-
प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छप्रहरीधरहरा—२००३ | अप्रिल १
-
-
“रोटी लिएर धन्यवाद चढ़ाएपछि उहाँले भाँचेर तिनीहरूलाई यसो भन्दै दिनुभयो, ‘तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्नेगर।’ ”—लूका २२:१९.
येशूले रोटी लिनुभएर “यो मेरो शरीर हो” भन्नुहुँदा उहाँले त्यो अखमिरी रोटीलाई आफ्नो पापरहित भौतिक शरीरको प्रतीकको रूपमा संकेत गर्दै हुनुहुन्थ्यो जुन शरीर उहाँले “संसारको जीवनको लागि” दिनुभयो। (यूहन्ना ६:५१) कुनै-कुनै बाइबल अनुवादहरूमा “यो मेरो शरीर हो [युनानी, इस्-टिन]” भनेर अनुवाद गरिएको भए तापनि थायरको ग्रीक-इंग्लिस लेक्सिकन अफ द न्यु टेस्टामेन्ट-को भनाइअनुसार यस वाक्यमा प्रयोग गरिएको क्रियापदले अक्सर “इङ्गित गर्ने, जनाउने, लक्षित गर्ने” भन्ने अर्थ दिन्छ। यसले प्रतीक वा संकेत भन्ने भाव व्यक्त गर्छ।—मत्ती २६:२६, पादटिप्पणी।
-
-
प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छप्रहरीधरहरा—२००३ | अप्रिल १
-
-
[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]
“यो मेरो शरीर हो” अथवा “यसको अर्थ मेरो शरीर हो” कुन चाहिं ठीक हो?
येशूले “ढोका मै हुँ” अनि “साँचो दाखको बोट म हुँ” भन्नुहुँदा कसैले पनि उहाँ साँच्चैको ढोका अथवा दाखको बोट हुनुहुन्छ भनी सोचेनन्। (यूहन्ना १०:७; १५:१) त्यसरी नै द न्यु जेरूशलेम बाइबल-ले “कचौरा नयाँ करार हो” भन्दा कचौरा साँच्चैकै नयाँ करार हो भन्ने निष्कर्षमा हामी पुग्दैनौं। त्यसरी नै उहाँले रोटी मेरो शरीर हो भन्नुहुँदा रोटी नै उहाँको शरीर हो भन्न खोज्नुभएको होइन भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। त्यसैले, चार्ल्स बि. विलियम्सको अनुवादले यसो भन्छ: “यसले मेरो शरीरलाई प्रतिनिधित्व गर्छ।”—लूका २२:१९, २०.
-