प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • १६ हामीले मत्ती २४:१५-२८ र मर्कूस १३:१४-२३ लाई लूका २१:२०-२४ सित तुलना गऱ्‍यौं भने येशूले गर्नुभएको भविष्यवाणीहरू यरूशलेमको विनाशभन्दा व्यापक थियो भन्‍ने दोस्रो सङ्‌केत पाउँछौं। लूकाले मात्र रूढीहरूबारे उल्लेख गरेको पनि याद गर्नुहोस्‌। त्यस्तैगरि उनले मात्र येशूका शब्दहरूको यस भागलाई यसरी टुङ्‌ग्‌याए: “अन्यजातिको समय पूरा नहोउन्जेलसम्म राष्ट्रहरूले यरूशलेममाथि कुल्चीमिल्ची गर्नेछन्‌।”e (लूका २१:२४ न्यु व०) सा०यु०पू० ६०७-मा बेबिलोनीहरूले यहूदीहरूका अन्तिम राजालाई सत्ताच्युत गरेपछि परमेश्‍वरको राज्यको प्रतिनिधित्व गर्ने यरूशलेममाथि कुल्चीमिल्ची भयो। (२ राजा २५:१-२६; १ इतिहास २९:२३; इजकिएल २१:२५-२७) भविष्यमा राज्य स्थापना गर्ने परमेश्‍वरको तोकिएको समय नआउन्जेल परिस्थिति त्यस्तै नै रहनेछ भनेर लूका २१:२४-मा येशूले सङ्‌केत दिनुभयो।

  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • e लूका २१:२४-उप्रान्त लूकाको विवरणले एउटा बेग्लै मोड लियो भनी धेरै व्यक्‍तिहरू भन्छन्‌। डा० लियोन मोरिस टिपोट गर्छन्‌: “येशू अन्यजातिको समयबारे भन्दै जानुहुन्छ। . . . धेरै विद्वानहरूको दृष्टिकोणमा तत्पश्‍चात्‌ मानिस पुत्रको आगमनतर्फ ध्यान केन्द्रित भएको छ।” प्राध्यापक आर० जिन्स्‌ लेख्छन्‌: “मानिस पुत्रको आगमन—(मत्ती २४:२९-३१; मर्कूस १३:२४-२७) अन्यजातिको समयको उल्लेखले यस शीर्षकको प्रसङ्‌ग तयार पार्छ; [लूकाको] दृष्टिकोण अब यरूशलेमको विनाशपश्‍चात्‌ भविष्यमा हुने घटनाहरूमा केन्द्रित छ।”

      f प्राध्यापक वाल्टर एल० लिफेल्ड लेख्छन्‌: “येशूले गर्नुभएका भविष्यवाणीहरूले दुई वटा समयावधि ढाकिरहेको थियो भनेर अनुमान लाउनु अवश्‍यम्भावी छ: (१) मन्दिर लगायत ई०स० ७०-का घटनाहरू र (२) विनाशकारी ढङ्‌गमा टाढाको भविष्यमा हुने घटनाहरूबारे गरिएको विवरण।” जे० आर० डमेलोद्वारा सम्पादित टिप्पणीले यसो भन्छ: “हाम्रा प्रभुले एउटा मात्र नभइ दुई वटा घटनालाई सङ्‌केत गरिरहनुभएको थियो र त्यसमा दोस्रो चाहिं पहिलो जस्तै दुरुस्त थियो भनी मानी लियौं भने यस महान विवरणबारे उत्पन्‍न भएका जटिल अप्ठ्याराहरू सजिलै हट्‌छन्‌। . . . ‘अन्यजातिको समय’-बारे बताउने विशेषगरि [लूका] २१:२४-ले . . . यरूशलेमको पतन र जगतको अन्तबीच लामो अनिश्‍चित समयावधि जनाउँछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने