-
हामी कसरी परमेश्वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. हामीले गर्ने उपासना केमा आधारित हुनुपर्छ?
हामीले गर्ने उपासना बाइबलमा आधारित हुनुपर्छ। येसुले परमेश्वरलाई भन्नुभयो: “तपाईँको वचन सत्य हो।” (युहन्ना १७:१७) केही धर्मले परमेश्वरको प्रेरित वचन बाइबलमा पाइने सत्यलाई बेवास्ता गर्छन्। बरु तिनीहरू मानव शिक्षा र परम्परा सिकाउँछन्। तर ‘परमेश्वरको आज्ञालाई पन्छाउनेहरूसित’ यहोवा खुसी हुनुहुन्न। (मर्कुस ७:९ पढ्नुहोस्।) अर्कोतर्फ, हामीले गर्ने उपासनाको आधार बाइबललाई बनायौँ र त्यसको सल्लाह पालन गऱ्यौँ भने उहाँको हृदयलाई आनन्दित तुल्याउन सक्छौँ।
-
-
के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. यहोवाका साक्षीहरूको विश्वासको आधार के हो?
येसुले भन्नुभयो: “परमेश्वरको वचन सत्य हो।” (युहन्ना १७:१७) येसुको जस्तै यहोवाका साक्षीहरूको विश्वासको आधार पनि परमेश्वरको वचन नै हो। उदाहरणको लागि, यहोवाका साक्षीहरूको आधुनिक इतिहासबारे विचार गर्नुहोस्। सुरुसुरुमा तिनीहरू बाइबल विद्यार्थी भनेर चिनिन्थे। इस्वी संवत् १८७० तिर यस समूहले बाइबलले वास्तवमा के सिकाउँछ भनेर थाह पाउन बाइबलको गहिरो अध्ययन गर्न थाल्यो। तिनीहरूले बाइबलबाट जे सिके, त्यो चर्चको शिक्षाभन्दा फरक थियो। तैपनि तिनीहरूले बाइबलको शिक्षालाई आफ्नो विश्वासको आधार बनाए। त्यसपछि तिनीहरूले बाइबलको सत्य अरूलाई बताउन थाले।a
-