प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरको विश्राम” के हो?
    प्रहरीधरहरा—२०११ | जुलाई १५
    • ३. येशू ख्रीष्टको समयसम्म पनि सातौं दिन चलिरहेको थियो भनेर यूहन्‍ना ५:१६, १७ मा लिपिबद्ध उहाँका शब्दहरूबाट कसरी देखिन्छ?

      ३ येशू ख्रीष्ट अनि प्रथम शताब्दीका ख्रीष्टियनहरूको समयसम्म पनि सातौं दिन चलिरहेको थियो। यसो भन्‍न सक्ने दुई वटा कारण छन्‌। येशू ख्रीष्टले आफ्ना शत्रुहरूलाई भन्‍नुभएको कुराबाट हामी त्यसको पहिलो कारण बुझ्न सक्छौं। उहाँले विश्राम-दिनमा बिरामीलाई निको पार्नुभएको थियो। मोशाको व्यवस्थामा विश्राम-दिनमा काम गर्न मनाही गरिएकोले उहाँले त्यो दिनमा बिरामी निको पार्नु गलत हो भनेर उहाँका शत्रुहरूले सोचे र उहाँसित रिसाए। त्यसैले येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।” (यूह. ५:१६, १७) उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँ यसो भन्‍न खोज्दै हुनुहुन्थ्यो: ‘म र मेरो बुबा एकै किसिमको काम गर्दैछौं। मेरो बुबाले हजारौं वर्ष लामो विश्राम-दिनमा पनि काम गरिरहनुभएको छ। त्यसैले म पनि विश्राम-दिनमा काम गर्छु।’ येशूका शब्दहरूबाट देखिन्छ, यहोवाले सातौं दिनमा सृष्टिको कामबाट लिनुभएको विश्राम येशूको समयसम्म पनि सिद्धिएको थिएन। तैपनि मानवजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वरले काम गरिरहनुभएको थियो। a

  • “परमेश्‍वरको विश्राम” के हो?
    प्रहरीधरहरा—२०११ | जुलाई १५
    • ५. सातौं दिनको उद्देश्‍य के हो? त्यो उद्देश्‍य कहिले पूरा हुनेछ?

      ५ यसको जवाफ पाउन हामीले सातौं दिनको उद्देश्‍यबारे थाह पाउनै पर्छ। उत्पत्ति २:३ मा यस्तो लेखिएको छ: “परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो।” त्यो दिनलाई यहोवाले “पवित्र तुल्याउनुभयो” किनभने उहाँले त्यो दिनलाई आफ्नो उद्देश्‍य पूरा गर्ने दिनको रूपमा छान्‍नुभयो। उहाँको उद्देश्‍य भनेको आज्ञाकारी पुरुष तथा स्त्रीले यो पृथ्वी र त्यसमा भएका सबै जीवित प्राणीहरूको हेरविचार गरून्‌ भन्‍ने थियो। (उत्प. १:२८) पृथ्वीमा परमेश्‍वरको त्यो उद्देश्‍य पूरा होस्‌ भनेर नै यहोवा परमेश्‍वर र “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टले “अहिलेसम्म काम” गरिरहनुभएको छ। (मत्ती १२:८) त्यसैले परमेश्‍वरको उद्देश्‍य पूरा नभएसम्म उहाँको विश्राम-दिन चलिरहनेछ। अनि परमेश्‍वरको त्यो उद्देश्‍य ख्रीष्टको हजार वर्षीय राज्यको अन्तमा मात्र पूरा हुनेछ।

  • “परमेश्‍वरको विश्राम” के हो?
    प्रहरीधरहरा—२०११ | जुलाई १५
    • a विश्राम-दिनमा पुजारी तथा लेवीहरूले मन्दिरको काम गर्नु मोशाको व्यवस्थाको विपरीत थिएन। परमेश्‍वरले येशूलाई हाम्रो प्रधान पुजारी नियुक्‍त गर्नुभएको छ। त्यसैले येशूले परमेश्‍वरबाट पाएको काम विश्राम-दिनमा गर्नु कुनै गलत कुरा थिएन।—मत्ती १२:५, ६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने