-
‘पुनर्स्थापन हुने समय’ नजिकै छ!प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
त्यो दायित्व केही दिन, हप्ता अथवा महिनाहरूमा पूरा गर्न सकिने थिएन। तथापि, चेलाहरूले तुरुन्तै प्रचार गर्न थाले र तिनीहरूले पुनर्स्थापनको आशालाई कम हुन दिएनन्। यरूशलेममा भेला भएको विशाल समूहलाई सम्बोधन गर्दै पत्रुसले यसबारे यसो भने: “पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईंहरूका पाप मेटिओस्, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै ठहराउनुभएको उनै येशू, अर्थात् ख्रीष्टलाई पठाइदिनुहुन्छ, जसलाई सबै थोकको पुनःर्स्थापन नहोउञ्जेल स्वर्गले अवश्य थामिराख्नै पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखिनै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो।”—प्रेरित ३:१९-२१.
यो ‘पुनःर्स्थापन हुने समयपछि’ यहोवाले दिनुहुने “आरामको समय” सुरु हुनेथियो। भविष्यवाणी गरिएको पुनर्स्थापन दुई चरणमा पूरा हुनेथियो। पहिलो, अहिले भइरहेको आरामदायी आध्यात्मिक पुनर्स्थापन। दोस्रोचाहिं पृथ्वीमा प्रमोदवन स्थापित भएपछिको पुनर्स्थापन।
-
-
‘पुनर्स्थापन हुने समय’ नजिकै छ!प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
ख्रीष्टले चेलाहरूलाई दिनुभएको आज्ञाअनुरूप सबै राष्ट्रका मानिसहरूलाई सिकाउने काम पूरा गर्न विशाल अभियानहरू सञ्चालन गरिएका छन्। (मत्ती २८:२०) पहिला जंगली स्वभाव भएका मानिसहरूले समेत आफ्नो स्वभावमा परिवर्तन ल्याएको देख्न पाउनु कत्ति स्फूर्तीदायी कुरा हो! तिनीहरूले “क्रोध,” “निन्दा” र “फोहोर बोली[जस्ता]” फल फलाउने पुरानो व्यक्तित्व त्यागे र नयाँ व्यक्तित्व धारण गरेर “आफूलाई सृष्टि गर्ने [परमेश्वर]को रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भए।” आध्यात्मिक अर्थमा भन्ने हो भने, अगमवक्ता यशैयाका यी शब्दहरू पूरा भए: “ब्वाँसो [अर्थात् पहिला ब्वाँसोको जस्तै व्यक्तित्व भएका मानिस] चाहिं थुमासित [नम्र स्वाभावका मानिससित] बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।”—कलस्सी ३:८-१०; यशैया ११:६, ९.
-