प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १०४ p. २४२-p. २४३ par. १
  • परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो पटक परमेश्‍वरको आवाज सुनिन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “बेला आइपुगेको छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १०४ p. २४२-p. २४३ par. १
येसु भन्‍नुहुन्छ: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌” अनि वरपर भएका यहुदीहरू परमेश्‍वरको आवाज सुन्छन्‌

अध्याय १०४

परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?

युहन्‍ना १२:२८-५०

  • थुप्रैले परमेश्‍वरको आवाज सुन्छन्‌

  • न्याय गर्ने आधार

सोमबार, नीसान १० को दिन येसु आफूले भोग्नै लागेको मृत्युबारे मन्दिरमा कुरा गर्दै हुनुहुन्छ। यसले परमेश्‍वरको नाममा कस्तो असर पार्ला भनेर चिन्ता लागेकोले येसु भन्‍नुहुन्छ: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” तब आकाशबाट यस्तो आवाज आउँछ: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”—युहन्‍ना १२:२७, २८.

वरपर भएका मानिसहरू छक्क पर्छन्‌। कसैले मेघ गर्जिएको हो भन्छन्‌। कोहीचाहिँ यसो भन्छन्‌: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” (युहन्‍ना १२:२९) तर तिनीहरूले भर्खरै सुनेको आवाज यहोवा परमेश्‍वरको हो! अनि येसुले पृथ्वीमा सेवाको काम सुरु गर्नुभएपछि मानिसहरूले यहोवाको आवाज सुनेको यो नै पहिलो पटक भने होइन।

साढे तीन वर्षअगाडि येसुको बप्तिस्माको बेला परमेश्‍वरले येसुबारे यसो भन्‍नुभएको बप्तिस्मा गराउने युहन्‍नाले सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” पछि इस्वी संवत्‌ ३२ को निस्तार चाड सिद्धिएपछि याकुब, युहन्‍ना र पत्रुसको अगाडि येसुको रूप परिवर्तन हुँदा यी तीन जनाले परमेश्‍वरले यसो भन्‍नुभएको सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।” (मत्ति ३:१७; १७:५) तर अहिले तेस्रो पटकचाहिँ यहोवा धेरै मानिसले सुन्‍नेगरि बोल्नुहुन्छ!

येसु भन्‍नुहुन्छ: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो।” (युहन्‍ना १२:३०) येसु साँच्चै परमेश्‍वरको छोरा, भविष्यवाणी गरिएको मसीह हुनुहुन्छ भन्‍ने कुराको यो एउटा प्रमाण हो।

यसबाहेक येसुले वफादार भएर बिताउनुभएको जीवन मानिसहरूले कस्तो जीवन बिताउनुपर्छ भन्‍ने कुराको उदाहरण हो। साथै उहाँको जीवनशैलीले यस संसारको शासक सैतान अर्थात्‌ दियाबल नाश हुन योग्यको छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। येसु भन्‍नुहुन्छ: “अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक बाहिर फ्याँकिनेछ।” येसुले भोग्न लाग्नुभएको मृत्यु उहाँको पराजय नभई विजय हुनेछ। कसरी? उहाँ भन्‍नुहुन्छ: “तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु, तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।” (युहन्‍ना १२:३१, ३२) खम्बामा मृत्यु भोगेर येसुले मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नुहुनेछ, तिनीहरूको लागि अनन्त जीवनको बाटो खोलिदिनुहुनेछ।

‘माथि उचालिने’ विषयमा येसुको कुरा सुनेर भीड यसो भन्छ: “ख्रिष्ट सधैँभरि रहिरहनुहुन्छ भनेर हामीले मोसाको व्यवस्थाबाट सुनेका थियौँ। तर तपाईँचाहिँ मानिसको छोरा टाँगिनुपर्छ भनेर कसरी भन्‍नुहुन्छ? यो मानिसको छोरा को हो?” (युहन्‍ना १२:३४) परमेश्‍वरकै आवाज सुन्‍नुका साथै अरू थुप्रै प्रमाण देख्दादेख्दै पनि तिनीहरूमध्ये धेरैले येसु साँच्चै मानिसको छोरा अर्थात्‌ प्रतिज्ञा गरिएको मसीह हो भनेर स्विकार्दैनन्‌।

पहिलेझैँ यस पटक पनि येसु आफूलाई “ज्योति” भन्‍नुहुन्छ। (युहन्‍ना ८:१२; ९:५) उहाँ भीडलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्‌; . . . तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्‍वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्‍न सक्नेछौ।” (युहन्‍ना १२:३५, ३६) त्यसपछि येसु त्यहाँबाट जानुहुन्छ किनकि नीसान १० उहाँको मृत्यु हुने दिन होइन। नीसान १४, निस्तार चाडको दिन उहाँ ‘माथि उचालिनुहुनेछ’ अर्थात्‌ खम्बामा टाँगिनुहुनेछ।—गलाती ३:१३.

येसुको सेवाको कामलाई फर्केर हेर्दा यहुदीहरूले उहाँमाथि विश्‍वास नगर्नु भविष्यवाणीको पूर्ति हो भनेर स्पष्ट हुन्छ। यसैयाले मानिसहरूको आँखा बन्द हुने र तिनीहरूको हृदय कठोर हुने भएकोले तिनीहरू निको हुनको लागि फर्केर आउने छैनन्‌ भनेर भविष्यवाणी गरेका थिए। (यसैया ६:१०; युहन्‍ना १२:४०) हो, येसु नै प्रतिज्ञा गरिएको मुक्‍तिदाता, जीवनतर्फ डोऱ्‍याउने माध्यम हुनुहुन्छ भन्‍ने प्रमाणलाई प्रायजसो यहुदी हठी हुँदै नकार्छन्‌।

निकोदेमस, अरिमथियाको युसुफ र अन्य थुप्रै शासकले येसुमाथि ‘विश्‍वास गर्छन्‌।’ तर के तिनीहरूले विश्‍वासअनुरूप काम गर्नेछन्‌? अथवा तिनीहरू सभाघरबाट निष्कासित हुने डरले गर्दा वा ‘मानिसहरूबाट पाउने महिमा मन पराउने’ भएकोले गर्दा पछि हट्‌नेछन्‌?—युहन्‍ना १२:४२, ४३.

उहाँमाथि विश्‍वास गर्नुमा के समावेश छ भन्‍नेबारे येसु स्वयम्‌ यसो भन्‍नुहुन्छ: “जसले ममाथि विश्‍वास गर्छ, उसले ममाथि मात्र होइन तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ। अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई पनि देख्छ।” परमेश्‍वरले निर्देशन दिनुभएअनुसारै येसुले सिकाइरहनुभएको सत्य कुराहरू यति महत्त्वपूर्ण छन्‌ कि येसु यसो भन्‍नुहुन्छ: “जसले मलाई इन्कार गर्छ अनि मेरो वचन स्विकार्दैन, उसलाई न्याय गर्ने अरू नै कोही छ। मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ।”—युहन्‍ना १२:४४, ४५, ४८.

कुरा टुङ्‌ग्याउँदै येसु यसो भन्‍नुहुन्छ: “मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ। साथै मलाई थाह छ, उहाँको आज्ञाको अर्थ अनन्त जीवन हो।” (युहन्‍ना १२:४९, ५०) आफूमाथि विश्‍वास गर्नेहरूको निम्ति आफ्नो रगत बगाउने समय नजिकै छ भनेर येसुलाई थाह छ।—रोमी ५:८, ९.

  • येसुले पृथ्वीमा सेवाको काम सुरु गर्नुभएपछि कुन तीन अवसरमा यहोवाको आवाज सुनिन्छ?

  • कुन-कुन शासकले येसुमाथि विश्‍वास गर्छन्‌? तर तिनीहरूले उहाँलाई खुलेआम नस्विकार्नुको कारण के हुन सक्छ?

  • “अन्तको दिनमा” मानिसहरूको न्याय केको आधारमा गरिनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने