प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा—२००२ | फेब्रुअरी १
    • येशूले आफ्नो पार्थिव सेवकाई थाल्नुभएको मात्र छ महिनापछि, निकोदेमसले येशू “परमेश्‍वरबाट शिक्षक भएर आउनुभएको” व्यक्‍ति हुनुहुन्छ भनी बुझ्छन्‌। भर्खरै सा.यु. ३० को निस्तार चाडमा येशूले यरूशलेममा गर्नुभएका चमत्कारहरूद्वारा प्रभावित भई येशूमाथि आफ्नो विश्‍वास प्रकट गर्न तथा यस शिक्षकबारे अझ बढी सिक्न निकोदेमस राती अँध्यारोमा आउँछन्‌। परमेश्‍वरको राज्यमा प्रवेश गर्ने हो भने, ‘नयाँ गरी जन्मनुपर्ने’ आवश्‍यकताबारे गहन सत्य येशूले निकोदेमसलाई बताउनुहुन्छ। यही अवसरमा येशूले यी शब्दहरू भन्‍नुहुन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१-१६.

      निकोदेमससामु कस्तो अद्‌भुत प्रत्याशा छ! तिनी येशूको घनिष्ठ मित्र हुन सक्छन्‌ र उहाँको पार्थिव जीवनका विभिन्‍न पक्षहरूबारे प्रत्यक्षदर्शीका रूपमा अरूलाई साक्षी दिन सक्छन्‌। यहूदीहरूको शासक र इस्राएलका शिक्षकको हैसियतमा निकोदेमससँग परमेश्‍वरको वचनको राम्रो ज्ञान छ। येशू परमेश्‍वरले पठाउनुभएको शिक्षक हुनुहुन्छ भनी तिनले ठम्याएको कुराबाट पनि तिनीसँग गहिरो अन्तरदृष्टि छ भन्‍ने कुरा स्पष्टसित देखिन्छ। निकोदेमस आध्यात्मिक कामकुरोमा चासो राख्छन्‌ र तिनी असाध्यै नम्र पनि छन्‌। एक साधारण सिकर्मीको छोरालाई परमेश्‍वरले पठाउनुभएको मानिस भनेर स्वीकार्न यहूदीहरूको सर्वोच्च अदालतको सदस्यलाई कति गाह्रो पर्छ होला! येशूको चेला हुन यी सबै गुणहरू बहुमूल्य छन्‌।

  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा—२००२ | फेब्रुअरी १
    • प्रथमतः यी यहूदी शासक “राती [येशू ]कहाँ आए” भनेर यूहन्‍नाले बताए। (यूहन्‍ना ३:२) एक जना बाइबलविद्‌ यसो भन्छन्‌: “निकोदेमस डरको कारण होइन, तर येशूसँग कुराकानी गर्न भीडले बाधा नपुऱ्‍याओस्‌ भनेर राती आएका हुन्‌।” तथापि, यूहन्‍नाले निकोदेमसलाई “अघि उहाँकहाँ राती आउने” र अरिमथियाका यूसुफलाई “यहूदीहरूका डरले गुप्तमा मात्र येशूका चेला भएका” भनेर एउटै सन्दर्भमा भनेका छन्‌। (यूहन्‍ना १९:३८, ३९) त्यसकारण, त्यतिबेलाका अरू मानिसहरू येशूको अलिकता पनि प्रभाव नहोस्‌ भनेर डराएझैं निकोदेमस पनि “यहूदीहरूको डरले गर्दा” येशूकहाँ राती अँध्यारोमा आएको हुन सक्छ।—यूहन्‍ना ७:१३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने