प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हराएको छोरा फर्किन्छ
    येसु—बाटो, सत्य र जीवन
    • बुबा जेठो छोरासित कुरा गर्दै

      यी सबै हुँदा जेठो छोरा भने खेतमै थियो। येसु ऊबारे यसो भन्‍नुहुन्छ: “फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। त्यसैले उसले एक जना नोकरलाई बोलायो र के हुँदै छ भनी सोध्यो। त्यसले उसलाई भन्यो: ‘तपाईँको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईँका बुबाले मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’ तब ऊ रिसायो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईँको सेवा गरेँ अनि कहिल्यै तपाईँको आज्ञा मान्‍न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईँले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। तर वेश्‍याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’”—लुका १५:२५-३०.

      येसुले सर्वसाधारण र पापीहरूलाई कृपा देखाउनुभएकोमा र ध्यान दिनुभएकोमा कसले त्यो जेठो छोराले जस्तै उहाँको आलोचना गरेका छन्‌? शास्त्री र फरिसीहरूले। तिनीहरूले यस्तो आलोचना गरेकोले नै येसुले यो उदाहरण बताउनुभएको हो। परमेश्‍वरले कसैलाई कृपा देखाउनुहुँदा त्यसको आलोचना गर्ने जो-कोहीले पनि यस उदाहरणबाट पाठ सिक्नुपर्छ।

  • हराएको छोरा फर्किन्छ
    येसु—बाटो, सत्य र जीवन
    • त्यसपछि जेठो छोराले के गर्छ, येसुले खुलाउनुभएको छैन। तर येसु मृत्युबाट फेरि जीवित हुनुभएपछि ‘पुजारीहरूको ठूलो जमातले पनि विश्‍वास गर्न थाल्छ।’ (प्रेषित ६:७) तिनीहरूमध्ये कोही-कोही येसुले हराएको छोराको यस्तो मन छुने उदाहरण बताउनुहुँदा त्यहीँ उपस्थित भएका हुन सक्छन्‌। हो, तिनीहरूको समेत होस खुल्यो र तिनीहरू पश्‍चात्ताप गरेर परमेश्‍वरकहाँ फर्किन सके।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने