प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा—२००० | सेप्टेम्बर १५
    • १७. (क) पेरियामा प्रचार गर्दै गर्दा येशूले कस्तो जरुरी सन्देश पाउनुहुन्छ? (ख) येशू आफूले गर्नुपर्ने कामहरूको उद्देश्‍य र ती घटनाहरूको समय तालिकाबारे सजग हुनुहुन्छ भनेर कुन कुराले प्रमाणित गर्छ?

      १७ त्यो जरुरी सन्देश लाजरसका दिदीहरू मार्था र मरियमले पठाएका हुन्छ। तिनीहरू यहूदियाको बेथानीमा बस्छन्‌। सन्देशवाहकले भन्छन्‌, “हे प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी छन्‌।” तर येशू यस्तो जवाफ दिनुहुन्छ: “यो बिरामी मर्ने किसिमको होइन, तर त्यसबाट परमेश्‍वरको पुत्रको महिमा होस्‌ भनी परमेश्‍वरको महिमाको निम्ति हो।” यो उद्देश्‍य हासिल गर्न येशू जानाजानी दुई दिनसम्म जहाँ हुनुहुन्थ्यो त्यहीं रहनुहुन्छ। त्यसपछि, उहाँ चेलाहरूलाई भन्‍नुहुन्छ: “लौ, अब हामी फेरि यहूदियामा जाऔं।” येशूको यो कुरा चेलाहरूलाई चित्त बुझ्दैन्‌ र तिनीहरू एकै चोटि भन्छन्‌: “हे रब्बी, भर्खरै यहूदीहरूले तपाईंलाई ढुंगाले हान्‍न खोजेथे, औ के फेरि तपाईं त्यतै जानुहुन्छ?” तर येशू बाँकी रहेका “दिन” वा परमेश्‍वरले पार्थिव सेवाको निम्ति दिनुभएको समय सिद्धिनै लागेको छ भनेर सजग हुनुहुन्छ। उहाँलाई के गर्नुपर्छ र किन भनेर राम्ररी थाह छ।—यूहन्‍ना ११:१-१०.

  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा—२००० | सेप्टेम्बर १५
    • २१. लाजरसको पुनरुत्थानको चमत्कारले के संकेत गर्छ?

      २१ यसरी बेथानीमा ढिला आइपुग्नुभएर येशूले कसैले बेवास्ता गर्न नसक्ने चमत्कार गर्नुहुन्छ। परमेश्‍वरबाट शक्‍ति पाएर येशूले चार दिनअघि मरिसकेका मानिसको पुनरुत्थान गर्नुहुन्छ। प्रतिष्ठित महासभाले समेत त्यसलाई बेवास्ता गर्न सक्दैन र यस चमत्कार गर्ने मानिसलाई मृत्युदण्ड दिने निर्णय गर्छ! यसप्रकार, यस चमत्कारले येशूको सेवकाईमा हुने महत्त्वपूर्ण मोडको भूमिका तयार पार्छ अर्थात्‌ “बेला अझ पूरा भएको छैन[बाट]” अब “बेला आइपुगेको छ” भन्‍ने समयको थालनी हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने