प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १७ p. ४४-p. ४५ par. १
  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • निकोदेमसलाई शिक्षा दिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • नयाँ जन्म—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १७ p. ४४-p. ४५ par. १
येसु निकोदेमससित राती कुरा गर्नुहुन्छ

अध्याय १७

येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ

युहन्‍ना २:२३–३:२१

  • येसु निकोदेमससित कुरा गर्नुहुन्छ

  • ‘फेरि जन्मनुको’ अर्थ के हो

इस्वी संवत्‌ ३० को निस्तार चाडको लागि यरुसलेममै हुँदा येसुले अचम्मलाग्दा कामहरू अर्थात्‌ चमत्कारहरू गर्नुहुन्छ। फलस्वरूप धेरै मानिसले उहाँमाथि विश्‍वास गर्न थाल्छन्‌। निकोदेमस, जो एक फरिसी र यहुदी न्यायपरिषद्‌का सदस्य हुन्‌, तिनी पनि धेरै प्रभावित हुन्छन्‌। अझ धेरै सिक्न चाहेकोले तिनी रात परेपछि येसुलाई भेट्‌न जान्छन्‌। कसैले देख्यो भने अरू यहुदी नेताहरूमाझ आफ्नो बेइज्जत हुने डरले गर्दा तिनी रात परेपछि गएका हुन सक्छन्‌।

निकोदेमस यसो भन्छन्‌: “रब्बी, हामीलाई थाह छ, तपाईँ परमेश्‍वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ किनकि यदि परमेश्‍वर साथमा हुनुहुन्‍न भने कसैले पनि तपाईँले गर्नुभएको जस्तो चमत्कारहरू गर्न सक्दैन।” यो सुनेर येसुले निकोदेमसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न चाहने व्यक्‍ति ‘फेरि जन्मनुपर्छ’ भन्‍नुहुन्छ।—युहन्‍ना ३:२, ३.

तर कुनै व्यक्‍ति कसरी फेरि जन्मन सक्छ? निकोदेमस यसरी सोध्छन्‌: “आफ्नी आमाको गर्भमा पसेर के ऊ फेरि जन्मन सक्छ र?”—युहन्‍ना ३:४.

तर फेरि जन्मनुको अर्थ त्यो होइन। येसु यसो भन्‍नुहुन्छ: “पानी र पवित्र शक्‍तिद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा पस्न सक्दैन।” (युहन्‍ना ३:५) येसुले बप्तिस्मा गर्नुभएपछि र पवित्र शक्‍ति उहाँमाथि आएपछि उहाँ “पानी र पवित्र शक्‍तिद्वारा” जन्मनुभयो। त्यतिबेला स्वर्गबाट यस्तो घोषणा पनि गरिएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१६, १७) यसरी पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभएपछि उहाँ नयाँ अर्थमा परमेश्‍वरका छोरा हुनुभएको र स्वर्गीय राज्यमा प्रवेश गर्ने आशा पाउनुभएको कुरा परमेश्‍वरले घोषणा गर्नुभयो। पछि इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा बप्तिस्मा गर्ने अरूमाथि पनि पवित्र शक्‍ति खन्याइने थियो र तिनीहरू पनि परमेश्‍वरका छोराहरूको रूपमा फेरि जन्मने थिए।—प्रेषित २:१-४.

परमेश्‍वरको राज्यबारे येसुले सिकाइरहनुभएको कुरा बुझ्न निकोदेमसलाई गाह्रो हुन्छ। त्यसैले परमेश्‍वरका छोराको रूपमा आफ्नो विशेष भूमिकाबारे बुझाउन येसु थप कुरा बताउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे, त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ ताकि ऊमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाओस्‌।”—युहन्‍ना ३:१४, १५.

विषालु सर्पले डसेका इस्राएलीहरू बच्नको लागि तामाको सर्पलाई हेर्छन्‌

धेरै पहिला इस्राएलीहरूलाई विषालु सर्पले डसेको बेला तिनीहरूले बच्नको लागि तामाको सर्पलाई हेर्नै पर्थ्यो। (गन्ती २१:९) त्यसैगरि सबै मानिसले पाप र मृत्युबाट बच्न र अनन्त जीवन पाउन परमेश्‍वरको छोरामाथि विश्‍वास गर्नै पर्छ। यस काममा यहोवा परमेश्‍वरको मायालु भूमिकामा जोड दिँदै येसु निकोदेमसलाई यसो भन्‍नुहुन्छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) यसरी सेवाको काम सुरु गरेको छ महिनापछि येसुले उहाँद्वारा मात्र उद्धार सम्भव छ भनेर यरुसलेममा स्पष्ट पार्नुहुन्छ।

“परमेश्‍वरले आफ्नो छोरालाई संसारको न्याय गर्न” पठाउनुभएको होइन भनेर येसु निकोदेमसलाई भन्‍नुहुन्छ। यसको अर्थ येसुलाई पृथ्वीमा पठाइनुको उद्देश्‍य सबै मानिसलाई दोषी ठहऱ्‍याउनु र तिनीहरूलाई न्यायदण्ड सुनाउनु थिएन। बरु येसुले भन्‍नुभएझैँ उहाँमार्फत “संसारको उद्धार होस्‌” भनेर उहाँलाई पृथ्वीमा पठाइएको थियो।—युहन्‍ना ३:१७.

निकोदेमस डरको कारण रातको अन्धकारमा येसुलाई भेट्‌न आएका थिए। त्यसैले येसुले तिनीसितको कुराकानी यसरी टुङ्‌ग्याउनु चाखलाग्दो छ: “अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ [जो येसु हुनुहुन्छ र यो कुरा उहाँले आफ्नो जीवन र शिक्षाद्वारा प्रमाणित गर्नुभएको छ] तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए। जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू पर्दाफास नहोऊन्‌ भनेर ज्योतिमा आउँदैन। तर जसले असल काम गर्छ, ऊचाहिँ परमेश्‍वरको इच्छाबमोजिम आफूले गरिरहेका कामहरू प्रकट होऊन्‌ भनेर ज्योतिमा आउँछ।”—युहन्‍ना ३:१९-२१.

परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिकाबारे भर्खरै सुनेको कुरालाई कसरी लिने भन्‍ने कुरा अब ती फरिसी र इस्राएलका शिक्षक निकोदेमसकै हातमा छ।

  • निकोदेमस किन येसुलाई भेट्‌न जान्छन्‌ र तिनी किन राती जान्छन्‌?

  • ‘फेरि जन्मनुको’ अर्थ के हो?

  • येसु कुन अर्थमा “संसारको न्याय गर्न” आउनुभएको होइन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने