-
“यो मानिसले जस्तो त कसैले बोलेको छैन”येसु—बाटो, सत्य र जीवन
-
-
येसुको शिक्षा सुनेपछि कोही-कोही यसो भन्छन्: “यी मानिस पक्कै पनि भविष्यवक्ता हुनुपर्छ।” सायद तिनीहरू मोसाभन्दा पनि महान् भविष्यवक्ताबारे गरिएको भविष्यवाणीलाई सङ्केत गर्दै छन्। अरूचाहिँ “यी मानिस ख्रिष्ट हुन्” भन्छन्। तर कोही भने यस्तो तर्क गर्छन्: “ख्रिष्ट पनि कहीँ गालिलबाट आउँछन् र? ख्रिष्ट दाउदको सन्तानबाट अनि दाउदको गाउँ अर्थात् बेतलेहेमबाट आउनेछन् भनेर के धर्मशास्त्रले बताएको छैन र?”—युहन्ना ७:४०-४२.
-
-
“यो मानिसले जस्तो त कसैले बोलेको छैन”येसु—बाटो, सत्य र जीवन
-
-
गालिलबाट एक जना भविष्यवक्ता आउनेछन् भनेर धर्मशास्त्रमा कतै पनि सीधै बताइएको छैन। तर परमेश्वरको वचनले ख्रिष्ट गालिलबाट आउने सङ्केत भने दिएको थियो। परमेश्वरको वचनले “जातिजातिहरूको गालिल”-मा “चहकिलो ज्योति” देखापर्ने विषयमा भविष्यवाणी गरेको थियो। (यसैया ९:१, २; मत्ति ४:१३-१७) यसबाहेक भविष्यवाणी गरिएअनुसारै येसु बेतलेहेममा जन्मनुभएको थियो र उहाँ दाउदको सन्तान हुनुहुन्छ। फरिसीहरूलाई यो कुरा थाह भए तापनि मानिसहरूमाझ येसुबारे यस्तो अफवाह फैलाउनुमा धेरै हदसम्म तिनीहरूकै हात छ जस्तो देखिन्छ।
-