प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ११६ p. २६८-p. २६९ par. १
  • अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • अन्तिम निस्तार-चाडको समयमा नम्रता
    सबैभन्दा महान्‌ पुरुष
  • सबैभन्दा महान्‌ पुरुषले गर्नुभएको विनम्र सेवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • महान्‌ शिक्षकले अरूको सेवा गर्नुभयो
    महान्‌ शिक्षकबाट सिकौं
  • “एउटा स्मरणीय दिन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ११६ p. २६८-p. २६९ par. १
येसु प्रेषितहरूलाई नम्रतासम्बन्धी पाठ सिकाउन तिनीहरूको खुट्टा धोइदिनुहुन्छ

अध्याय ११६

अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ

मत्ति २६:२० मर्कुस १४:१७ लुका २२:१४-१८ युहन्‍ना १३:१-१७

  • येसु प्रेषितहरूसँगै अन्तिम निस्तार चाडको भोज खानुहुन्छ

  • प्रेषितहरूको खुट्टा धोइदिएर उहाँ एउटा पाठ सिकाउनुहुन्छ

येसुको निर्देशनबमोजिमै पत्रुस र युहन्‍ना निस्तार चाडको तयारी गर्न यरुसलेम आइसकेका छन्‌। पछि येसु र बाँकी दस जना प्रेषित पनि यरुसलेमतर्फ लाग्नुहुन्छ। अहिले मध्यान्ह भएको छ। येसु र उहाँका चेलाहरू जैतुन डाँडाबाट ओर्लँदै गर्नुहुँदा घाम बिस्तारै पश्‍चिमतिर ढल्कँदै छ। येसु फेरि जीवित नभएसम्म उहाँले दिउँसोको समयमा यहाँबाट सहर हेर्नुभएको यो नै अन्तिम पटक हो।

येसु र उहाँका चेलाहरू केही समयपछि यरुसलेम पुग्नुहुन्छ र उहाँहरू निस्तार चाड मनाइने घरतर्फ जानुहुन्छ। उहाँहरू भऱ्‍याङ चढेर माथिल्लो तलाको ठूलो कोठामा जानुहुन्छ। त्यहाँ १३ जनाको लागि भोजनको प्रबन्ध मिलाइएको छ। येसु यस दिनको प्रतीक्षा गर्दै हुनुहुन्थ्यो किनकि उहाँ यसो भन्‍नुहुन्छ: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ।”—लुका २२:१५.

धेरै वर्षअघि, निस्तार चाडमा भाग लिनेहरूले एकअर्कालाई दाखमद्य भएका कचौराहरू पास गर्ने चलन सुरु भएको थियो। अब येसु तीमध्ये एउटा कचौरा लिएर धन्यवाद चढाउनुहुन्छ र यसो भन्‍नुहुन्छ: “यो लेओ र पालैसित यसबाट पिओ। किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य पिउँदिनँ।” (लुका २२:१७, १८) उहाँको मृत्यु एकदमै नजिक छ भन्‍ने कुरा सबैलाई थाह भएको हुनुपर्छ।

निस्तार चाडको भोज चलिरहेको बेला एउटा असाधारण कुरा हुन्छ। येसु उठेर आफ्नो खास्टो छेउमा राख्नुहुन्छ अनि तौलिया लिनुहुन्छ। त्यसपछि उहाँ नजिकै भएको बाटामा पानी हाल्नुहुन्छ। पाहुनाको खुट्टा धोइएको छ कि छैन भनेर सामान्यतया घर मालिकले पक्का गर्थे, सायद खुट्टा धोइदिने काम घरको नोकरले गर्थे। (लुका ७:४४) तर अहिले त्यहाँ घर मालिक छैनन्‌। त्यसैले येसु आफैले यो काम गर्नुहुन्छ। प्रेषितहरूमध्ये जोसुकैले त्यो काम गर्न सक्थे तर त्यसो गर्न कोही पनि अग्रसर हुँदैनन्‌। तिनीहरूबीच प्रतिस्पर्धाको भाव भएकोले हो कि? कुरा जेसुकै होस्‌, येसुले खुट्टा धोइदिनुहुँदा तिनीहरू लज्जित महसुस गर्छन्‌।

येसु पत्रुस भएतिर आउनुहुँदा तिनी यसरी आपत्ति जनाउँछन्‌: “तपाईँले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।” येसु यस्तो जवाफ दिनुहुन्छ: “मैले धोइनँ भने तिम्रो मसित केही भाग हुनेछैन।” पत्रुस यसो भन्छन्‌: “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्‌।” येसुको यो जवाफ सुनेर पत्रुस कत्ति छक्क पर्छन्‌ होला: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।”—युहन्‍ना १३:८-१०.

येसु यहुदा इस्करियोतलगायत बाह्रै प्रेषितको खुट्टा धोइदिनुहुन्छ। आफ्नो खास्टो ओढेर फेरि टेबुलमा बसेपछि येसु सोध्नुहुन्छ: “मैले तिमीहरूका निम्ति के गरेँ, के तिमीहरूले बुझ्यौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीक भनेका हौ किनकि म त्यही हुँ। त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ। म तिमीहरूलाई साँच्चै भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न त पठाइएको व्यक्‍ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।”—युहन्‍ना १३:१२-१७.

नम्र भएर अरूको सेवा गर्नुपर्ने विषयमा कत्ति राम्रो पाठ! येसुका अनुयायीहरूले म अरूभन्दा ठूलो मान्छे हुँ, त्यसैले अरूले मेरो सेवा गर्नुपर्छ भन्‍ने सोचाइ राख्नु हुँदैन। बरु तिनीहरूले अरूको खुट्टा धोइदिएर होइन, नम्र र निष्पक्ष हुँदै अरूको सेवा गरेर येसुको उदाहरण अनुकरण गर्नुपर्छ।

  • निस्तार चाडको बेला येसु उहाँको मृत्यु नजिकै छ भनेर सङ्‌केत गर्ने कस्तो कुरा प्रेषितहरूलाई भन्‍नुहुन्छ?

  • येसुले प्रेषितहरूको खुट्टा धोइदिनु किन असाधारण कुरा हो?

  • प्रेषितहरूको खुट्टा धुने तुच्छ काम गरेर येसु कस्तो पाठ सिकाउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने