-
ईश्वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?प्रहरीधरहरा (जन संस्करण)—२०२० | सङ्ख्या २
-
-
येसुले भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।” (लुका २१:१०, ११) जसरी कुनै व्यक्तिको औँलाको छापले ऊ को हो भनी चिनाउँछ, त्यसैगरि यी घटनाहरू एकसाथ घट्दा “परमेश्वरको राज्य नजिकै छ” भनी थाह पाउन सकिन्छ। के यी घटनाहरू संसारभरि एउटै समयमा घटेका छन्? केही प्रमाणहरू केलाउनुहोस्।
-
-
ईश्वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?प्रहरीधरहरा (जन संस्करण)—२०२० | सङ्ख्या २
-
-
२. भूकम्पहरू
हरेक वर्ष लगभग १०० वटा भूकम्प जान्छ र ब्रिटानिका एकेडेमिक-ले बताएअनुसार यी भूकम्पहरू शक्तिशाली भएकाले “ठूलो क्षति” पुऱ्याउँछ। संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षणको रिपोर्टअनुसार “लामो समयदेखिको (लगभग सन् १९०० देखिको) रेकर्ड विचार गर्दा प्रत्येक वर्ष लगभग १६ वटा ठूलठूला भूकम्प जाने अनुमान लगाउन सकिन्छ।” केही वैज्ञानिकहरूले अहिले धेरैभन्दा धेरै भूकम्प गएको जस्तो लाग्नुको कारण त्यसको मापन गर्ने भरपर्दा तरिकाहरू भएकोले हो भन्ने गर्छन्। कारण जेसुकै होस्, संसारभरि नै ठूलठूला भूकम्प गएकोले मानिसहरूले पहिलाभन्दा धेरै कष्ट र धनजनको क्षति भोग्नुपरेको छ।
३. अनिकाल
युद्ध, भ्रष्टाचार, आर्थिक मन्दी वा कृषिको कमजोर व्यवस्थापनले गर्दा अथवा प्रतिकूल मौसमको लागि राम्रो तयारी नगरेकोले प्रायः अनिकाल हुने गर्छ। सन् २०१८ को विश्व खाद्य कार्यक्रमको रिपोर्टअनुसार “संसारभरि ८२ करोड १० लाख मानिससित पर्याप्त खानेकुरा छैन भने १२ करोड ४० लाख मानिस भोकभोकै बस्नुपरेको छ।” हरेक वर्ष कुपोषणले गर्दा ३१ लाख बालबालिकाको मृत्यु हुन्छ। सन् २०११ मा यो सङ्ख्या विश्वभरको बाल मृत्युदरको लगभग ४५ प्रतिशत थियो।
४. रोगबिमार र महामारी
विश्व स्वास्थ्य सङ्गठनको एउटा प्रकाशनमा यस्तो लेखिएको छ: “ठूलठूला महामारी २१ औँ शताब्दीको पहिचान बनिसकेको छ। हैजा, प्लेग र पहेँलो ज्वरोजस्ता पुराना रोगहरू फर्केका छन् भने सार्स, प्यान्डेमिक इन्फ्लुएन्जा, मर्ज, इबोला र जिकाजस्ता नयाँ रोगहरू देखा परेका छन्।” कोभिड-१९ हालै देखा परेको महामारी हो। वैज्ञानिकहरू र डाक्टरहरूले रोगबिमारबारे धेरै कुरा पत्ता लगाए तापनि सबै रोगको उपचार भेट्टाउन र महामारी नियन्त्रण गर्न असक्षम छन्।
-