प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ७. सिंहासनमा विराजमान हुनु हुनेको हातबाट पुस्तक थाप्न येशू के कारणले योग्य हुनुहुन्छ?

      ७ मुख्यतः येशूले एक जना सिद्ध मानवको रूपमा आफ्नो निष्ठा कायम राख्दै घोर दुःखको सामने पनि यहोवाको सेवा गर्नु भयो। उहाँले शैतानको चुनौतीलाई मुखभरिको जवाफ दिनु भयो। (हितोपदेश २७:११) त्यसैकारण त उहाँले आफ्नो बलिदानरूपी मृत्युअघिको रात “मैंले संसारलाई जितेको छु” भन्‍न सक्नु भयो। (यूहन्‍ना १६:३३) परिणामस्वरूप, यहोवाले येशूलाई उहाँको पुनरुत्थानपश्‍चात्‌ “स्वर्ग र पृथ्वीमा सारा अधिकार” दिनु भयो। परमेश्‍वरका जम्मै सेवकहरूमध्येबाट उहाँ एक जना मात्र त्यो पुस्तक थाप्न र त्यसमा भएका कुराको जानकारी अरूलाई दिने योग्यको हुनुहुन्छ।—मत्ती २८:१८.

  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ११. महिमायुक्‍त येशूलाई “मारिएको थुमा” भनेर प्रस्तुत गर्नु उहाँलाई अपमानित गरेको अथवा होंच्याएको किन होइन?

      ११ तर महिमायुक्‍त येशूलाई “मारिएको थुमा”-को रूपमा यसरी प्रस्तुत गर्दा के उहाँलाई अलिकता तुच्छ ठानेको अथवा अपमान गरेको जस्तो हुँदैन र? कदापि हुँदैन! येशू मरणान्तसम्म विश्‍वासी रहनु नै शैतानको ठूलो हार र यहोवा परमेश्‍वरको महा जीत थियो। येशूलाई यसरी प्रस्तुत गर्नु शैतानको संसारमाथि येशूको विजयको ज्वलन्त चित्रण गर्नु हो। साथै यसले मानवजातिप्रति यहोवा र येशूको गहिरो प्रेमको पनि हामीलाई सम्झना गराउँछ। (यूहन्‍ना ३:१६; १५:१३; कलस्सी २:१५-सित तुलना गर्नुहोस्‌।) यसप्रकार, येशू नै प्रतिज्ञा गरिएको सन्तान र पुस्तक खोल्न सक्ने एक मात्र योग्य व्यक्‍ति हुनुहुन्छ भन्‍ने ठोस सङ्‌केत हामी यसबाट पाउँछौं।—उत्पत्ति ३:१५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने