-
के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | सेप्टेम्बर
-
-
जीवन पाउनको लागि र न्याय गरिनको लागि फेरि जीवित हुनेहरू
१३-१४. (क) युहन्ना ५:२९ मा पाइने येसुका शब्दहरूबारे विगतको हाम्रो बुझाइ कस्तो थियो? (ख) यी शब्दहरूबारे हामीले कुन कुरा याद गर्नुपर्छ?
१३ येसुले पृथ्वीमा फेरि जीवित हुनेहरूबारे पनि बताउनुभयो। एकचोटि उहाँले यसो भन्नुभयो: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन् भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्।” (युह. ५:२८, २९) येसुले के भन्न खोज्दै हुनुहुन्थ्यो?
१४ विगतको हाम्रो बुझाइ येसुका यी शब्दहरूले मृत्युबाट फेरि जीवित भएपछि मानिसहरूले गर्ने असल वा खराब कामलाई बुझाउँछ भन्ने थियो। तर यो कुरा याद गर्नुहोस्, येसुले चिहानबाट बाहिर निस्केकाहरूले असल वा खराब काम गर्नेछन् भन्नुभएन बरु उहाँले भूतकाल चलाउनुभयो। उहाँले “ज-जसले असल काम गरे” र “ज-जसले खराब काम गरे” भन्नुभयो। यसबाट ती मानिसहरूले त्यस्तो काम आफ्नो मृत्युअघि गरेका थिए भन्ने बुझिन्छ। यो कुरा तार्किक छ किनभने नयाँ संसारमा कसैलाई पनि खराब काम गर्न दिइनेछैन। त्यसैले अधर्मीहरूले त्यस्तो खराब काम आफ्नो मृत्युअघि गरेको हुनुपर्छ। त्यसोभए येसुले कोही “जीवन पाउनको लागि फेरि जीवित हुनेछन्” र कोही “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्” भन्नुको अर्थ के हो?
१५. “जीवन पाउनको लागि फेरि जीवित हुने”-हरू को हुन् र तिनीहरू किन फेरि जीवित हुनेछन्?
१५ आफ्नो मृत्युअघि असल काम गरेका धर्मीहरू “जीवन पाउनको लागि फेरि जीवित हुनेछन्” किनभने जीवनको पुस्तकमा तिनीहरूको नाम पहिल्यै लेखिएको हुनेछ। त्यसैले युहन्ना ५:२९ मा उल्लेख गरिएको ‘असल काम गरेकाहरू’ र प्रेषित २४:१५ मा उल्लेख गरिएको ‘धर्मीहरूले’ एउटै समूहलाई बुझाउँछ। यो बुझाइ रोमी ६:७ सित पनि मेल खान्छ, जहाँ यसो भनिएको छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ।” त्यसैले यी धर्मीहरूको मृत्यु हुँदा तिनीहरूको पाप मेटिन्छ तर तिनीहरूको वफादारीको रेकर्ड भने रहिरहन्छ। (हिब्रू ६:१०) तर जीवनको पुस्तकबाट आफ्नो नाम मेटिन नदिन फेरि जीवित भएका धर्मीहरू वफादार रहिरहनुपर्छ।
१६. ‘न्याय गरिनको लागि फेरि जीवित हुनुले’ केलाई बुझाउँछ?
१६ मृत्युअघि खराब काम गरेका मानिसहरूलाई के हुनेछ? मृत्यु हुँदा तिनीहरूको पाप मेटिए तापनि तिनीहरूको वफादारीको कुनै रेकर्ड छैन। त्यसैले जीवनको पुस्तकमा तिनीहरूको नाम लेखिएको छैन। युहन्ना ५:२९ मा उल्लेख गरिएको ‘खराब काम गरेकाहरू’ अनि प्रेषित २४:१५ मा उल्लेख गरिएको ‘अधर्मीहरू’ एउटै समूहका हुन्। तिनीहरू “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्।”c कुन अर्थमा तिनीहरूको न्याय गरिनेछ? येसुले ती अधर्मीहरू परमेश्वरको स्तरअनुसार चलिरहेका छन् कि छैनन् भनेर जाँच्नुहुनेछ। (लुका २२:३०) तिनीहरू जीवनको पुस्तकमा नाम लेखाउन योग्य छन् कि छैनन् भनेर फैसला हुन केही समय लाग्नेछ। ती अधर्मीहरूले पहिलाको जीवनशैली त्यागेर यहोवामा आफ्नो जीवन समर्पण गरे भने मात्र जीवनको पुस्तकमा तिनीहरूको नाम लेखिनेछ।
-
-
के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | सेप्टेम्बर
-
-
c यहाँ चलाइएको “न्याय” शब्दले सजाय वा दण्ड दिनुलाई बुझाउँछ भनेर हामीले व्याख्या गर्दै आएका थियौँ। हुनत “न्याय” शब्दको अर्थ यो पनि हुन सक्छ। तर यस प्रसङ्गमा येसुले “न्याय” शब्द न त नकारात्मक अर्थमा न त सकारात्मक अर्थमा नै प्रयोग गर्दै हुनुहुन्थ्यो जस्तो देखिन्छ। बरु यसले कसैको मूल्याङ्कन वा जाँच गर्ने प्रक्रियालाई बुझाउँछ। एउटा ग्रीक बाइबल शब्दकोशअनुसार यसले “कसैको आचरणलाई गहिरिएर जाँच्नु”-लाई बुझाउँछ।
-