोजे। अनि त्यस स्त्रीले पनि आफूसित अरू केही नभएझैं गरी हराएको सिक्का खोजिन्‌। दुवै घटनामा आफूले हराएको कुरा मालिकको लागि अनमोल थियो। यसले के देखाउँछ?

      ९. गोठालो र स्त्रीले देखाएको चासोबाट के प्रस्ट हुन्छ?

      ९ दुवै अवस्थामा येशूको निष्कर्षलाई ध्यान दिनुहोस्‌: “पश्‍चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ” र “यसरीनै परमेश्‍वरका दूतहरूका सामने पश्‍चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।” तसर्थ, गोठालो र स्त्रीको चासोले सानै तरिकामा भए पनि यहोवा र उहाँका स्वर्गीय प्राणीहरूको भावना झल्काउँछ। आफूले हराएको कुरा गोठालो र स्त्रीको नजरमा अनमोल रहेझैं परमेश्‍वरका जनहरूबाट बरालिएर टाढिएकाहरू पनि यहोवाको नजरमा अनमोल रहिरहन्छन्‌। (यर्मिया ३१:३) त्यस्ता व्यक्‍तिहरू आध्यात्मिक तवरमा कमजोर हुँदैमा तिनीहरूलाई विद्रोही भन्‍न मिल्दैन। तिनीहरूको कमजोर अवस्थाको बावजुद तिनीहरूले कुनै न कुनै तरिकामा अझै यहोवाले चाहनुभएका कुराहरू पूरा गरिरहेका हुन सक्छन्‌। (भजन ११९:१७६; प्रेरित १५:२९) यसर्थ, विगतमा झैं यहोवा “तिनीहरूलाई अझै आफ्नो दृष्टिदेखि निकाल्न” हतार गर्नुहुन्‍न।—२ राजा १३:२३.

      १०, ११. (क) मण्डलीबाट बरालिएकाहरूप्रति हामी कस्तो दृष्टिकोण राख्न चाहन्छौं? (ख) येशूका दुईवटा दृष्टान्तअनुसार हामी तिनीहरूप्रति कसरी चासो व्यक्‍त गर्न सक्छौं?

      १० यहोवा र येशूले जस्तै हामी पनि कमजोर तथा मसीही मण्डलीदेखि टाढिएका व्यक्‍तिहरूको गहिरो चासो राख्छौं। (इजकिएल ३४:१६; लूका १९:१०) हामी आध्यात्मिक तवरमा कमजोर व्यक्‍तिलाई कुनै आशै नभएको मानिसजस्तो नभई हराएको भेडासरह ठान्छौं। हामी यस्तो तर्क गर्दैनौं: ‘कमजोर व्यक्‍तिको किन वास्ता गर्ने? त्यो व्यक्‍ति नहुँदा मण्डलीलाई केही फरक पर्दैन।’ बरु, बरालिएका तर फर्कन चाहनेहरूलाई हामी यहोवाले जस्तै मूल्यवान्‌ ठान्छौं।

  • ‘तिमीहरूको आपसमा प्रेम होस्‌’
    प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
    • आफू अग्रसर हुनुहोस्‌

      १२. ‘हराएको पछि लाग्छन्‌’ भन्‍ने अभिव्यक्‍तिले गोठालोको मनोवृत्तिबारे के बताउँछ?

      १२ दुईवटा दृष्टान्तमध्ये पहिलोमा येशूले गोठालो ‘हराएको पछि लाग्छन्‌’ भन्‍नुभयो। गोठालो आफै अग्रसर भएर हराएको भेडा खोज्न ठोस कदम चाल्छ। कठिनाइ, खतरा र दूरीको कारण तिनी हरेस खाँदैनन्‌। यसको विपरीत, तिनले ‘नपाउञ्जेल खोजि गर्छ।’—लूका १५:४.

      १३. पुरातन समयका विश्‍वासी मानिसहरूले कमजोरहरूको आवश्‍यकतामा कसरी ध्यान पुऱ्‍याए अनि हामी ती बाइबल उदाहरणहरू कसरी अनुकरण गर्न सक्छौं?

      १३ त्यस्तै गरी, प्रोत्साहनको खाँचो परेको व्यक्‍तिलाई मदत गर्न बलियो व्यक्‍ति अग्रसर हुनुपर्छ। पुरातन समयका विश्‍वासी मानिसहरूले यो कुरा बुझेका थिए। उदाहरणका लागि, राजा शाऊलका छोरा, जोनाथनले आफ्नो अति प्रिय मित्र दाऊदलाई प्रोत्साहन चाहिएको कुरा थाह पाएपछि जोनाथन होरेशमा “तिनीकहाँ आए, र तिनलाई परमेश्‍वरको नाउँमा अझै उत्साह दिए।” (१ शमूएल २३:१५, १६) शताब्दीयौंपछिको कुरा हो, नहेम्याहले आफ्ना केही यहूदी भाइहरू निरुत्साहित भएको देख्ने बित्तिकै “झट्टै” गएर ‘परमप्रभुको सम्झना गर्ने’ प्रोत्साहन दिए। (नहेम्याह ४:१४) आज हामी पनि कमजोरहरूलाई बल दिनको निम्ति ‘खडा हुन’ आफै अग्रसर हुन चाहनुपर्ने हो। तर मण्डलीमा यो कसले गर्नुपर्ने काम हो?

      १४. कमजोरहरूलाई मदत गर्न मसीही मण्डलीमा को अघि सर्नुपर्छ?

      १४ “कमजोर हातहरू बलिया बनाऊ, र दुर्बल घुँड़ाहरू सोझो पार। हृदय डरले भरिएकाहरूलाई भन, ‘साहस गर, न डराऊ’ ” भन्‍ने मुख्य जिम्मेवारी प्राचीनहरूको हो। (यशैया ३५:३, ४; १ पत्रुस ५:१, २) तथापि, ध्यान दिनुहोस्‌, “हरेस खानेलाई दिलाशा देओ” र “कमजोरीहरूलाई मदत गर” भन्‍ने पावलको सल्लाह प्राचीनहरूलाई मात्र दिइएको थिएन। बरु, पावलका यी शब्दहरू “थिस्सलोनिकीहरूका मण्डलीलाई” दिइएको थियो। (१ थिस्सलोनिकी १:१; ५:१४) अतः कमजोरहरूलाई मदत गर्ने जिम्मेवारी सबै मसीहीहरूको हो। दृष्टान्तको गोठालोजस्तै सबै मसीहीहरू ‘हराएको पछि लाग्न’ उत्प्रेरित हुनुपर्छ। निस्सन्देह, प्राचीनहरूसित मिलेर यसो गर्दा सबैभन्दा प्रभावकारी हुन्छ। मण्डलीमा कुनै कमजोर व्यक्‍तिलाई मदत गर्न के तपाईंले केही कदम चाल्न सक्नुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने