प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा—२०११ | अप्रिल १५
    • ३. (क) हामीले “पवित्र शक्‍तिको फल” विकास गर्दा कसरी परमेश्‍वरको महिमा हुन्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

      ३ पवित्र शक्‍तिले पैदा गर्ने गुणहरू यस शक्‍तिको स्रोत यहोवा परमेश्‍वरकै व्यक्‍तित्वको प्रतिविम्ब हुन्‌। (कल. ३:९, १०) ख्रीष्टियनहरूले परमेश्‍वरको अनुकरण गर्न प्रयास गर्नुपर्ने मुख्य कारणबारे सङ्‌केत गर्दै येशूले आफ्ना प्रेषितहरूलाई भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलाइरह्‍यौ . . . भने मेरो बुबाको महिमा हुन्छ।”a (यूह. १५:८) हामीले “पवित्र शक्‍तिको फल” विकास गर्दै जाँदा त्यसको असर हाम्रो बोली र व्यवहारमा प्रस्टै देखिन्छ र त्यसले परमेश्‍वरको प्रशंसा गर्छ। (मत्ती ५:१६) पवित्र शक्‍तिको फल कुन-कुन तरिकामा सैतानको संसारका अवगुणभन्दा भिन्‍न छ? हामी कसरी पवित्र शक्‍तिको फल विकास गर्न सक्छौं? यसो गर्नु हाम्रो लागि किन चुनौतीपूर्ण हुन सक्छ? पवित्र शक्‍तिको फलका सुरुका तीन पक्ष—प्रेम, आनन्द र शान्तिबारे छलफल गर्दा हामी उक्‍त प्रश्‍नहरूबारे विचार गर्नेछौं।

  • “पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा—२०११ | अप्रिल १५
    • a येशूले उल्लेख गर्नुभएको फलमा “पवित्र शक्‍तिको फल” र ख्रीष्टियनहरूले राज्य प्रचारकार्यद्वारा परमेश्‍वरलाई चढाउने “ओठको फल” दुवै समावेश छ।—हिब्रू १३:१५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने