-
तिनीहरू उहाँलाई गिरफ्तार गर्न असफल हुन्छन्प्रहरीधरहरा—१९९२ | फेब्रुअरी १
-
-
येशूका शिक्षा सुनेर, कसै-कसैले: “साँच्चिनै यिनी अगमवक्ता रहेछन्,” भन्दै सम्भवतः तिनीहरू मोशा भन्दा महान त्यो अगमवक्ताको चर्चा गर्छन् जसको आगमनबारे प्रतिज्ञा गरिएको थियो। अरूहरू चाहिं, “यिनी ख्रीष्ट हुन्,” भन्छन्। तर यसको विरोध गर्दै अझ अरूहरू भन्छन्: “के ख्रीष्ट गालीलबाट आउँछन् र? के धर्मशास्त्रमा भनेको छैन? ‘ख्रीष्ट दाऊदका सन्तानबाट, र बेतलेहम गाउँबाट आउँछन्, जहाँ दाऊद थिए?’
-
-
तिनीहरू उहाँलाई गिरफ्तार गर्न असफल हुन्छन्प्रहरीधरहरा—१९९२ | फेब्रुअरी १
-
-
एउटा अगमवक्ता गालीलबाट निस्कने छ भनी धर्मशास्त्रले प्रत्यक्ष रूपमा नभनेता पनि, यस इलाकामा “एउटा ठूलो ज्योति” देखापर्नेछ भनेर, ख्रीष्ट यहाँबाट आउनु हुने कुराको सङ्केत गरिएको छ। यस बाहेक, येशू बेतलेहममा जन्मनु भएको थियो, र उहाँ दाऊदको सन्तान हुनुहुन्थ्यो। फरिसीहरूलाई यस कुराको जानकारी हुँदा हुँदै पनि, शायद तिनीहरूले येशूको विषयमा मानिसहरू बीच गलत धारणा फैलाएको हुन सक्छ। यूहन्ना ७:३२-५२; यशैया ९:१, २; मत्ती ४:१३-१७.
-