प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • “सबै जना सकुशल किनारामा पुगे” (प्रेषित २७:२७-४४)

      यात्रीहरू भएको मालवाहक जहाजमा पावल सबैसामु प्रार्थना गर्दै छन्‌। केही थकित यात्रीहरू शिर निहुराउँदै छन्‌ भने बाँकीले हेर्दै छन्‌। बाकसमाथि रोटीका टुक्राहरू छन्‌।.

      “तिनले . . . सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाए।”​—प्रेषित २७:३५

      १६, १७. (क) पावलले कुन बेला प्रार्थना गरे? यसको परिणाम कस्तो भयो? (ख) पावलले भनेको कुरा कसरी पूरा भयो?

      १६ त्रासैत्रासमा दुई हप्ता बितिसकेको थियो। यतिबेलासम्म जहाज लगभग ८७० किलोमिटर पर पुगिसकेको थियो। त्यसपछि नाविकहरूले केही परिवर्तन भएको महसुस गरे। सायद तिनीहरूले छालहरू जमिनमा ठोक्किरहेको आवाज सुने। हावाले हुत्त्याउन नपाओस्‌ भनेर तिनीहरूले जहाजलाई रोक्न त्यसको पछिल्लो भागबाट लङ्‌गर झारे र अघिल्लो भाग समुद्र किनारतिर फर्काए। त्यतिबेला नाविकहरू जहाज छोडेर भाग्न खोजे तर सिपाहीहरूले तिनीहरूलाई रोके। पावलले सैनिक अफिसर अनि सिपाहीहरूलाई यसो भने: “यी मानिसहरू जहाज छोडेर गए भने तपाईँहरू बच्नुहुनेछैन।” जहाज अलि सन्तुलनमा आइसकेपछि पावलले सबै जना बाँच्नेछन्‌ भनेर फेरि आश्‍वासन दिँदै तिनीहरू सबैलाई खाना खान आग्रह गरे। त्यसपछि पावलले ‘सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाए।’ (प्रेषि. २७:३१, ३५) यसरी परमेश्‍वरलाई धन्यवादको प्रार्थना चढाउँदा पावलले लुका, अरिस्तार्खस र आजका सबै ख्रिष्टियनको लागि पनि एउटा उदाहरण बसाले। तपाईँले पनि सार्वजनिक रूपमा प्रार्थना गर्दा के त्यसले अरूलाई प्रोत्साहन र सान्त्वना दिन्छ?

  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • प्रेषित २७:२७ मा “एड्रिया समुद्र”-बारे उल्लेख गरिएको छ। तर पावलको समयको “एड्रिया”-ले हालको एड्रिया समुद्रभन्दा ठूलो इलाकालाई बुझाउँथ्यो। त्यसमा आयोनियन समुद्र अनि सिसिलीको पूर्व र क्रेटको पश्‍चिममा पर्ने समुद्री इलाका समावेश थियो। त्यसैले यसले वर्तमान समयको माल्टानजिकैको समुद्रलाई पनि बुझाउँथ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने