प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?
    प्रहरीधरहरा—२००५ | डिसेम्बर १५
    • ७. प्रेरितहरूले प्रचार गरेको देख्दा प्रधान पूजाहारीहरूलाई किन रिसको पारो चढ्यो?

      ७ कुनै हालतमा प्रचार गर्न बन्द नगर्ने प्रेरितहरूको दृढ सङ्‌कल्प देख्दा प्रधान पूजाहारीहरूलाई रिसको पारो चढ्यो। स्वयम्‌ कैयाफालगायत पूजाहारीवर्गका केही सदस्य सदुकी थिए र तिनीहरू पुनरुत्थानमा विश्‍वास गर्दैन थिए। (प्रेरित ४:१, २; ५:१७) तरैपनि येशूको पुनरुत्थान भइसक्यो भनेर प्रेरितहरूले बताउन छाडेनन्‌। यसबाहेक, रोमी अख्तियारवालाहरूको निगाह पाउन केही प्रधान पूजाहारीले निकै चापलुसी घसिरहेका थिए। येशूको पुर्पक्ष भइरहेको बेला उहाँलाई आफ्नो राजा मान्‍ने मौका दिइँदा प्रधान पूजाहारीहरूले चिच्च्याउँदै यसो समेत भनेका थिए: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्‍ना १९:१५)a प्रेरितहरूले येशूको साँच्चै पुनरुत्थान भइसक्यो भनेर मात्र बताएनन्‌ तर येशूको नाउँबाहेक “स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं” भन्‍ने शिक्षा पनि दिइरहे। (प्रेरित २:३६; ४:१२) मानिसहरूले पुनरुत्थान हुनुभएका येशूलाई आफ्नो राजा माने भने रोमीहरू आएर “हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछन्‌” भन्‍ने डर थियो यहूदी नेताहरूलाई।—यूहन्‍ना ११:४८.

  • तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?
    प्रहरीधरहरा—२००५ | डिसेम्बर १५
    • a प्रधान पूजाहारीहरूले खुलेआम स्वीकार गरेको “सिजर” नीच रोमी सम्राट्‌ टाइबेरियस थिए। तिनी एक नम्बरको फटाहा र हत्यारा थिए। तिनी महाको छाडा पनि थिए।—दानियल ११:१५, २१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने