प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ९३ p. २१८-p. २१९ par. ३
  • मानिसको छोरा प्रकट हुनेछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसको छोरा प्रकट हुनेछन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • मानिसको छोरा प्रकट हुने बेलामा
    सबैभन्दा महान्‌ पुरुष
  • प्रेषितहरू चिन्ह माग्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको राज्य कहिले आउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ९३ p. २१८-p. २१९ par. ३
तैरिरहेको नुहको जहाज

अध्याय ९३

मानिसको छोरा प्रकट हुनेछन्‌

लुका १७:२०-३७

  • परमेश्‍वरको राज्य तिनीहरूकै माझमा छ

  • येसु प्रकट हुनुहुँदा के हुनेछ?

येसु अझै पनि सामरिया वा गालिलमध्ये एउटा ठाउँमा हुनुहुन्छ। फरिसीहरू उहाँलाई परमेश्‍वरको राज्यबारे प्रश्‍न सोध्छन्‌। तिनीहरू परमेश्‍वरको राज्य बडो धूमधामका साथ आउने आशा गर्दै छन्‌। तर उहाँ यसो भन्‍नुहुन्छ: “परमेश्‍वरको राज्य सबैले देख्नेगरि आउँदैन न त मानिसहरूले ‘हेर, यहाँ छ!’ वा ‘त्यहाँ छ!’ भन्‍नेछन्‌। किनकि हेर! परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।”—लुका १७:२०, २१.

कोही-कोही येसुले परमेश्‍वरको राज्य उहाँका सेवकहरूको हृदयमा हुने कुरा हो भन्‍न खोज्दै हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्छन्‌। तर यस्तो हुन सक्दैन किनकि परमेश्‍वरको राज्य येसुले कुरा गरिरहनुभएको ती फरिसीहरूको हृदयमा छैन। तर त्यो राज्य तिनीहरूकै माझमा छ किनकि परमेश्‍वरको राज्यको नियुक्‍त राजा येसु तिनीहरूकै बीचमा हुनुहुन्छ।—मत्ति २१:५.

सायद फरिसीहरू त्यहाँबाट गएपछि येसु आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यबारे थप कुरा बताउनुहुन्छ। आफू राज्यशक्‍तिमा आउनेबारे उहाँ यस्तो चेतावनी दिनुहुन्छ: “यस्तो समय आउनेछ, जब तिमीहरूले मानिसको छोराका दिनहरूमध्ये एक दिन हेर्न इच्छा गर्नेछौ तर हेर्न पाउनेछैनौ।” (लुका १७:२२) मानिसको छोराले परमेश्‍वरको राज्यमा भविष्यमा शासन गर्ने कुरालाई येसु सङ्‌केत गर्दै हुनुहुन्छ। त्यो समय आउनुअघि नै केही चेलाहरू त्यस राज्यको लागि आतुर छन्‌। तर मानिसको छोरा आउनेबारे परमेश्‍वरले तोक्नुभएको समय नआएसम्म तिनीहरूले पर्खनुपर्नेछ।

येसु थप यसो भन्‍नुहुन्छ: “मानिसहरूले तिमीहरूलाई ‘हेर, ऊ त्यहाँ छ!’ वा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्‌। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछिपछि नलाग। जसरी बिजुली आकाशको एक छेउदेखि अर्को छेउसम्म चम्किन्छ, मानिसको छोरा पनि आफ्नो दिनमा त्यसरी नै प्रकट हुनेछ।” (लुका १७:२३, २४) येसुका चेलाहरू झूटा मसीहहरूको पछि लाग्नदेखि कसरी जोगिनेछन्‌? जसरी बिजुली चम्कँदा टाढासम्म देखिन्छ, त्यसरी नै साँचो मसीह आउँदा त्यसको प्रमाण मानिसहरूले स्पष्टसँग देख्नेछन्‌ भनी येसु बताउनुहुन्छ। ध्यान दिएर हेर्नेहरू सबैले उहाँ राज्यशक्‍तिमा आउनुभएको प्रमाण स्पष्टसँग देख्नेछन्‌।

भविष्यमा उहाँ राज्यशक्‍तिमा आउनुहुँदा मानिसहरूले कस्तो मनोवृत्ति देखाउनेछन्‌ भनेर बुझाउन उहाँ विगतका केही घटनाहरूबारे बताउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “नुहको दिनमा जस्तो भएको थियो, मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ . . . त्यसैगरि लुतको दिनमा जस्तो भएको थियो, त्यतिखेर पनि त्यस्तै हुनेछ: तिनीहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, बेच्दै थिए, रोप्दै थिए र घर बनाउँदै थिए। तर जुन दिन लुत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नाश गऱ्‍यो। मानिसको छोरा प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ।”—लुका १७:२६-३०.

नुहको समय र लुतको समयका मानिसहरू खाने, पिउने, किन्‍ने, बेच्ने, रोप्ने र बनाउनेजस्ता दैनिक कामकुरामा लागेकोले तिनीहरू नाश भए भनेर येसुले भन्‍न खोज्नुभएको होइन। नुह, लुत अनि तिनीहरूको परिवारले पनि यीमध्ये केही न केही कुरा गरिरहेका थिए। तर फरक के थियो भने अरू मानिसहरूले दैनिक कामकुरामै व्यस्त भएर परमेश्‍वरको इच्छालाई ध्यानै दिएका थिएनन्‌, आफू कुन समयमा बाँचिरहेको छु भन्‍ने कुरालाई बेवास्ता गरिरहेका थिए। त्यसैले येसु आफ्ना चेलाहरूलाई परमेश्‍वरको इच्छालाई ध्यान दिन र सक्रिय भएर त्यसअनुसार चल्न सल्लाह दिँदै हुनुहुन्छ। यसरी उहाँ तिनीहरूलाई परमेश्‍वरले भविष्यमा ल्याउनुहुने विनाशबाट जोगिन तिनीहरूले कस्तो कदम चाल्नुपर्छ भनेर बुझाउँदै हुनुहुन्छ।

लुतकी पत्नी नुनको खामो हुन्छिन्‌

आफू वरपरको कुराहरूले गर्दा चेलाहरूले आफ्नो ध्यान खलबलिन दिनु हुँदैन। येसु भन्‍नुहुन्छ: “त्यो दिन कुनै मानिस कौसीमा छ र उसको मालसामान घरभित्र छ भने त्यो लिन ऊ तल नओर्लोस्‌। त्यसैगरि खेतमा भएको मानिस आफ्नो मालसामान लिन घर नफर्कोस्‌। लुतकी पत्नीलाई सम्झ!” (लुका १७:३१, ३२) उनी नुनको खामो भइन्‌।

मानिसको छोराले राजाको रूपमा शासन गर्दा के हुनेछ भन्‍नेबारे थप व्याख्या गर्दै येसु आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन्‌; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।” (लुका १७:३४) कसैले उद्धार पाउनेछन्‌ भने कसैलाई चाहिँ छोडिनेछ, मतलब उनीहरूले आफ्नो जीवन गुमाउनेछन्‌।

चेलाहरू उहाँलाई सोध्छन्‌: “कहाँ प्रभु?” येसु यस्तो जवाफ दिनुहुन्छ: “जहाँ लास हुन्छ, त्यहाँ चीलहरू पनि जम्मा हुन्छन्‌।” (लुका १७:३७) हो, कोही-कोही टाढा-टाढासम्म देख्ने चीलहरूजस्तै हुनेछन्‌। यी चेलाहरू मानिसको छोरा अर्थात्‌ साँचो ख्रिष्टलाई चिनेर उहाँसँगै जम्मा हुनेछन्‌। त्यतिबेला येसुले आफ्ना वफादार चेलाहरूको लागि जीवन बचाउने सत्य कुराहरूको प्रबन्ध गर्नुहुनेछ।

  • परमेश्‍वरको राज्य कुन अर्थमा फरिसीहरूको माझमा छ?

  • ख्रिष्टको उपस्थिति कुन अर्थमा बिजुली चम्केझैँ हुनेछ?

  • मानिसको छोरा आउँदा येसुका चेलाहरू किन सजग हुनुपर्नेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने