प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००३ | सेप्टेम्बर १५
    • पाठकहरूका प्रश्‍नहरू

      “आफैमा जीवन” हुनु भन्‍नुको अर्थ के हो?

      बाइबलले येशू ख्रीष्टको “आफैमा जीवन” छ र आफ्ना अनुयायीहरूको ‘तिनीहरू आफैमा जीवन’ छ भनी बताउँछ। (यूहन्‍ना ५:२६; ६:५३) तथापि, यी दुई शास्त्रपदहरूको एउटै अर्थ भने छैन।

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००३ | सेप्टेम्बर १५
    • त्यस्तै एक वर्षपछि, येशूले आफ्ना श्रोताहरूलाई यसो भनेर सम्बोधन गर्नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मान्छेको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरू आफैमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।” (यूहन्‍ना ६:५३, ५४) यहाँ येशूले “तिमीहरू आफैमा जीवन” छ भन्‍नु र “अनन्त जीवन” प्राप्त गर्नुबीच समानता देखाउनुहुन्छ। “तिमीहरू आफैमा जीवन” हुनु भन्‍ने यस्तै व्याकरणीय संरचना भएका अभिव्यक्‍तिहरू युनानी शास्त्रपदका अन्य ठाउँहरूमा पनि पाइन्छन्‌। दुईवटा उदाहरण हुन्‌, “आफू आफूमा नून राख” र “आफ्नो . . . उचित दण्ड पाए।” (मर्कूस ९:५०; रोमी १:२७) यी उदाहरणहरूमा, वाक्यांशहरूले अरूलाई नुन दिने शक्‍ति वा कसैलाई दण्ड दिनुलाई बुझाउँदैन। बरु, आन्तरिक सम्पूर्णता वा पूर्णतालाई बुझाउँछ। यस प्रकार, यूहन्‍ना ६:५३ मा प्रयोग गरिएको “आफैमा जीवन” भन्‍ने अभिव्यक्‍तिको अर्थ जीवनको पूर्णतामा प्रवेश गर्नु मात्र हो।

      आफ्ना चेलाहरूलाई संकेत गर्दै तिनीहरू आफैमा जीवन छ भन्‍नुभएर येशूले आफ्नो शरीर र रगतबारे उल्लेख गर्नुभयो। पछि, प्रभुको साँझको भोज स्थापना गर्नुहुँदा येशूले फेरि आफ्नो शरीर र रगतबारे कुरा गर्नुभयो अनि नयाँ करारमा भाग लिन लागेका आफ्ना अनुयायीहरूलाई अखमीरी रोटी र दाखमद्यको प्रतीकमा भाग लिन अह्राउनुभयो। के यसको अर्थ यहोवा परमेश्‍वरसित नयाँ करारमा बाँधिएका अभिषिक्‍त मसीहीहरू मात्र जीवनको पूर्णतामा प्रवेश गर्छन्‌ भनेको हो? होइन। यी दुई घटनाहरूबीच एक वर्षको फरक थियो। यूहन्‍ना ६:५३, ५४ मा रेकर्ड गरिएको येशूका शब्दहरू सुन्‍ने व्यक्‍तिहरूलाई ख्रीष्टको शरीर र रगतले प्रतिनिधित्व गर्ने प्रतीकहरू सहितको वार्षिक चाडबारे केही थाह थिएन।

      यूहन्‍ना अध्याय ६ अनुसार, येशू सबैभन्दा पहिला आफ्नो शरीरलाई यसो भन्दै मन्‍नसित तुलना गर्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले वनमा मन्‍न खाए, र मरे। स्वर्गबाट ओर्लने रोटी यही हो, कि कोही मानिस त्यो खाएर नमरोस्‌। स्वर्गबाट ओर्लेको जीवित रोटी मनै हुँ, यो रोटी कोही मानिसले खायो भने सधैंभरि जिउनेछ।” येशूको शरीरका साथै उहाँको रगत शाब्दिक मन्‍नभन्दा उत्कृष्ट थियो। कसरी? उहाँको शरीर अनन्त जीवन सम्भव बनाउन “संसारको जीवनको” लागि दिइएको थियो।a तसर्थ, यूहन्‍ना ६:५३ मा लेखिएको “तिमीहरू आफैमा जीवन” छ भन्‍ने भनाइ स्वर्ग वा पृथ्वीमा अनन्त जीवन प्राप्त गर्ने सबै जनालाई लागू हुन्छ।—यूहन्‍ना ६:४८-५१.

      ख्रीष्टका अनुयायीहरूले कहिले आफैमा जीवन प्राप्त गर्छन्‌ वा जीवनको पूर्णतामा प्रवेश गर्छन्‌? अभिषिक्‍त राज्य उत्तराधिकारीहरूका लागि यो अमर आत्मिक प्राणीहरूको रूपमा स्वर्गीय जीवनको लागि तिनीहरूको पुनरुत्थान हुँदा हुनेछ। (१ कोरिन्थी १५:५२, ५३; १ यूहन्‍ना ३:२) येशूका “अरू भेडा[ले]” उहाँको हजार वर्षीय शासनको अन्तमा जीवनको पूर्णतामा प्रवेश गरेको अनुभव गर्छन्‌। त्यतिन्जेलसम्म, तिनीहरू जाँचिएका, विश्‍वासी प्रमाणित भइसकेका र पार्थिव प्रमोदवनमा अनन्त जीवनका लागि धार्मिक घोषित भइसकेका हुनेछन्‌।—यूहन्‍ना १०:१६; प्रकाश २०:५, ७-१०.

      [फुटनोट]

      a उजाडस्थानमा, इस्राएलीहरू र “एक मिश्रित-दल” दुवैलाई बाँच्नका लागि मन्‍न चाहिएको थियो। (प्रस्थान १२:३७, ३८; १६:१३-१८) त्यस्तै गरी, सधैंभरि जिउनका लागि चाहे अभिषिक्‍त होस्‌ या नहोस्‌, आफ्नो बलिदान दिनुहुँदा येशूले चढाउनुभएको शरीर र रगतको छुटकारा दिने शक्‍तिमा सबै मसीहीहरूले विश्‍वास गरेर स्वर्गीय मन्‍नबाट लाभ उठाउनै पर्छ।— द वाचटावर, फेब्रुअरी १, १९८८, पृष्ठ ३०-१ हेर्नुहोस्‌।

      [पृष्ठ ३१-मा भएका चित्रहरू]

      सबै साँचो मसीहीहरूले ‘तिनीहरू आफैमा जीवन’ पाउन सक्छन्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने