प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
    • स्त्रीहरू येसुको शव राखिएको चिहान रित्तो देख्दा तीनछक पर्छन्‌! मरियम मग्दलिनीचाहिँ “सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेला” युहन्‍नाकहाँ दौडेर जान्छिन्‌। (युहन्‍ना २०:२) तर चिहानमा भएका बाँकी स्त्रीहरूले एक जना स्वर्गदूत देख्छन्‌। अनि चिहानभित्र छिर्दा तिनीहरूले अर्को स्वर्गदूत पनि देख्छन्‌, जसले ‘सेतो लुगा लगाएका’ छन्‌।—मर्कुस १६:५.

  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
    • यतिबेलासम्म मरियमले पत्रुस र युहन्‍नालाई भेट्टाइसकेकी छिन्‌। स्वाँस्वाँ गर्दै उनी यसो भन्छिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” (युहन्‍ना २०:२) यो सुनेर पत्रुस र युहन्‍ना हतार-हतार चिहानतिर लाग्छन्‌। युहन्‍ना छिटो दौडन सक्छन्‌, त्यसैले चिहानमा पहिला पुग्छन्‌। चिहानभित्र चियाएर हेर्दा तिनले भुईँमा मलमलको कपडा देख्छन्‌ तर तिनी भित्र भने पस्दैनन्‌।

      पत्रुस त्यहाँ आइपुगेपछि उनी सीधै चिहानभित्र पस्छन्‌। उनी मलमलको कपडा र येसुको शिरमा बाँधिएको कपडा देख्छन्‌। अबचाहिँ युहन्‍ना पनि भित्र पस्छन्‌ र तिनले मरियमको कुरा पत्याउँछन्‌। येसुले आफू फेरि जीवित हुनेबारे तिनीहरूलाई पहिल्यै बताइसक्नुभएको थियो तर तिनीहरू दुवैले उहाँ जीवित हुनुभएको छ भनेर बुझ्दैनन्‌। (मत्ति १६:२१) अलमलमा परेका ती चेलाहरू आ-आफ्नो घर फर्कन्छन्‌। तर फेरि चिहानमा आएकी मरियमचाहिँ त्यहीँ बस्छिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने