प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ
    प्रहरीधरहरा—२०१० | अगस्त १
    • हामी परमेश्‍वरको क्रोधबाट बच्न सक्छौं

      ४, ५. परमेश्‍वरको क्रोध यस दुष्ट रीतिरिवाजमाथि रहेको कुरा केले प्रमाणित गर्छ?

      ४ आदम पापमा फसेको बेलादेखि अहिलेसम्म परमेश्‍वरको क्रोध मानिसजातिमाथि ‘रहेको छ’ भनी बाइबल अनि मानिसजातिको दुःखद इतिहासले देखाउँछ। (यूह. ३:३६) यो कुरा कुनै पनि मानिस मृत्युदेखि उम्कन नसकेको कुराबाट प्रस्ट भएको छ। मानिसले भोगिरहेको विपत्तिबाट बचाउन शैतानको शासन पूर्णतया असक्षम भएको छ र कुनै पनि मानव सरकारले आफ्ना सम्पूर्ण नागरिकको आधारभूत आवश्‍यकताहरू पूरा गर्न सकेको छैन। (१ यूह. ५:१९) त्यसैकारण अहिलेसम्म मानिसजाति युद्ध, अपराध र गरिबीको चपेटामा परिरहेको छ।

  • फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ
    प्रहरीधरहरा—२०१० | अगस्त १
    • ७ “हामीमाथि आउने क्रोधबाट” येशूले ‘बचाउनुहुनेछ’ भनेर प्रेरित पावलले बताए। (१ थिस्स. १:१०) यहोवाले आफ्नो क्रोध खन्याउने अन्तिम चरणमा अपश्‍चात्तापी पापीहरूको अनन्त विनाश गर्नुहुनेछ। (२ थिस्स. १:६-९) त्यसबाट को बच्नेछन्‌? बाइबल बताउँछ: “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।” (यूह. ३:३६) हो, यस रीतिरिवाजको अन्त हुने बेला जो-जो जीवित रहन्छन्‌ र ज-जसले येशू र उहाँको फिरौतीमा विश्‍वास राख्छन्‌, तिनीहरू परमेश्‍वरको अन्तिम क्रोध खन्याइँदा बच्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने