-
प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छप्रहरीधरहरा—२००३ | अप्रिल १
-
-
कचौराको दाखमद्यको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। येशूले यसो भन्नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।”—लूका २२:२०.
मत्तीको विवरणमा येशूले कचौराको सन्दर्भमा यसो भन्नुभयो: “यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।” (मत्ती २६:२८) येशूले आफ्नो रगतको संकेत अथवा प्रतीकको रूपमा कचौराको दाखमद्यलाई प्रयोग गर्दै हुनुहुन्थ्यो। उहाँले बगाउनुभएको रगत उहाँसित स्वर्गमा राजाहरू तथा पुजाहारीहरूको हैसियतमा राज्य गर्ने आत्मा-अभिषिक्त चेलाहरूको लागि “नयाँ करार[को]” आधार हुने थियो।—यर्मिया ३१:३१-३३; यूहन्ना १४:२, ३; २ कोरिन्थी ५:५; प्रकाश १:५, ६; ५:९, १०; २०:४, ६.
येशूले बगाउनुभएको रगत “पापहरूको क्षमा” दिने आधार बन्नेछ भन्ने कुराको सम्झना पनि कचौरामा भएको दाखमद्यले गराउँछ तसर्थ जस-जसले यो दाखमद्य पिउँछन् तिनीहरूको लागि ख्रीष्टका साझे हकवालाहरूको हैसियतमा स्वर्गीय जीवन बिताउने बाटो खुल्यो। स्पष्टतः स्वर्गमा बोलावट भएकाहरूको एउटा सीमित संख्याले मात्र स्मरणार्थमा रोटी र दाखमद्यमा भाग लिन्छन्।—लूका १२:३२; एफिसी १:१३, १४; हिब्रू ९:२२; १ पत्रुस १:३, ४.
त्यसोभए, नयाँ करारका भाग नहुने येशूका अन्य सबै अनुयायीहरूबारे चाहिं के भन्न सकिन्छ नि? यिनीहरू प्रभुका “अन्य भेडाहरू” हुन् जो स्वर्गमा ख्रीष्टसितै शासन गर्ने होइन तर प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने आशा राख्छन्। (यूहन्ना १०:१६; लूका २३:४३; प्रकाश २१:३, ४) विश्वासी मसीहीहरूको “ठूलो भीड[को]” हैसियतमा ‘दिन-रात परमेश्वरको सेवा गर्ने’ यिनीहरू प्रभुको भोजको कृतज्ञ दर्शकहरू हुन पाउँदा साह्रै आनन्दित हुन्छन्। फलतः यिनीहरूको वचन तथा कार्यले यस्तो घोषणा गर्छ: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”—प्रकाश ७:९, १०, १४, १५.
-
-
प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छप्रहरीधरहरा—२००३ | अप्रिल १
-
-
[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]
“यो मेरो शरीर हो” अथवा “यसको अर्थ मेरो शरीर हो” कुन चाहिं ठीक हो?
येशूले “ढोका मै हुँ” अनि “साँचो दाखको बोट म हुँ” भन्नुहुँदा कसैले पनि उहाँ साँच्चैको ढोका अथवा दाखको बोट हुनुहुन्छ भनी सोचेनन्। (यूहन्ना १०:७; १५:१) त्यसरी नै द न्यु जेरूशलेम बाइबल-ले “कचौरा नयाँ करार हो” भन्दा कचौरा साँच्चैकै नयाँ करार हो भन्ने निष्कर्षमा हामी पुग्दैनौं। त्यसरी नै उहाँले रोटी मेरो शरीर हो भन्नुहुँदा रोटी नै उहाँको शरीर हो भन्न खोज्नुभएको होइन भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। त्यसैले, चार्ल्स बि. विलियम्सको अनुवादले यसो भन्छ: “यसले मेरो शरीरलाई प्रतिनिधित्व गर्छ।”—लूका २२:१९, २०.
-