प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तटस्थ रहनु भनेको के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ ४५. स्कुल पढ्‌ने एउटी बहिनी राष्ट्रिय गान गाइँदा आदरपूर्वक उभिन्छिन्‌। तर अरू विद्यार्थीले जस्तो तिनी राष्ट्रिय गान गाउँदिनन्‌ र आफ्नो छातीमा हात राख्दिनन्‌।

      पाठ ४५

      तटस्थ रहनु भनेको के हो?

      येसुले आफ्ना चेलाहरू ‘यस संसारका हुनु हुँदैन’ भनेर सिकाउनुभयो। (युहन्‍ना १५:१९) यसमा तटस्थ रहनु अर्थात्‌ संसारको राजनीति र युद्धमा कसैको पक्ष नलिनु समावेश छ। वास्तवमा तटस्थ रहन सधैँ सजिलो हुँदैन। तटस्थ रहेकोले अरूले हामीलाई हाँसोमा उडाउन सक्छन्‌। हामी कसरी तटस्थ रहेर यहोवाप्रति वफादार रहन सक्छौँ?

      १. साँचो ख्रिष्टियनहरू मानव सरकारहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

      ख्रिष्टियनहरू सरकारको आदर गर्छन्‌। हामी येसुले भन्‍नुभएझैँ गर्छौँ र “जे-जे सिजरका हुन्‌, सिजरलाई” दिन्छौँ अर्थात्‌ आफू बस्ने देशको नियमकानुन पालन गर्छौँ। (मर्कुस १२:१७) जस्तै: सरकारलाई तिर्नुपर्ने कर तिर्छौँ। यहोवाले अनुमति दिनुभएकोले मात्रै मानव सरकारहरूले शासन गरिरहेका छन्‌ भनेर बाइबलले सिकाउँछ। (रोमी १३:१) त्यसैले मानव सरकारहरूको अख्तियार सीमित छ भनेर हामी थाह पाउन सक्छौँ। मानिसजातिका समस्याहरूको समाधानको लागि हामी परमेश्‍वर र स्वर्गमा स्थापित उहाँको राज्यमा भर पर्छौँ।

      २. हामी तटस्थ रहेको कसरी देखाउन सक्छौँ?

      येसुले राजनीतिमा भाग लिनुभएन र हामी पनि लिँदैनौँ। येसु पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएको एउटा चमत्कार देखेपछि मानिसहरूले उहाँलाई आफ्नो राजा बनाउन खोजे। तर उहाँले इन्कार गर्नुभयो। (युहन्‍ना ६:१५) किन? किनभने पछि उहाँले भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६) हामी येसुका चेलाहरू भएकाले विभिन्‍न तरिकामा तटस्थ रहेको देखाउँछौँ। उदाहरणको लागि, हामी युद्धमा भाग लिँदैनौँ। (मिका ४:३ पढ्‌नुहोस्‌।) हामी राष्ट्रिय चिन्हहरूको आदर गर्छौँ तर उपासना भने गर्दैनौँ। जस्तै: हामी झन्डाको आदर गर्छौँ तर झन्डा सलामी भने गर्दैनौँ। (१ युहन्‍ना ५:२१) साथै हामी कुनै पनि राजनैतिक पार्टी अथवा उम्मेदवारको समर्थन वा विरोध गर्दैनौँ। यी र अन्य तरिकामा हामी परमेश्‍वरको सरकार अर्थात्‌ राज्यप्रति पूर्णतया वफादार भएको देखाउँछौँ।

      अझ खोतल्नुहोस्‌

      हाम्रो तटस्थताको जाँच हुन सक्ने अवस्थाहरू केलाउनुहोस्‌। साथै तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णयहरू गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      एक पुरुष तटस्थ रहन्छन्‌। दुई फरक पार्टीका राजनैतिक नेताहरूले भीडलाई भाषण दिँदा तिनी त्यसमा ध्यान दिँदैनन्‌।

      ३. साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌

      तटस्थ रहने सन्दर्भमा येसु र उहाँका चेलाहरूले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ। रोमी १३:१, ५-७ र १ पत्रुस २:१३, १४ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग १ (४:२८)

      • हामीले किन सरकारी अख्तियारवालाहरूको आदर गर्नुपर्छ?

      • हामी तिनीहरूको अधीनमा बसेको कुन-कुन तरिकामा देखाउन सक्छौँ?

      युद्धको बेला केही राष्ट्रले तटस्थ रहेको दाबी त गर्लान्‌। तर तिनीहरूले कुनै न कुनै तरिकामा युद्धमा भाग लिएका राष्ट्रहरूलाई समर्थन गरिरहेका हुन्छन्‌। तटस्थ रहनु भनेको वास्तवमा के हो? युहन्‍ना १७:१६ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग २ (३:११)

      • तटस्थ रहनु भनेको के हो?

      सरकारी अख्तियारवालाहरूले हामीलाई परमेश्‍वरको नियमविपरीत केही गर्न लगाएमा नि? प्रेषित ५:२८, २९ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग ३ (१:१८)

      • मानिसको नियम र परमेश्‍वरको नियम आपसमा बाझिँदा हामीले कसको नियम पालन गर्नुपर्छ?

      • के तपाईँ ख्रिष्टियनहरूले सरकारी अख्तियारवालाहरूको नियम पालन नगर्ने कुनै अवस्थाबारे बताउन सक्नुहुन्छ?

      ४. आफ्नो सोचाइ र कामबाट तटस्थ रहेको देखाउनुहोस्‌

      पहिलो युहन्‍ना ५:२१ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?—तटस्थ रहन (२:४९)

      • भिडियोमा देखाइएका आएङ्‌गेले किन राजनैतिक पार्टीको सदस्य नहुने वा झन्डा सलामीजस्ता देशभक्‍ति देखाउने समारोहहरूमा भाग नलिने निर्णय गरे?

      • के तपाईँलाई तिनले सही निर्णय गरे जस्तो लाग्छ?

      अरू कस्ता अवस्थामा हाम्रो तटस्थताको जाँच हुन सक्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: विभाजित संसारमा तटस्थ रहनुहोस्‌ (५:१६)

      • अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरू हुँदा हामी कसरी तटस्थ रहेको देखाउन सक्छौँ?

      • राजनीतिज्ञहरूले गरेका निर्णयहरूले चाहे हामीलाई फाइदा होस्‌ वा बेफाइदा, हामी तटस्थ रहेको कसरी देखाउन सक्छौँ?

      • सञ्चार माध्यम वा सरसङ्‌गतले कसरी हाम्रो तटस्थतामा असर पुऱ्‍याउन सक्छ?

      चित्रहरूको सँगालो: १. आक्रोशित भीडले नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध गर्छ। २. एउटा खेल भइरहेको बेला एक पुरुषले राष्ट्रिय झन्डा फहराउँछन्‌। ३. एक विद्यार्थी राष्ट्रिय गान गाउँछन्‌। ४. एक सैनिक बन्दुक भिर्छिन्‌। ५. दुई राजनैतिक उम्मेदवार बहस गर्छन्‌। ६. एउटी स्त्री मतपेटिकामा आफ्नो भोट खसाल्छिन्‌।

      ख्रिष्टियनहरूले कुन-कुन क्षेत्रमा तटस्थ रहेको आफ्नो सोचाइ र कामबाट देखाउनुपर्छ?

      कसै-कसैले सोध्लान्‌: “तपाईँ किन झन्डा सलामी गर्नुहुन्‍न र राष्ट्रिय गान गाउनुहुन्‍न?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      ख्रिष्टियनहरू राजनैतिक मामिलाहरूमा आफ्नो बोली र काममा तटस्थ रहन हरप्रयास गर्छन्‌।

      तपाईँले के सिक्नुभयो?

      • हामीले किन मानव सरकारहरूको आदर गर्नुपर्छ?

      • हामी राजनैतिक मामिलाहरूमा किन तटस्थ रहन्छौँ?

      • कस्ता अवस्थामा हाम्रो तटस्थताको जाँच हुन सक्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      हामीले तटस्थ रहन कस्ता त्याग गर्नुपर्ने हुन सक्छ?

      यहोवाले आफ्नो वाचाअनुसारै सधैँ हाम्रो देखभाल गर्नुभएको छ (३:१४)

      भविष्यमा तटस्थताको जाँच हुने अवस्थाहरूको लागि परिवारहरूले कसरी पहिल्यै तयारी गर्न सक्छन्‌?

      सार्वजनिक कार्यक्रममा तटस्थ रहने (४:२५)

      एक जना व्यक्‍तिले आफ्नो देशको लागि ज्यान दिनु नै सबैभन्दा ठूलो सम्मानको कुरा होइन भनेर कसरी बुझे, हेर्नुहोस्‌।

      “परमेश्‍वरको लागि सबै कुरा सम्भव छ” (५:१९)

      जागिरको सन्दर्भमा निर्णय गर्नुपर्दा तपाईँ यस संसारको नहुन के गर्न सक्नुहुन्छ?

      “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” (प्रहरीधरहरा, अप्रिल १, २००६)

  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ढिलो होस्‌ वा चाँडो सबै ख्रिष्टियनले विरोधको मात्र होइन, खेदोको पनि सामना गर्नुपर्ने हुन्छ। के यसले गर्दा हामी चिन्तित हुनुपर्छ?

      १. हामीमाथि किन खेदो आइपर्छ?

      बाइबलले स्पष्टसित भन्छ: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमोथि ३:१२) येसु सैतानको संसारको हुनुहुन्‍न थियो, त्यसैले उहाँमाथि खेदो आइपऱ्‍यो। उहाँजस्तै हामी पनि यस संसारका होइनौँ। त्यसैले यस संसारका सरकारहरू र धार्मिक सङ्‌गठनहरूले हाम्रो खेदो गर्दा हामी छक्क पर्दैनौँ।—युहन्‍ना १५:१८, १९.

      २. हामीले खेदोको सामना गर्न कसरी तयारी गर्न सक्छौँ?

      हामीले अहिले नै यहोवामाथिको भरोसालाई बलियो पार्नुपर्छ। हरेक दिन उहाँलाई प्रार्थना गर्न र उहाँको वचनको केही भाग पढ्‌न समय छुट्ट्याउनुहोस्‌। नियमित रूपमा मण्डलीका सभाहरूमा उपस्थित हुनुहोस्‌। यी गतिविधिहरूले तपाईँलाई जुनसुकै खेदोको साहसीपूर्वक सामना गर्न बल दिनेछ, चाहे त्यो आफ्नै परिवारबाट आएको किन नहोस्‌। पटक-पटक खेदोको सामना गरेका प्रेषित पावलले लेखे: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।”—हिब्रू १३:६.

      हामीले नियमित रूपमा सुसमाचार सुनाएर पनि साहस बढाउन सक्छौँ। सुसमाचार सुनाउने कामले हामीलाई यहोवामा भरोसा गर्न र मानिसहरूको डर हटाउन सिकाउँछ। (हितोपदेश २९:२५) तपाईँले अहिले सुसमाचार सुनाउनको लागि साहस बटुल्नुभयो भने सरकारले हाम्रो गतिविधिमा प्रतिबन्ध लगाए तापनि यस काममा भाग लिइरहन तयार हुनुहुनेछ।—१ थिस्सलोनिकी २:२.

      ३. खेदो सहँदा हामीलाई कस्तो फाइदा हुन्छ?

      हुनत खेदो भोग्नुपर्दा हामीलाई खुसी लाग्दैन तर हामीले अन्तसम्मै खेदो सह्‍यौँ भने हाम्रो विश्‍वास अझ बलियो हुनेछ। हामीले खेदो भोगिरहेको बेला ‘अब सहनै सक्दिनँ’ जस्तो लाग्न सक्छ। त्यतिबेला यहोवाको मदत पाएकोले हामी उहाँसित अझ नजिक हुन्छौँ। (याकुब १:२-४ पढ्‌नुहोस्‌।) हामीले खेदो भोग्दा उहाँलाई दुःख लाग्छ तर सहेर अघि बढिरहेको देख्दा उहाँलाई खुसी लाग्छ। बाइबलले भन्छ: “तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्‍यौ भने त्यो . . . परमेश्‍वरको नजरमा राम्रो कुरा हो।” (१ पत्रुस २:२०) वफादार भई खेदो सहनेजति सबैलाई यहोवाले साँचो उपासनाका विरोधीहरू नहुने संसारमा अनन्त जीवनको इनाम दिनुहुनेछ।—मत्ति २४:१३.

      अझ खोतल्नुहोस्‌

      हामी किन खेदोको बाबजुद यहोवाप्रति वफादार रहन सक्छौँ र यसो गर्दा कस्ता आशिष्‌ पाउँछौँ, बुझ्नुहोस्‌।

      एउटी युवती आमाबुबाको विरोधको बाबजुद बाइबल अध्ययन गर्न जाँदै छिन्‌।

      ४. तपाईँ परिवारको विरोध सहन सक्नुहुन्छ

      यहोवाको उपासना गर्ने हाम्रो निर्णय परिवारलाई मन नपर्न सक्छ भनेर येसुलाई राम्ररी थाह थियो। मत्ति १०:३४-३६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • परिवारको कुनै सदस्यले यहोवाको सेवा गर्ने निर्णय गर्दा के हुन सक्छ?

      एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवाले हामीलाई अङ्‌गाल्नुभयो (५:१३)

      • तपाईँलाई कुनै नातेदार वा साथीले यहोवाको सेवा गर्नदेखि रोक्न खोज्दा के गर्नुहुन्छ?

      भजन २७:१० र मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • परिवार वा साथीभाइबाट विरोध आउँदा यस प्रतिज्ञाले तपाईँलाई कसरी मदत गर्न सक्छ?

      ५. खेदोको बाबजुद यहोवाको उपासना गरिरहनुहोस्‌

      अरूले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्न खोज्दा उहाँको सेवा गरिरहन साहस चाहिन्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: खेदोको बाबजुद साहसी हुनुहोस्‌ (६:२७)

      • भिडियोमा देखाइएका उदाहरणहरूले तपाईँलाई कसरी साहसी हुन मदत गर्छ?

      प्रेषित ५:२७-२९ र हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • सुसमाचार सुनाउने काम वा सभाहरूमाथि प्रतिबन्ध लगाइँदा समेत हामीले यहोवाको उपासना गरिरहनु किन महत्त्वपूर्ण छ?

      ६. यहोवाले तपाईँलाई खेदो सहन मदत गर्नुहुनेछ

      विभिन्‍न उमेर र पृष्ठभूमिका यहोवाका साक्षीहरू खेदोको बाबजुद वफादार भई यहोवाको सेवा गर्दै छन्‌। यसो गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो भनी थाह पाउन भिडियो हेर्नुहोस्‌। त्यसपछि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवा परमेश्‍वरले मलाई बलियो पार्नुहुनेछ (३:४०)

      • भिडियोमा देखाइएका साक्षीहरूलाई खेदो सहन कुन कुराले मदत गऱ्‍यो?

      रोमी ८:३५, ३७-३९ र फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • जस्तोसुकै परीक्षा सहन सक्छु भनेर विश्‍वस्त हुन यस पदले तपाईँलाई कसरी मदत गर्छ?

      मत्ति ५:१०-१२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • तपाईँ खेदोको बाबजुद किन आनन्दित हुन सक्नुहुन्छ?

      विश्‍वासको कारण खेदो भोगेका र थुनामा परेका आधुनिक समयका यहोवाका साक्षीहरू।

      यहोवाका लाखौँ उपासकले विरोधको बाबजुद वफादार भई उहाँको सेवा गरेका छन्‌। त्यसैले तपाईँ पनि सक्नुहुन्छ!

      कोही-कोही भन्छन्‌: “म खेदो सहन सक्दिनँ होला।”

      • तिनीहरूले कुन-कुन पदबाट खेदोको सामना गर्न साहस पाउन सक्छन्‌?

      सारांश

      हामीले खेदोको बाबजुद यहोवाको सेवा गरिरहँदा उहाँ त्यसको कदर गर्नुहुन्छ। उहाँको मदत पाएर हामी अन्तसम्मै खेदो सहन सक्छौँ!

      तपाईँले के सिक्नुभयो?

      • ख्रिष्टियनहरूमाथि किन खेदो आइपर्छ?

      • खेदो आइपर्दा त्यसको सामना गर्न तपाईँ अहिल्यै कस्तो तयारी गर्न सक्नुहुन्छ?

      • जस्तोसुकै परीक्षाको बाबजुद यहोवाको सेवा गरिरहन सक्छु भनेर विश्‍वस्त हुन तपाईँलाई कुन कुराले मदत गर्न सक्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      एक जना भाइ तटस्थताको कारण जेलमा पर्दा यहोवाले तिनलाई सहनशील हुन कसरी मदत गर्नुभयो भनेर तिनीबाटै सुन्‍नुहोस्‌।

      खेदो आइपर्दा सहनशील हुनुहोस्‌ (२:३४)

      एक दम्पतीलाई विरोधको बाबजुद वर्षौँसम्म वफादार भई यहोवाको सेवा गर्न कुन कुराले मदत गऱ्‍यो, हेर्नुहोस्‌।

      बदलिँदो परिस्थितिहरूमा यहोवाको सेवा गर्दै (७:११)

      हामी कसरी साहसी भई खेदोको सामना गर्न सक्छौँ, थाह पाउनुहोस्‌।

      “खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌” (प्रहरीधरहरा, जुलाई २०१९)

      हामीले परिवारबाट आउने विरोधप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ अनि यसले गर्दा आइपर्ने चुनौतीहरूको सामना कसरी गर्न सक्छौँ?

      “सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’” (प्रहरीधरहरा, अक्टोबर २०१७)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने