प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १४ p. ३८-p. ३९ par. ७
  • येसु चेलाहरू रोज्न थाल्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु चेलाहरू रोज्न थाल्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूका प्रथम चेलाहरू
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीहरू येशूका चेला बने
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु बाह्र प्रेषित रोज्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १४ p. ३८-p. ३९ par. ७
बप्तिस्मा गराउने युहन्‍ना येसुलाई परमेश्‍वरको पाठोको रूपमा चिनाउँछन्‌

अध्याय १४

येसु चेलाहरू रोज्न थाल्नुहुन्छ

युहन्‍ना १:२९-५१

  • येसुका प्रथम चेलाहरू उहाँको पछि लाग्छन्‌

निर्जनभूमिमा ४० दिन बिताएर गालिल फर्कनुअघि येसु बप्तिस्मा गराउने युहन्‍नाकहाँ जानुहुन्छ। येसु आफूतिर आउँदै गरेको देखेपछि युहन्‍ना उहाँतिर इशारा गर्दै त्यहाँ उपस्थित सबैसामु यसो भन्छन्‌: “हेर, परमेश्‍वरको पाठो, जसले संसारको पाप हटाउनुहुन्छ! उहाँ तिनै हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ: ‘मपछि आउने एक जना मानिस मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’” (युहन्‍ना १:२९, ३०) हुनत युहन्‍ना येसुभन्दा अलि जेठो हुन्‌ तर आफू जन्मनुअघि नै येसु स्वर्गमा हुनुहुन्थ्यो भनेर युहन्‍नालाई थाह छ।

केही हप्ताअघि येसु बप्तिस्मा गर्न आउनुहुँदा उहाँ मसीह हुनुहुन्छ भनेर युहन्‍ना पक्का थिएनन्‌ जस्तो देखिन्छ। यो कुरा स्विकार्दै युहन्‍ना भन्छन्‌: “मैले पनि उहाँलाई चिनेको थिइनँ तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै म पानीमा बप्तिस्मा गराउँदै आएँ।”—युहन्‍ना १:३१.

येसुको बप्तिस्मापछि भएको घटनाबारे युहन्‍ना आफ्ना श्रोताहरूलाई यसो भन्छन्‌: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो। मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला, पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”—युहन्‍ना १:३२-३४.

भोलिपल्ट येसु फेरि युहन्‍नाकहाँ आउनुहुँदा तिनी आफ्ना दुई जना चेलासित हुन्छन्‌। युहन्‍ना भन्छन्‌: “हेर, परमेश्‍वरको पाठो!” (युहन्‍ना १:३६) त्यसपछि युहन्‍नाका ती चेलाहरू येसुको पछि लाग्छन्‌। तीमध्ये एक जनाको नाम अन्द्रियास हो। अर्कोचाहिँ सायद यस घटनाबारे लेख्ने व्यक्‍ति हुन्‌, जसको नाम पनि युहन्‍ना हो। यी युहन्‍ना सलोमीको छोरा भएकोले येसुको भाइ पर्छन्‌ जस्तो देखिन्छ। सलोमी सायद मरियमकी बहिनी हुन्‌ र उनको पतिको नाम जब्दि हो।

येसुले पछाडि फर्केर हेर्नुहुँदा अन्द्रियास र युहन्‍नालाई आफ्नो पछिपछि आइरहेको देख्नुहुन्छ र तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरू के चाहन्छौ?”

तिनीहरू यसो भन्छन्‌: “हे रब्बी, तपाईँ कहाँ बस्दै हुनुहुन्छ?”

येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “आओ अनि तिमीहरूले देख्नेछौ।”—युहन्‍ना १:३७-३९.

येसु फिलिप र नथनेलसित कुरा गर्नुहुन्छ

अहिले दिउँसोको लगभग चार बजेको छ अनि अन्द्रियास र युहन्‍ना बाँकी पूरै दिन येसुसँगै बस्छन्‌। अन्द्रियास असाध्यै उत्साहित छन्‌। त्यसैले आफ्नो दाइ सिमोन, जसलाई पत्रुस पनि भनिन्छ, तिनलाई भेटेपछि यसो भन्छन्‌: “हामीले मसीहलाई भेट्टाएका छौँ।” (युहन्‍ना १:४१) अन्द्रियासले पत्रुसलाई येसुकहाँ लैजान्छन्‌। सम्भवतः पछि युहन्‍नाले पनि आफ्नो भाइ याकुबलाई भेट्टाउँछन्‌ र तिनलाई येसुकहाँ लैजान्छन्‌। तर युहन्‍नाले यो व्यक्‍तिगत जानकारी आफ्नो विवरणमा समावेश गरेका छैनन्‌।

भोलिपल्ट येसु बेथेसेदाका फिलिपलाई भेट्टाउनुहुन्छ। बेथसेदा गालिल समुद्रको उत्तरी किनारानजिकै पर्छ। अन्द्रियास र पत्रुस पनि त्यहीँकै बासिन्दा हुन्‌। येसु फिलिपलाई भन्‍नुहुन्छ: “मेरो पछि लाग।”—युहन्‍ना १:४३.

त्यसपछि फिलिपले बारथोलोमाइ पनि भनिने नथनेललाई भेट्‌छन्‌। तिनलाई भेटेपछि फिलिप यसो भन्छन्‌: “हामीले युसुफको छोरा नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।” तर फिलिपको कुरामा शङ्‌का गर्दै नथनेल यसो भन्छन्‌: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?”

फिलिप तिनलाई भन्छन्‌: “आएर तिमी आफै हेर।” नथनेललाई आफूतिर आउँदै गरेको देखेर येसु भन्‍नुहुन्छ: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।”

नथनेल सोध्छन्‌: “तपाईँले मलाई कसरी चिन्‍नुभयो?”

येसु तिनलाई यस्तो जवाफ दिनुहुन्छ: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जिरको रूखमुनि देखेको थिएँ।”

छक्क पर्दै नथनेल यसो भन्छन्‌: “रब्बी, तपाईँ परमेश्‍वरका छोरा हुनुहुन्छ; तपाईँ इस्राएलका राजा हुनुहुन्छ।”

येसु तिनलाई सोध्नुहुन्छ: “मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनेकोले नै के तिमीले विश्‍वास गरेका हौ? तिमीले यीभन्दा पनि ठूलठूला कुराहरू देख्नेछौ।” त्यसपछि येसु यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्‍वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिँदै र उक्लँदै गरेको देख्नेछौ।”—युहन्‍ना १:४५-५१.

त्यसको केही समयपछि नै येसु आफ्ना नयाँ चेलाहरूसँगै यर्दन बेँसी छोडेर गालिलतर्फ जानुहुन्छ।

  • येसुका प्रथम चेलाहरू को-को हुन्‌?

  • पत्रुस र सायद याकुबले पनि येसुबारे कसरी थाह पाउँछन्‌?

  • येसु परमेश्‍वरका छोरा हुनुहुन्छ भनेर नथनेल कसरी विश्‍वस्त हुन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने