प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवा हाम्रो मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा—२००४ | डिसेम्बर १५
    • २०, २१. प्रेरित पावलले कस्तो अवस्थामा रोमका भाइहरूबाट बल पाए?

      २० एक अर्कालाई बलियो पार्न र प्रोत्साहन दिन यहोवाका सेवकहरू कसरी अघि सरे भन्‍ने विवरणहरू विशेष गरी हृदयस्पर्शी छन्‌। प्रेरित पावलसित सम्बन्धित एउटा उदाहरण विचार गर्नुहोस्‌। कैदीको रूपमा यरूशलेमतर्फ जाँदा पावलले अप्पियन मार्ग भनेर चिनिने रोमी राजमार्ग भएर यात्रा गरे। विशेष गरी यो यात्राको अन्तिम भाग कष्टप्रद थियो किनभने यात्रीहरूले दलदले खालको होचो भू-भाग भएर यात्रा गर्नुपर्थ्यो।a पावल आउँदैछन्‌ भन्‍ने कुरा रोमको मण्डलीका भाइहरूलाई थाह थियो। तिनीहरूले के गर्ने थिए? पावल नआइपुगुन्जेल के तिनीहरू सहरमा भएको आफ्नो आरामदायी घरमा पर्खिबस्ने र त्यसपछि तिनलाई स्वागत गर्न आउने थिए?

      २१ यस यात्रामा पावलसँगै गएका बाइबल लेखक लूका त्यतिबेला के भयो भनी हामीलाई बताउँछन्‌: “त्यहाँबाट [रोमबाट] हाम्रो विषयको खबर सुनेर भाइहरू हामीलाई भेट्‌नालाई अप्पियसको बजार र तीन-पाटी भन्‍ने ठाउँसम्म आएका थिए।” के तपाईं यो दृश्‍य कल्पना गर्न सक्नुहुन्छ? पावल आउँदै छन्‌ भन्‍ने थाह पाएर भाइहरूको एउटा प्रतिनिधि मण्डल तिनलाई भेट्‌न रोमबाट गयो। त्यस प्रतिनिधि मण्डलका केही भाइहरू अप्पियसको बजारमा पर्खिरहेका थिए, जो रोमबाट लगभग ७४ किलोमिटर टाढा पर्ने प्रख्यात विश्रामस्थल थियो। बाँकी भाइहरू भने रोमबाट लगभग ५८ किलोमिटर टाढा पर्ने विश्रामस्थल, तीन-पाटी भन्‍ने ठाउँमा पर्खिरहेका थिए। पावलले कस्तो प्रतिक्रिया देखाए? लूका यसो भन्छन्‌: “यिनीहरूलाई देखेर पावलले परमेश्‍वरमा धन्यवाद चढाए, र हौसला लिए।” (प्रेरित २८:१५) कल्पना गर्नुहोस्‌ त—मरिमेटेर यति लामो यात्रा गर्ने ती भाइहरूलाई देख्न पाउनु मात्र पनि पावलको लागि बल र सान्त्वनाको स्रोत थियो! अनि यो मदतकारी समर्थनको लागि पावलले कसलाई धन्यवाद दिए? तिनले यसको स्रोत अर्थात्‌ यहोवा परमेश्‍वरलाई धन्यवाद दिए।

  • यहोवा हाम्रो मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा—२००४ | डिसेम्बर १५
    • a यो यात्रा गरेका रोमी कवि होरेसले (सा.यु.पू. ६५-६८) यस यात्राको यो भागमा सामना गर्नुपरेको कठिनाइबारे टिप्पणी गरे। होरेसले अप्पियसको बजारलाई “नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच” ठाउँ भनी वर्णन गरे। तिनले “असाध्यै दुःख दिने भुसुना तथा भ्यागुताहरू” अनि “नमिठो” पानीबारे गुनासो गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने