प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”
    प्रहरीधरहरा—१९९८ | अक्टोबर १
    • १५-१७. (क) छोरालाई देख्दा बुबाले कस्तो प्रतिक्रिया देखाए? (ख) बुबाले छोरालाई दिएको लुगा, औंठी र जुत्ताले के संकेत गर्छ? (ग) बुबाले भोज लगाउनुबाट के बुझिन्छ?

      १५ “तर त्यो अझै टाढ़ै छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए, औ दौड़ेर गई त्यसको गलामा तिनले अङालो हालेर त्यसलाई चुम्मन गरे। अनि छोराले तिनलाई भन्यो, ‘हे पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु, म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’ तर बाबु चाहिंले आफ्ना दासहरूलाई भन्यो, ‘चाँड़ो सबैभन्दा असल लुगा ल्याएर यसलाई लगाइदेओ। औ त्यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ। औ पालिराखेको चाहिं बाछा ल्याएर मार, र हामी खाएर आनन्द मनाऔं, किनकि यो मेरो छोरो मरेको थियो, र फेरि बिउँत्यो, हराएको थियो, र पाइयो।’ अनि तिनीहरू आनन्द मनाउनलागे।”—लूका १५:२०-२४.

  • “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”
    प्रहरीधरहरा—१९९८ | अक्टोबर १
    • १७ छोरोलाई भेट्टाएपछि बुबाले उसलाई अंगालो हाले र म्वाइँ खाए। त्यसपछि तिनले दासहरूलाई छोरोको निम्ति लुगाफाटा, औंठी र जुत्ता ल्याउन अह्राए। यो लुगा चानचुने लुगा थिएन तर “सबैभन्दा असल” सायद माननीय अतिथिलाई दिन तयार पारिएको बुट्टेदार लबेदा थियो। दासहरूले औंठी र जुत्ता नलगाउने भएकोले छोरालाई ती कुरा दिएर परिवारकै सक्रिय सदस्यको रूपमा पूर्ण हक दिएर स्वीकारेको कुरा बुबाले स्पष्ट पार्दैथिए। यसबाहेक, बुबाले अझै अरू काम पनि गरे। तिनले फर्केर आएको छोरोको निम्ति भोज लगाए। स्पष्टतया, यो मानिसले आफ्नो छोरोलाई अनिच्छुक हुँदै वा आइहाल्यो माफ गर्नैपऱ्‍यो भन्दै माफ गरेका थिएनन्‌। तिनी साँच्चै माफ गर्न चाहन्थे। अनि यसले गर्दा तिनी आनन्दित भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने