-
अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्प्रहरीधरहरा—१९९१ | डिसेम्बर १
-
-
लाजरसको मृत्युप्रति येशूको प्रतिक्रियाले परमेश्वरको पुत्रको कोमल पक्ष प्रकट हुन्छ। यस अवसरमा उहाँका गहिरा भावनाहरुले यो दर्शाउँछ कि मरेकाहरुलाई पुनर्जीवित पार्ने उहाँको तीव्र अभिलाषा छ। हामी पढ्छौं: “जब मरियम येशू हुनुभएको ठाउँमा आइन्, तब उहाँलाई देखेर तिनी यसो भन्दै उहाँको पाउमा परिन्: ‘हे प्रभु, तपाई यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन।’ जब येशूले त्यसलाई रोइरहेकी र तिनीसित आउने यहुदीहरुलाई पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा सुस्केरो लिनुभयो र विचलित हुनुभयो। अनि भन्नुभयो, “तिमीहरुले तिनलाई कहाँ राखेका छौ?” तिनीहरुले उहाँलाई भने, ‘प्रभु, आएर हेर्नुहोस।’ येशूले आँसु खसाल्नु भयो। यसकारण यहूदीहरुले भने, ‘हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थयो।’”—यूहन्ना ११:३२–३६, न्यु वर्ल्ड।
-
-
अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्प्रहरीधरहरा—१९९१ | डिसेम्बर १
-
-
“विचलित” अनुवाद गरिएको वाक्यांश, ग्रीक शब्द (टा.रास’सो)बाट आउँछ, जसले क्षोभ जनाउँछ। द न्यु थेयर्स् ग्रीक्-इङ्गलीश् लेक्सिकन् अफ् द न्यु टेस्’टमेन्ट् अनुसार, यसको अर्थ “कसैलाई भित्री उथलपुथल पार्नु हो, . . . वृहत पीडा अथवा शोकद्वारा प्रभाववित हुनु हो।” “आँसु खसाल्नु” ग्रीक क्रिया (डा.क्राय’ओ) बाट आएको हो, जस्को अर्थ हो “आँसु बगाउनु, धुरुधुरु रुनु”। यूहन्ना ११:३३ मा उल्लेख गरिएको मेरी अनि उनीसँग भएको यहूदीहरुका “रुआई” भन्दा यो भिन्दै हो। त्यह प्रयोग गरिएको ग्रीक शब्द (क्लाई’ओ) को अर्थ सुन्ने गरी अथवा साह्रो रुनु हो।d
-