-
एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्प्रहरीधरहरा—२०१५ | अक्टोबर १५
-
-
१, २. येशूले मार्थालाई किन माया गर्नुहुन्थ्यो? मार्था हामी जस्तै त्रुटिपूर्ण थिइन् भनेर किन भन्न सक्छौं?
मार्था! यो नाम लिने बित्तिकै तपाईंको मनमा कुन कुरा आउँछ? येशूले मार्थालाई माया गर्नुहुन्थ्यो भनेर बाइबलमा बताइएको छ। तर यहोवाको डर मान्ने अन्य महिलाहरूलाई पनि येशू उत्तिकै माया गर्नुहुन्थ्यो। जस्तै: उहाँकी आमा मरियम र मार्थाकी बहिनी, जसको नाम पनि मरियम नै थियो। (यूह. ११:५; १९:२५-२७) येशूले मार्थालाई माया गर्नुको कारण के थियो?
-
-
एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्प्रहरीधरहरा—२०१५ | अक्टोबर १५
-
-
४ मार्था येशूको राम्रो सत्कार गर्न चाहन्थिन्। उहाँलाई कसरी मीठो भोजन खुवाउने भनेर पनि उनलाई चिन्ता थियो। यस्तो बेला मरियमले मदत नगरेको देखेर उनलाई रिस उठ्यो। तर मार्थाले अनावश्यक चिन्ता लिइरहेको देखेर येशूलाई माया लाग्यो। त्यसैले उहाँले यसो भन्नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको ज्यादै चिन्ता गर्छ्यौ।” येशूले खानेकुरा एक थरी मात्रै भए पनि पुग्छ भन्नुभयो। अनि आफ्नी दिदीलाई मदत नगरेकोमा मरियमलाई हप्काउनुको सट्टा आफ्नो कुरा ध्यान दिएर सुनेकोमा तिनको प्रशंसा गर्दै यसो भन्नुभयो: “मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” येशूलाई आफ्नो घरमा निम्त्याएको बेला के खाएको थियो भन्ने कुरा मरियमले सायद बिर्सिन् होला तर येशूबाट पाएको प्रशंसा र उहाँले सिकाउनुभएको बहुमूल्य कुरा भने कहिल्यै बिर्सिनन्। लगभग ६० वर्षपछि प्रेषित यूहन्नाले यस्तो लेखे: ‘मार्था र तिनकी बहिनीलाई येशू माया गर्नुहुन्थ्यो।’ (यूह. ११:५) हो, मार्थाले येशूबाट पाएको सल्लाह मनमा लिइन् र वफादार भई यहोवाको सेवा गरिरहिन्।
-