प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”
    यहोवासित नजिक हुनुहोस्‌
    • प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति

      ४. येसु साधारण मानिस हुनुहुन्‍न थियो भनेर एक जना रोमी सैनिकले कसरी बुझे? तिनी कस्तो निष्कर्षमा पुगे?

      ४ येसुलाई मृत्युदण्डको सजाय सुनाइएपछि त्यस कामको निरीक्षण गर्न एक जना रोमी सैनिक अफिसरलाई खटाइएको थियो। उहाँको मृत्यु हुनुअघि चारैतिर अन्धकार छाएको र मृत्युपछि भूकम्प गएको देखेर तिनी अक्क न बक्क परे अनि यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।” (मत्ति २७:५४) स्पष्ट छ, येसु कुनै साधारण मानिस हुनुहुन्‍न थियो। त्यस अफिसरले भर्खरै मात्र जुन मानिसको मृत्युदण्डमा सघाएका थिए, वास्तवमा ती व्यक्‍ति सर्वोच्च परमेश्‍वर यहोवाको एक मात्र छोरा हुनुहुन्थ्यो। यहोवाको लागि ती छोरा कत्तिको प्यारो हुनुहुन्थ्यो?

      ५. यहोवा र येसुले स्वर्गमा सँगै बिताउनुभएको समयबारे थाह पाउन कुन उदाहरणले मदत गर्छ?

      ५ बाइबलमा येसुलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिएको छ। (कलस्सी १:१५) यो कुरा विचार गर्नुहोस्‌, यहोवाको छोरा यो भौतिक ब्रह्‍माण्ड अस्तित्वमा आउनुअघिदेखि नै हुनुहुन्थ्यो। त्यसोभए बुबा र छोरा कहिलेदेखि सँगै हुन्थ्यो? केही वैज्ञानिकको अनुमानअनुसार यो ब्रह्‍माण्ड १३ अरब वर्षदेखि अस्तित्वमा छ। त्यस समयावधिलाई सङ्‌केत गर्न एउटा प्लानेटेरियमको (आकाशीय पिण्डहरूको गतिशील आकृति देखाइने गुम्बज आकारको भवन) भित्तामा ११० मिटरजति लामो समयरेखा बनाइएको छ। त्यहाँ घुम्न आउनेहरूले त्यो समयरेखा हेर्दै जाँदा तिनीहरूले चाल्ने प्रत्येक पाइलाले ब्रह्‍माण्ड अस्तित्वमा आएको ७ करोड ५० लाख वर्षलाई ढाक्छ। समयरेखाको अन्ततिर सम्पूर्ण मानव इतिहासलाई सङ्‌केत गर्न एउटा सानो रेखा कोरिएको छ, जुन मानिसको कपालको एउटा रेसाजति मात्र बाक्लो छ। यस अनुमानलाई सही नै मान्‍ने हो भने पनि त्यो पूरै समयरेखाले यहोवाको छोरा अस्तित्वमा आउनुभएको समयलाई ढाक्न सक्दैन। युगौँयुगको त्यस समयावधिमा उहाँले कुन काम गर्नुभयो?

      ६. (क) पृथ्वीमा जन्मनुअघि यहोवाको छोरा कुन काममा व्यस्त हुनुहुन्थ्यो? (ख) बुबा र छोराबीचको बन्धन कस्तो छ?

      ६ येसुले खुसीसाथ आफ्नो बुबाको “मुख्य कारिगरको” रूपमा काम गर्नुभयो। (हितोपदेश ८:३०) बाइबल भन्छ: “उहाँविना [छोराविना] एउटै थोक पनि अस्तित्वमा आएन।” (युहन्‍ना १:३) त्यसैले सम्पूर्ण कुरा सृष्टि गर्न उहाँहरूले सँगै मिलेर काम गर्नुभयो। उहाँहरूले एकअर्कासित पक्कै पनि रमाइलो समय बिताउनुभयो! आमाबुबा र छोराछोरीबीचको सम्बन्ध प्रगाढ हुन्छ भन्‍ने कुरामा दुई मत छैन किनकि प्रेम “मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) त्यसैले यति लामो समयावधिको दौडान यहोवा र येसुबीचको सम्बन्ध कत्ति बलियो भयो होला, त्यो हामी कल्पना पनि गर्न सक्दैनौँ। स्पष्ट छ, यहोवा परमेश्‍वर र उहाँको छोराबीचको प्रेमको बन्धन यस ब्रह्‍माण्डकै सबैभन्दा अटुट बन्धन हो।

      ७. येसुले बप्तिस्मा गर्नुहुँदा यहोवाले आफ्नो भावना कसरी व्यक्‍त गर्नुभयो?

      ७ बुबा यहोवाले आफ्नो छोरा येसुलाई मानिसको रूपमा जन्मन पृथ्वीमा पठाउनुभयो। यसले गर्दा उहाँ आफ्नो छोरासित केही दशकको लागि छुट्टिनुपऱ्‍यो। तर आफ्नो छोरा एक त्रुटिरहित मानिसको रूपमा हुर्कँदै गएको उहाँले स्वर्गबाट नियाल्नुभयो। लगभग ३० वर्षको उमेरमा येसुले बप्तिस्मा गर्नुभयो। त्यतिबेला यहोवालाई कस्तो लागेको थियो भनेर हामी सबैलाई थाह छ। बुबाले स्वर्गबाट यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) येसुले आफूबारे गरिएका सबै भविष्यवाणी र आफूलाई दिइएका सबै काम वफादार भई पूरा गरेको देख्नुहुँदा यहोवालाई पक्कै पनि धेरै खुसी लागेको हुनुपर्छ।—युहन्‍ना ५:३६; १७:४.

      ८, ९. (क) इस्वी संवत्‌ ३३, नीसान १४ मा येसुले कस्तो पीडा भोग्नुभयो? यी सब हुँदा उहाँको बुबालाई कस्तो लाग्यो? (ख) यहोवाले किन आफ्नो छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो?

      ८ इस्वी संवत्‌ ३३, नीसान १४ को रात येसुलाई धोका दिइयो र गिरफ्तार गरियो। उहाँका साथीहरूले उहाँलाई छोडेर भागे र गैरकानुनी रूपमा उहाँमाथि मुद्दा चलाइयो। उहाँको गिल्ला गरियो र अनुहारमा थुकियो। उहाँलाई मुड्‌कीले हिर्काइयो। पिठिउँमा बारम्बार कोर्रा हानिँदा उहाँको मासु छियाछिया भयो। हात र खुट्टामा किल्ला ठोकेर उहाँलाई काठको खम्बामा टाँगियो र अपमान गरियो। असह्‍य पीडाले छटपटाएर उहाँले आफ्नो बुबालाई ठूलो स्वरले गुहार्नुभयो अनि अन्तिम सास लिनुभयो। इतिहासमै पहिलोचोटि यहोवाको प्यारो छोरा अस्तित्वविहीन हुनुभयो। स्वर्गबाट यी सब हेरिरहनुहुँदा उहाँलाई कत्ति पीडा भयो होला, कल्पना गर्नुहोस्‌ त।—मत्ति २६:१४-१६, ४६, ४७, ५६, ५९, ६७; २७:३८-४४, ४६; युहन्‍ना १९:१.

      ९ यहोवा भावना भएको बुबा हुनुभएकोले आफ्नै आँखाअगाडि एक मात्र प्यारो छोरा तड्‌पी-तड्‌पी मरेको देख्नुपर्दा उहाँलाई कत्ति पीडा भएको थियो होला, हामी शब्दमा बयानै गर्न सक्दैनौँ। तर उहाँले किन यी सब हुन दिनुभयो, त्योचाहिँ बुझ्न सक्छौँ। उहाँ आफ्नो छोरालाई बचाउन पक्कै केही गर्न त सक्नुहुन्थ्यो। तैपनि उहाँ किन त्यस्तो पीडा सहन तयार हुनुभयो? युहन्‍ना ३:१६ मा एउटा मन छुने कुरा बताइएको छ। यो पद असाध्यै महत्त्वपूर्ण भएकोले यसलाई सुसमाचारका पुस्तकहरूको सार भनिन्छ। त्यहाँ यस्तो लेखिएको छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” यहोवाले किन यी सब हुन दिनुभयो भनेर बयान गर्न एउटै शब्द काफी छ। त्यो हो, प्रेम। उहाँले आफ्नो छोरालाई हाम्रो लागि दुःख भोग्न र मर्न पठाउनुभयो। यो नै उहाँको प्रेमको सर्वोत्कृष्ट अभिव्यक्‍ति हो।

      “परमेश्‍वरले . . . आफ्नो एक मात्र छोरा दिनुभयो”

  • “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”
    यहोवासित नजिक हुनुहोस्‌
    • १२ बाइबलमा प्रयोग गरिएको अगापे शब्दले सिद्धान्तमा बाँधिएर गरिने प्रेमलाई बुझाउँछ। तर यसको मतलब यो कसैले भनेको वा गरेको कुराको आधारमा भावनामा बहेर उसलाई देखाउने प्रेम होइन। बरु अगापे प्रेमले धेरै कुरा समेट्‌छ। यस्तो प्रेम राम्ररी सोचविचार गरेर अनि स्वेच्छाले देखाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ख्रिष्टियन प्रेम निःस्वार्थ हुन्छ। उदाहरणको लागि, युहन्‍ना ३:१६ बारे फेरि विचार गर्नुहोस्‌। परमेश्‍वरले जुन “संसारलाई” धेरै प्रेम गर्नुभएर आफ्नो एक मात्र छोरा दिनुभयो, त्यो “संसार” के हो? उद्धार पाउन लायकका मानिसहरू। यसमा पापको मार्गमा हिँडिरहेका मानिसहरू पनि पर्छन्‌। के यहोवा ती प्रत्येक मानिसलाई विश्‍वासी पुरुष अब्राहामलाई जस्तै आफ्नो मित्र ठान्‍नुहुन्छ? (याकुब २:२३) त्यस्तो त होइन। तर उहाँ सबैको लागि भलाइको काम गर्नुहुन्छ, चाहे त्यसको लागि उहाँले जति नै मोल चुकाउनु किन नपरोस्‌। उहाँ सबैले पश्‍चाताप गरेर पापको मार्ग त्यागेको चाहनुहुन्छ। (२ पत्रुस ३:९) हुन पनि धेरैले त्यसो गरेका छन्‌। उहाँ तिनीहरूलाई खुसीसाथ आफ्नो मित्र ठान्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने