-
यहोवाले ‘न्याय गरिदिनुहुनेछ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
८ यति भन्नुभइसकेपछि येशूले दृष्टान्तको भाव बताउनुभयो: “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”—लूका १८:१-८, NRV.
-
-
यहोवाले ‘न्याय गरिदिनुहुनेछ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
९. विधवा र न्यायाधीशको दृष्टान्त कुन कुरामा केन्द्रित छ भनेर प्रस्टै देखिन्छ?
९ यो दृष्टान्त कुन कुरामा केन्द्रित छ, प्रस्टै बुझिन्छ। किनकि दृष्टान्तका दुवै पात्र अनि येशू स्वयम्ले त्यो कुरा उल्लेख गर्नुभयो। विधवाले यसो भन्दै बिन्ती गरेकी थिइन्: “मेरो न्याय गरिदिनुहोस्।” न्यायाधीशले चाहिं यसो भनेका थिए: “म त्यसको न्याय गरिदिनेछु।” अनि येशू स्वयम्ले यस्तो प्रश्न गर्नुभएको थियो: “के परमेश्वरले . . . आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र?” अन्तमा यहोवाको विषयमा येशूले यसो भन्नुभयो: “उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ।” (लूका १८:३, ५, ७, ८, NRV) उसोभए यहोवाले कहिले ‘न्याय गरिदिनुहुन्छ’?
१०. (क) प्रथम शताब्दीमा यहोवाले कहिले न्याय गरिदिनुभयो? (ख) अहिले यहोवाका जनहरूको पक्षमा कहिले अनि कसरी न्याय गरिनेछ?
१० प्रथम शताब्दीमा इस्वी संवत् ७० मा यहोवाको “बदला लिने दिन” आउँदा यरूशलेम र त्यसको मन्दिर नष्ट भयो। (लूका २१:२२) अहिले परमेश्वरका जनहरूको पक्षमा भने यहोवाले आफ्नो “भयानक दिन[मा]” उनीहरूको न्याय गरिदिनुहुनेछ। (सपन्याह १:१४; मत्ती २४:२१) त्यस भयानक दिनमा येशूले “परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला” लिनुहुँदा यहोवाले आफ्ना जनहरूलाई “दुःख दिनेहरूलाई दुःख” दिनुहुनेछ।—२ थिस्सलोनिकी १:६-८; रोमी १२:१९.
-
-
यहोवाले ‘न्याय गरिदिनुहुनेछ’प्रहरीधरहरा—२००७ | जनवरी १
-
-
१२, १३. (क) येशूले बताउनुभएको विधवा र न्यायाधीशको दृष्टान्तले के सिकाउँछ? (ख) यहोवाले हाम्रो प्रार्थना सुनेर न्याय गरिदिनुहुनेछ भनेर हामी किन पक्का हुन सक्छौं?
१२ येशूले सुनाउनुभएको विधवा र न्यायाधीशको दृष्टान्तले अरू महत्त्वपूर्ण तथ्य पनि प्रकट गर्छ। दृष्टान्तको भाव बुझाउँदै येशूले यसो भन्नुभयो: “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। के परमेश्वरले . . . आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र?” येशूले पक्कै पनि यहोवालाई अधर्मी न्यायाधीशसित तुलना गरेर उहाँले पनि त्यस्तै व्यवहार गर्नुहुन्छ भन्नुभएको होइन। बरु परमेश्वर र न्यायाधीशबीचको भिन्नता देखाएर येशूले यहोवाको विषयमा बुझ्नुपर्ने पाठ आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। परमेश्वर र न्यायाधीशबीच के-के भिन्नता छ?
१३ येशूको दृष्टान्तको न्यायाधीश “अधर्मी” थिए। तर यहोवा “निष्पक्ष न्यायाधीश हुनुहुन्छ।” (भजन ७:११; ३३:५) अधर्मी न्यायाधीशलाई विधवाको पटक्कै वास्ता थिएन तर यहोवा हरेक व्यक्तिको वास्ता गर्नुहुन्छ। (२ इतिहास ६:२९, ३०) अधर्मी न्यायाधीशसित विधवालाई मदत गर्ने इच्छा थिएन। तर यहोवा आफ्ना सेवकहरूलाई मदत गर्न इच्छुक मात्र होइन आतुर पनि हुनुहुन्छ। (यशैया ३०:१८, १९) उसोभए येशूको दृष्टान्तबाट हामी के पाठ सिक्छौं? यदि अधर्मी न्यायाधीशले त विधवाको बिन्ती सुनेर न्याय गरिदिए भने, यहोवाले झन् कति बढ्ता गरेर आफ्ना जनहरूको प्रार्थना सुनेर न्याय गरिदिनुहुनेछ होला!—हितोपदेश १५:२९.
१४. परमेश्वरले न्याय गर्नुहुने दिन आउने हो कि होइन भनेर हामीले किन शंका गर्नुहुँदैन?
१४ तसर्थ, परमेश्वरले न्याय गर्नुहुने दिन आउनेछ भनेर विश्वास गर्न छाड्ने व्यक्तिहरूले ठूलो गल्ती गरिरहेका छन्। किन? “परमप्रभुको भयानक दिन नजिकै छ” भनेर विश्वास गर्न छाडेर तिनीहरूले वास्तवमा यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहोला भनेर भरोसा गर्न सकिन्न भनिरहेका छन्। तर उहाँ भरोसायोग्य हुनुहुन्छ वा हुनुहुन्न के कसैसित त्यसरी औंला तेर्साउने अधिकार छ र? (अय्यूब ९:१२) भन्ने नै हो भने आफू वफादार भइरहन सक्छु कि सक्दिनँ भनेर पो हामीले प्रश्न गर्नुपर्ने हो। विधवा र न्यायाधीशको दृष्टान्तको अन्तमा येशूले त्यही प्रश्न उठाउनुभयो।
-