-
‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | मे
-
-
७. (क) “किसान,” “दाखको बोट” र “हाँगाहरू” को-को हुन्? (ख) हामीले कुन प्रश्नको जवाफ पाउन अझै बाँकी छ?
७ यूहन्ना १५:१-५, ८ पढ्नुहोस्। येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्नुभयो: “तिमीहरूले धेरै फल फलाइरह्यौ अनि मेरा चेलाहरू हौ भनी प्रमाणित गऱ्यौ भने मेरो बुबाको महिमा हुन्छ।” येशूले यहोवालाई “किसान,” आफूलाई “साँचो दाखको बोट” अनि चेलाहरूलाई “हाँगाहरू” भन्नुभयो।b त्यसोभए ख्रीष्टका चेलाहरूले फलाउनुपर्ने फल के हो? यस दृष्टान्तमा येशूले फल के हो भनेर तोकेरै बताउनुभएन। तर फल के हो भनेर बुझ्न सकिने स्पष्ट सङ्केत भने दिनुभयो।
८. (क) यस दृष्टान्तमा बताइएको फल किन नयाँ चेलाहरू हुन सक्दैन? (ख) यहोवा हामीबाट कस्तो कुरा मात्र चाहनुहुन्छ?
८ आफ्नो बुबाबारे येशूले यसो भन्नुभयो: “मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्नुहुन्छ।” अर्को शब्दमा भन्ने हो भने हामीले फल फलायौँ भने मात्र उहाँ हामीलाई आफ्नो सेवक ठान्नुहुन्छ। (मत्ती १३:२३; २१:४३) त्यसैले यस दृष्टान्तमा हरेक ख्रीष्टियनले फलाउनै पर्ने फल हामीले बनाउने नयाँ चेलाहरू हुन सक्दैन। (मत्ती २८:१९) त्यसो हुँदो हो त राज्य सन्देशप्रति चासो नदेखाइने इलाकामा प्रचार गरेकोले चेला बनाउन असफल भएकाहरू फल नफलाउने हाँगाहरूजस्तै हुनेथिए। तर यो सही निष्कर्ष हुनै सक्दैन! किन? किनकि हामी मानिसहरूलाई जबरजस्ती चेला बनाउन सक्दैनौँ। जुन कुरा आफ्ना सेवकहरूको हातमा छैन, त्यसको लागि तिनीहरूलाई अयोग्य ठहराउनु यहोवाको मायालु तौरतरिकासित पटक्कै मेल खाँदैन। हामीले गर्न सक्ने कुरा मात्र यहोवा हामीबाट चाहनुहुन्छ।—व्यव. ३०:११-१४.
९. (क) हामी कुन काममा भाग लिएर फल फलाउँछौँ? (ख) हामी कुन दृष्टान्त विचार गर्नेछौँ, किन?
९ त्यसोभए हामीले फलाउनै पर्ने फल के हो त? यो हामी सबैले गर्न सक्ने काम हुनुपर्छ। यहोवाले आफ्ना सबै सेवकलाई कुन काम दिनुभएको छ? परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने।c (मत्ती २४:१४) यो कुरा येशूले बताउनुभएको बीउ छर्ने मानिसको दृष्टान्तले स्पष्ट पार्छ। आउनुहोस्, त्यो दृष्टान्त विचार गरौँ।
-
-
‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | मे
-
-
b यस दृष्टान्तका हाँगाहरूले स्वर्गमा जीवन पाउनेहरूलाई बुझाउँछ। तर यस दृष्टान्तबाट सिक्न सकिने पाठहरू परमेश्वरका सबै सेवकहरूको लागि उपयोगी छ।
c ‘फल फलाउने“ भन्ने अभिव्यक्तिले “पवित्र शक्तिको फल” फलाउनुलाई पनि बुझाउँछ। तर यो र यसपछिको लेखमा हामी “ओठको फल” फलाउने अर्थात् परमेश्वरको राज्यबारे प्रचार गर्ने विषयमा छलफल गर्नेछौँ।—गला. ५:२२, २३; हिब्रू १३:१५.
-