प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ९/१५ p. २८
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ९/१५ p. २८

पाठकहरूका प्रश्‍नहरू

यहोवालाई “आत्मामा” पुज्नुको अर्थ के हो?

सुखार शहरनजिकै याकूबको इनारमा पानी भर्न आएकी सामरियाकी स्त्रीलाई साक्षी दिनुहुँदा येशू ख्रीष्टले यसो भन्‍नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्‍ना ४:२४) “सत्यतामा” साँचो उपासना गर्नुको अर्थ, यहोवा परमेश्‍वरले बाइबलमा आफू र आफ्ना उद्देश्‍यहरूबारे प्रकट गर्नुभएका कुराहरूबमोजिम उपासना गर्नु हो। परमेश्‍वरलाई हामीले आत्मामा पनि सेवा चढाउनैपर्छ अर्थात्‌ जोसिलो अनि प्रेम र विश्‍वासद्वारा उत्प्रेरित हृदयबाट सेवा गरेको हुनुपर्छ। (तीतस २:१४) तथापि, येशूले ‘परमेश्‍वरलाई आत्मा र सत्यतामा पुज्नु’ भन्‍नुभएको वाक्यको प्रसंगलाई विचार गऱ्‍यौं भने, यसको अर्थ हामीले यहोवालाई आफ्नो मानसिक झुकाउले सेवा गर्नु मात्र पर्याप्त छैन रहेछ भनी बुझ्छौं।

इनारमा येशूको उक्‍त स्त्रीसित भएको छलफल, उपासना गर्दा जोसिलो हुनु वा नहुनु भन्‍नेबारे थिएन। किनभने झूटो उपासना पनि त जोस र भक्‍तिसहित गर्न सकिन्छ। तर येशूले पिताको उपासना सामरियाको डाँडा अथवा यरूशलेमको मन्दिरजस्ता भौतिक स्थानहरूमा होइन तर उपासना गर्ने नयाँ तरिका अर्थात्‌ परमेश्‍वर आत्मा हुनुभएकोले उहाँलाई आत्मामै उपासना गर्नुपर्छ भनेर औंल्याउनुभयो। (यूहन्‍ना ४:२१) उहाँले यसो भन्‍नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ।” (यूहन्‍ना ४:२४) साँचो परमेश्‍वर भौतिक हुनुहुन्‍न र उहाँलाई देख्न वा महसुस गर्न सकिंदैन। उहाँको उपासना भौतिक मन्दिर वा डाँडामा केन्द्रित छैन। यसप्रकार, येशूले परमेश्‍वरको उपासनाको देखिने पक्षलाई मात्र होइन, नदेखिने पक्षलाई पनि संकेत गर्नुभयो।

सत्यतामा पुज्नुको अतिरिक्‍ति ग्रहणयोग्य उपासना पवित्र आत्मा अर्थात्‌ परमेश्‍वरको अदृश्‍य सक्रिय शक्‍तिद्वारा पनि निर्देशित भएको हुनुपर्छ। प्रेरित पावलले यस्तो लेखे, “[पवित्र] आत्माले सबै कुरा परमेश्‍वरका गहीरा गहीरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” तिनले अझै यस्तो पनि लेखे: “परमेश्‍वरबाट हामीलाई सित्तैंमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन, तर परमेश्‍वरबाटका आत्मा पाएका छौं।” (१ कोरिन्थी २:८-१२) परमेश्‍वरलाई ग्रहणयोग्य तरिकामा पुज्ने हो भने, हामीसित उहाँको आत्मा हुनैपर्छ र त्यसद्वारा निर्देशित हुनैपर्छ। यसबाहेक, उहाँको वचन पढेर अनि त्यसलाई प्रयोगमा ल्याएर हाम्रो मनोवृत्ति वा मानसिक झुकाउलाई उहाँको आत्माअनुसार ढालेको हुनैपर्छ।

[पृष्ठ २८-मा भएको चित्र]

परमेश्‍वरलाई “आत्मा र सत्यतामा” पुज्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने