प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु को हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • १. येसु को हुनुहुन्छ?

      येसु स्वर्गमा बस्ने शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। यहोवा परमेश्‍वरले सबैभन्दा पहिला उहाँलाई सृष्टि गर्नुभयो। त्यसैकारण उहाँलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिन्छ। (कलस्सी १:१५) बाइबलमा येसुलाई परमेश्‍वरको “एक मात्र छोरा” भनिएको छ किनभने यहोवा आफैले सृष्टि गर्नुभएको व्यक्‍ति येसु मात्र हुनुहुन्छ। (युहन्‍ना ३:१६) येसुले आफ्नो बुबा यहोवाको छेवैमा रहेर अरू सबै थोक सृष्टि गर्न बुबालाई सघाउनुभयो। (हितोपदेश ८:३० पढ्‌नुहोस्‌।) येसु र यहोवाबीचको घनिष्ठ सम्बन्ध अहिलेसम्म कायमै छ। येसु “वचन” अर्थात्‌ प्रवक्‍ताको रूपमा वफादार भई परमेश्‍वरको सेवा गर्नुहुन्छ; मतलब, उहाँ परमेश्‍वरको सन्देश र निर्देशन अरूकहाँ पुऱ्‍याउनुहुन्छ।—युहन्‍ना १:१४.

  • येसुको मृत्युले हामीलाई कसरी बचाउन सक्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ २७. येसुको शरीर खम्बाबाट तल झारिँदै छ।

      पाठ २७

      येसुको मृत्युले हामीलाई कसरी बचाउन सक्छ?

      प्रथम मानव दम्पती आदम र हव्वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएर पाप गरे। त्यसैले हामी पनि पापी भयौँ। नतिजास्वरूप हामी पाप गर्छौँ, दुःखकष्ट भोग्छौँ र मर्छौँ।a तर हामी आशाविहीन छैनौँ। यहोवाले आफ्नो छोरामार्फत हामीलाई पाप र त्यसको असरबाट छुटकारा दिने बाटो खोलिदिनुभएको छ। येसुले आफ्नो मृत्युद्वारा फिरौती तिर्नुभयो भनेर बाइबलले बताउँछ। फिरौती भनेको कसैलाई छुटकारा दिन तिरिने मूल्य हो। येसुले तिर्नुभएको मूल्य उहाँको त्रुटिरहित मानव जीवन थियो। (मत्ति २०:२८ पढ्‌नुहोस्‌।) येसुले पृथ्वीमा अनन्त जीवन बिताउन सक्ने अधिकार स्वेच्छाले त्याग्नुभयो। यसरी उहाँले हाम्रो लागि आदम र हव्वाले गुमाएको सबै कुरा फेरि पाउने बाटो खोलिदिनुभयो। साथै उहाँले हामीप्रति आफ्नो र यहोवाको प्रेम प्रकट गर्नुभयो। यस पाठले तपाईँलाई येसुको मृत्युप्रति कृतज्ञता बढाउन मदत गर्नेछ।

      १. येसुको मृत्युबाट आज हामीले कस्तो लाभ उठाउन सक्छौँ?

      हामी पापी भएकोले यहोवालाई अप्रसन्‍न तुल्याउने थुप्रै काम गर्न पुग्छौँ। तर हामीले आफ्नो पापको लागि साँचो पश्‍चात्ताप गरेर येसु ख्रिष्टमार्फत यहोवासित क्षमा माग्यौँ र ती गल्तीहरू नदोहोऱ्‍याउन सक्दो प्रयास गऱ्‍यौँ भने परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। (१ युहन्‍ना २:१) बाइबलले भन्छ: “ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो। तिमीहरूलाई डोऱ्‍याएर परमेश्‍वरकहाँ पुऱ्‍याउन सकियोस्‌ भनेर उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।”—१ पत्रुस ३:१८.

      २. येसुको मृत्युबाट हामीले भविष्यमा कस्तो लाभ उठाउन सक्नेछौँ?

      यहोवाले येसुलाई आफ्नो त्रुटिरहित मानव जीवन फिरौतीस्वरूप दिन पठाउनुभयो “ताकि [येसुमाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) येसुले गर्नुभएको त्यस कामको आधारमा यहोवाले आदमको अनाज्ञाकारिताको नतिजास्वरूप भएको सबै खराब कुरा चाँडै हटाउनुहुनेछ। भन्‍नुको मतलब, येसुको बलिदानमा विश्‍वास गऱ्‍यौँ भने हामीले सुन्दर बगैँचारूपी पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउनेछौँ!—यसैया ६५:२१-२३.

      अझ खोतल्नुहोस्‌

      येसुले किन आफ्नो जीवन दिनुभयो भन्‍ने विषयमा अझ राम्ररी बुझ्नुहोस्‌। साथै येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌।

      ३. येसुको मृत्युले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन्छ

      भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: येसु किन मर्नुभयो? —भाग १ (२:०१)

      • परमेश्‍वरप्रति अनाज्ञाकारी हुँदा आदमले कस्तो मौका गुमाए?

      रोमी ५:१२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • आदमको पापले तपाईँको जीवनमा कस्तो असर पुऱ्‍याएको छ?

      युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले किन आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो?

      क. चित्रहरूको सँगालो: १. परमेश्‍वरप्रति अनाज्ञाकारी भएपछि आदम। २. अन्त्येष्टिको लागि शव बाकस लगिँदै छ। चित्रहरूको सँगालो: क. परमेश्‍वरप्रति अनाज्ञाकारी भएपछि आदम। ख. येसु ख्रिष्ट। ख. चित्रहरूको सँगालो: १. येसु ख्रिष्ट। २. विभिन्‍न उमेर, जाति, संस्कृति र पृष्ठभूमिका मानिसहरू।
      1. क. आदम त्रुटिरहित मानिस थिए तर तिनी परमेश्‍वरप्रति अनाज्ञाकारी भए। तिनले मानिसहरूलाई पाप र मृत्युतर्फ पुऱ्‍याउने बाटोमा धकेले

      2. ख. येसु त्रुटिरहित मानिस हुनुहुन्थ्यो र उहाँ परमेश्‍वरप्रति आज्ञाकारी हुनुभयो। उहाँले मानिसहरू त्रुटिरहित हुने र सधैँभरि जीवित रहने बाटो खोलिदिनुभयो

      ४. येसुको मृत्युबाट सबै मानिसले लाभ उठाउन सक्छन्‌

      भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: येसु किन मर्नुभयो? —भाग २ (२:००)

      • एक जना मानिसको मृत्युबाट कसरी सबै मानिसले लाभ उठाउन सक्छन्‌?

      पहिलो तिमोथि २:५, ६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • त्रुटिरहित मानिस आदमले मानिसजातिलाई पाप र मृत्युतर्फ पुऱ्‍याउने बाटोमा धकेले। येसु पनि त्रुटिरहित मानिस हुनुहुन्थ्यो। त्यसैले उहाँले के गर्न सक्नुभयो?

      ५. फिरौती यहोवाले तपाईँलाई दिनुभएको उपहार हो

      यहोवाका मित्रहरूले फिरौतीलाई ‘यो त यहोवाले मेरै लागि दिनुभएको उपहार हो’ भनेर सोच्छन्‌। एउटा उदाहरण विचार गर्न गलाती २:२० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • प्रेषित पावलले फिरौतीलाई यहोवाले तिनकै लागि दिनुभएको उपहार ठानेको कसरी देखाए?

      आदमले पाप गर्दा तिनी र तिनका सबै सन्तानले मृत्युदण्ड पाए। तर यहोवा तपाईँलाई सधैँभरि बाँच्ने मौका दिन चाहनुहुन्छ। त्यसैले उहाँले आफ्नो छोरालाई मर्न पठाउनुभयो।

      यहाँ दिइएका पदहरू पढ्‌दा यहोवालाई आफ्नो छोराले दुःख भोगेको देख्दा कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌। युहन्‍ना १९:१-७, १६-१८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा र येसुले तपाईँको लागि गर्नुभएको कुरा विचार गर्दा तपाईँलाई कस्तो लाग्यो?

      कसै-कसैले सोध्लान्‌: “एक जना मानिसको मृत्युले कसरी सबैलाई बचाउन सक्छ?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      येसुको मृत्युको आधारमा यहोवाले हाम्रा पापहरूको क्षमा दिनुहुन्छ। साथै येसुको मृत्युले गर्दा हामीले सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउँछौँ।

      तपाईँले के सिक्नुभयो?

      • येसु किन मर्नुभयो?

      • येसुको त्रुटिरहित मानव जीवन कुन अर्थमा सबैको लागि फिरौती थियो?

      • येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      येसुको त्रुटिरहित मानव जीवनलाई किन फिरौती भनिन्छ, बुझ्नुहोस्‌।

      “येसुको बलिदान कसरी ‘धेरैको निम्ति फिरौती’ हो?” (jw.org को लेख)

      उद्धार पाउन हामीले के गर्नुपर्छ, थाह पाउनुहोस्‌।

      “येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?” (jw.org को लेख)

      के यहोवाले गम्भीर पापहरू पनि क्षमा गर्न सक्नुहुन्छ?

      “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” (प्रहरीधरहरा, मे १, २०१३)

      एक जना पुरुषले ख्रिष्टको बलिदानबारे सिक्दा कसरी आफ्नो व्यक्‍तित्व सुधार्न मदत पाए, पढ्‌नुहोस्‌।

      “म अहिले हिंसाको दास होइनँ” (jw.org को लेख)

      a पाप भनेको खराब काम गर्नु मात्र होइन। पापले हामीमा वंशाणुगत आएको त्रुटिपूर्ण अवस्थालाई पनि बुझाउँछ।

  • यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • १. यहोवा र येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउने एउटा तरिका के हो?

      “[येसुमाथि] विश्‍वास गर्ने” सबैले अनन्त जीवन पाउन सक्छन्‌ भनेर बाइबलले प्रतिज्ञा गर्छ। (युहन्‍ना ३:१६) विश्‍वास गर्नु भनेको के हो? यसको मतलब येसुलाई स्विकार्नु मात्र होइन। हामीले आफ्नो छनौट र कामबाट विश्‍वास देखाउनुपर्छ। (याकुब २:१७) आफ्नो काम र बोलीद्वारा विश्‍वास देखाउँदा हामीले येसु र उहाँको बुबासितको मित्रतालाई बलियो बनाइरहेका हुन्छौँ।—युहन्‍ना १४:२१ पढ्‌नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने